पाँचथरका दुई ओटा स्थानीय तहद्वारा स्थानीय पाठ्यक्रम निर्माण
नेपालको संविधान, २०७२ ले विद्यालय तहको शिक्षालाई स्थानीय सरकारको कार्यक्षेत्रभित्र तोकेको छ । संविधानको अनुसूची-८ मा स्थानीय तहको अधिकारसम्बन्धी व्यवस्था छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २६६ को उपधारा १ मा स्थानीय तहको अधिकार सूची छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ गाउँपालिका-३ का ५० वर्षीय गङ्गा राईलाई भदौ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । उजुरी लगत्तै फरार भएका आरोपितलाई अनुसन्धानका…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका–३ का ५० वर्षीया गंगा राईविरूद्ध पीडित पक्षले साउन ३२ गते प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मिलन थापाले बताउनु भयो । पीडित पक्षको उजुरीलगत्तै…
आत्महत्या दुरूत्साहनका घटनाका आरोपित गिरफ्तार
फिदिम नगरपालिका–११ की नौ वर्षीया बालिका अस्मिता दर्जीलाई आत्महत्या दुरूत्साहन दिएको आरोपमा प्रहरीले सोही ठाँउकी २६ वर्षीया दमन्ता घिमिरेलाई साउन २२ गते गिरफ्तार गरेको छ । अस्मिता दर्जीलाई आरोपितले ०८० साउन २० गते कुटपिट गरेको र सोही दिन अस्मिताले झुण्डिएर आत्महत्या गरेपछि आरोपितविरूद्ध आत्महत्या दुरूत्साहन दिएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका–२ का ६४ वर्षीय मचिन्द्र राईलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको ०८० असार १५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रम असार ९ गते फिदिममा सम्पन्न गरिएको छ । नेपाल मानव अधिकरा वर्ष पुस्तक २०२४ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको छ । सन् २०२३ को जनवरीदेखि जुनसम्म अर्थात ६ महिनाको…
जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइयो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सहित विभिन्न संस्थाको आयोजनामा जेठ २१ गते जिल्लामा १७ औँ राष्ट्रिय जातीय भेदभाव तथा तथा छुवाछूत उन्मूलन दिवस मनाइएको छ । इन्सेक पाँचथरसहित विभिन्न सरोकारवाला निकायको आयोजनामा मनाइएको दिवसमा प्रभातफेरी, खुल्ला रक्तदान र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल सरकारले ०६३ जेठ २१ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष एक महिना कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका–१ का १९ वर्षीय सायल भनिने मनकुमार तामाङलाई १० वर्ष एक महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको ०८० जेठ १४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै बलात्कार गरेकोमा १० वर्ष र बाल विवाह गरेको कसुरमा…
घरेलु हिंसा पीडित महिलालाई इन्सेकको आर्थिक सहयोग
घरेलु हिंसा पीडित फालेलुङ गाउँपालिका–६ की ५३ वर्षीया बिमरानी रानी राईलाई उपचारका इन्सेकले आर्थिक सहयोग गरेको छ । घरायसी विवादका क्रममा ०८० वैशाख १४ गते ५७ वर्षीय पति शान्तकुमार राईले बामफोक प्रहार गरी घाइते हुनु भएकी पीडितलाई इन्सेक कोशी प्रदेश कार्यालयले ५ हजार रुपियाँ आर्थिक सहयोग गरेको हो । शरीरका…
बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ताप्लेजुङ जिल्ला, याङवरक गाउँपालिका–५ का २० वर्षीय सचिन भनिने सचिन्द्र सेनेहाङलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको ०८० वैशाख १७ गतेको इजलासले कसुर गरेको ठहर गर्दै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन…