हत्या घटनाका आरोपित गिरफ्तार
मेन्छ्यायेम गाउँपालिका– ६ मोराहाङका ६२ वर्षीय वृद्ध डम्वरबहादुर लिम्वुलाई गलत औषधि चलाएर हत्या गरेको आरोपमा प्रहरीले क्लिनिक सञ्चालक पुष्पराज ढुङ्गानालाई वैशाख ५ गते गिरफ्तार गरेको छ । सामान्य बिरामी हुनु भएको बुबा क्लिनिकमा इजेक्सन लगाएको पन्ध्र मिनेट भित्रैमा बित्नु भयो,क्लिनिक सञ्चालकले लगत औषधि चलाएर बुबाको मृत्यु भएको छोरा दिनेश लिम्बूले…
हत्या घटनाका आरोपितद्वय गिरफ्तार
आठराई गाँउपालिका–४ की २८ वर्षीया बिन्दा पुरीको फागुन २९ गते हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय सुरेन्द्र पुरी र २५ वर्षीय बालकृष्ण पुरीलाई चैत १ गते गिरफ्तार गरेको छ । आरोपितद्वयलाई जिल्ला सुनसरी इटहरी उपमहानगरपालिकाबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो । बिन्दाको ०७६ फागुन २९ गते…
हत्या घटनाका आरोपित गिरफ्तार
आठराई गाँउपालिका–४ की २८ वर्षीया बिन्दा पुरीको फागुन २९ गते घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । फागुन २९ गते बिहान घाँटी रेटिएको अवस्थामा घरमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महिलाको हत्या आफन्तैबाट हुन सक्ने भएको इलाका प्रहरी कार्यालय संक्रान्तिका इन्स्पेक्टर सेशकराम थान्दारले बताउनुभयो ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ६० वर्षीया सुसुरालाई फागुन २७ गते गिरफ्तार गरेको छ । आरोपितले ०७५ माघ ४ गते बलात्कार गरेको आरोपमा पीडितले माघ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित फरार भएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई एक वर्षपछि गिरफ्तार गरेको जिल्ला प्रहरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–२ ओयाक्जुङ्गका १९ वर्षीय उमेश जोगीलाई फागुन ६ गते गिरफ्तार गरेको छ । आरोपितले ०७६ असार ३ गते बलात्कार गरेको र आफू गर्भवती भएको आरोपमा पीडितले फागुन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो । पीडित…
बलात्कार घटना आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला झापा गौरादह नगरपालिका–७ का २१ वर्षीय बिवेक गहतराजलाई पुस १९ गते गिरफ्तार गरेको छ । म्याङलुङ नगरपालिका–१ स्थित आफन्तको घरमा गएको बेला आरोपितले पुस १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरूद्घ पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेहृथुमको आयोजनामा पुस १४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० लागि वार्षिक रूपमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । समीक्षा कार्यक्रममाका प्रमुख अतिथि तथा म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफले इन्सेकले महिला हिंसा र बलात्कार सम्वन्धि मात्र…
शिक्षक शिक्षिकाबाट सामूहिक कुटपिट भएको पीडितको आरोप
छथर गाउँपालिका–१ का १६ वर्षीय बालक हिक्मत खड्कालाई विद्यालयका प्रधानाध्यापक, शिक्षक र शिक्षिकाले सामूहिक आक्रमण गरेको विषयमा प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको पीडित पक्षले आरोप लगाएको छ । छथर गाउँपालिका–२ शुक्रवारेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी खड्कालाई पुस ५ गते प्रार्थना लाइनका क्रममा शौचालय गएको…
यौन दुर्व्यवहार घटनाका आरोपितद्वय गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका–३ का १९ वर्षीय तिलबहादुर श्रेष्ठ र सोही ठाँउका १८ वर्षीय शेखर श्रेष्ठलाई गिरफ्तार गरेको छ । आरोपितद्वयले पुस ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पुस ५ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि ६ गते गिरफ्तार…
शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएको भन्दै उजुरी
म्याङलुङ नपा–५ का ११ वर्षीय बालक प्रभात बराल आपूm पढ्ने विद्यालयका शिक्षकको कुटाइबाट घाइते भएको भन्दै विद्यालय प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पुस ६ गते उजुरी परेको छ । सिंहबाहिनी माविको कक्षा ७ मा अध्ययनरत बराललाई सोही विद्यालयका शिक्षक अनिश राईले मङ्सिर ३० गते कक्षा कोठामा कुटपिट गरि घाइते बनाएको…