बलात्कार घटनाका आरोपित गिरफ्तार

बोलाइ सम्बन्धी अपाङ्गता भएकी ६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–६ लेगुवाका ६१ वर्षीय लोकबहादुर कार्कीलाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ । पीडित पक्षको…

June 12, 2021  
राख्ने ठाउँ र जनशक्तिको अभावमा भेण्टिलेटर र आइसीयू प्रयोगमै आएनन्

देशका कतिपय ठाउँमा भेण्टिलेटर र आइसीयू बेड अभाव भएका खबरहरु आइरहेका छन् । तर, जिल्ला अस्पताल धनकुटामा भेण्टिलेटर र आइसीयू बेड राख्न ल्याइएका उपकरण जडान नहुँदा अलपत्र परेका छन् । ती उपकरण ल्याएको डेढ महिनाभन्दा बढी समय बितिसकेको छ । ठाउँ अभावकै कारण जडान हुन नसक्दा भेण्टिलेटर र आइसीयूका उपकरणहरू…

May 27, 2021  
अदालतको आदेश स्थानीयतहले कार्यान्वयन नगर्दा दलित बस्ती जोखिममा

धनकुटाको पाख्रिवास नगरपालिका–५ की ५६ वर्षीया फूलमाया विकलाई वैशाख अन्तिम देखि दिनहुँ हुने वर्षा कारण आजकल भोक निन्द्रा हराउन थालेको छ । ०७५ चैतमा पाख्रिवास नगरपालिकाले वडा–५ को शिकारीडाँडामा ढुङ्गा उत्खननले गरेपछि विकसहित शिकारीडाँडामा बसोवास गर्दै आएका ७६ दलित परिवार वर्षा हुन चिन्तित हुन थालेका छन् । नगरपालिकाले ढुङ्गा उत्खनन…

May 17, 2021  
जनप्रतिनिधिले कुटपिट गरेको आरोपमा पीडित पक्षद्वारा प्रहरीमा उजुरी

डोजरले ढुङ्गा फुटाउने क्रममा भएको विवादलाई लिएर छथरजोरपाटी गाउँपालिका–२ का वडाध्यक्ष ५३ वर्षीय चन्द्रलाल तामाङले कुटपिट गरेको आरोपमा पीडितले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको छ । वैशाख २८ गते डोजरले ढुङ्गा फुटाउने क्रममा ढुङ्गा पल्टिएर धनकुटा नगरपालिका–२ का टेकबहादुर तामाङको विरूवा बारीमा क्षति पुगेपछि वडाध्यक्षले कुटपिट गरेको छथरजोरपाटी गाउँपालिका–१ का २४…

May 13, 2021  
पारिश्रमिक नपाएको भन्दै रेडियोका कर्मचारीद्धारा सामूहिक राजीनामा

जिल्लामा सञ्चालित रेडियो मकालुमा कार्यरत कर्मचारी तथा पत्रकारहरुले पारिश्रमिक नपाएको भन्दै रेडियो प्रशासन समक्ष चैत ६ गते सामूहिक राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७६-७७ देखि पारिश्रमिक नपाएको भन्दै रेडियोमा कार्यरत सात जना कर्मचारी तथा पत्रकारहरुले सामूहिक राजीनामा दिएको रेडियोका कर्मचारी सन्तोष सुवेदीले बताउनु भयो । पीडित पत्रकार तथा रेडियोमा…

March 19, 2021  
तालाबन्दीका कारण तीन सातादेखि पठनपाठन प्रभावित

धनकुटा नगरपालिका–६ स्थित धनकुटा बहुमुखी क्याम्पसमा गत फागुन ११ गतेदेखि तालाबन्दी हुँदा २४ दिनयता पठनपाठनलगायत प्रशासनिक काम प्रभावित भएको छ । फागुन १० गतेदेखि सञ्चालित स्नातक तह तेस्रो वर्षको परीक्षा सञ्चालनका क्रममा क्याम्पसमा संलग्न परीक्षार्थीको वस्तुगत प्रश्नको उत्तरपुस्तिका क्याम्पसका मानविकी संकायका सहायक क्याम्पस प्रमुख रुद्रप्रसाद पोख्रेलले फेरबदल गरेको आरोपमा फागुन…

March 17, 2021  
अपाङ्गमैत्री भौतिक संरचना नहुँदा अपाङ्गता भएकालाई समस्या

जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरूले गुनासो गरेका छन् । निर्माण गरिएका सरकारी कार्यालयहरू अपाङ्गमैत्री नभएका कारण कार्यालयमा पुगेर सहज रूपमा सेवा लिन समस्या हुँदै आएको धनकुटा नगरपालिका–२ का अशक्त तथा शारिरीक अपाङ्गता हुनुभएका हरिकुमार राईले दुखेसो…

March 12, 2021  
छुवाछूत अन्त्यका लागि दलित र गैरदलितबिच सामूहिक भोज

नेपाल सरकार २०६८ जेठ २१ गते जातीय विभेद मुक्त राष्ट्रका रूपमा घोषणा गरेपनि त्यसको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन । समाजमा अहिले पनि जातीय विभेदका घटना हुने गरेका छन् । तर जातीय विभेद तथा छुवाछूत उन्मुलनका लागि धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारमा फागुन २६ गते सचेतनामूलक सहभोज कार्यक्रम गरिएको छ ।…

March 10, 2021  
प्रहरीबाट कुटपिट घटनाका पीडितलाई इन्सेकको पहलमा प्रहरीबाट उपचार खर्च प्रदान

सङ्खुवासभाको मादी नगरपालिका–८ स्थायी घर भई छथर जोरपाटी गाउँपालिका–३ ताङखुवामा बस्दै आउनु भएका ४१ वर्षीय नेत्रबहादुर कडुवालले इन्सेकको पहलमा प्रहरीबाट उपचार खर्च पाउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाको पहलमा माघ २६ गते विल अनुसार पीडितले उपचार खर्च पाउनु भएको छ । पीडित पक्षले इन्सेक प्रतिनिधिसमक्ष प्रहरीसँग…

February 11, 2021  
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धनकुटा नगरपालिका–६ का ५८ वर्षीय गौरीकुमार अत्री भुजेल, सोही ठाँउका ७१ वर्षीय भक्तबहादुर मगर, ५६ वर्षीय देवेन्द्रबहादुर श्रेष्ठलाई माघ १५ गते १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीको माघ १५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै सोही मुद्दामा…

January 28, 2021