बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका-३ का ५७ वर्षीय देउमान विश्वकर्मालाई असोज २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ चैत १८ गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरूद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितलाई…

२०८० आश्विन २३, मंगलवार ०८:५९ गते  
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

म्याङलुङ नगरपालिका–९ की २२ वर्षीया वर्षा लिम्बूलाई कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति राज लिम्बूलाई असोज १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० असोज १७ गते कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा पीडितले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको…

२०८० आश्विन १८, बिहीबार ०८:१८ गते  
सिक्कल प्रहारबाट बालक घाइते, आरोपित गिरफ्तार

फेदाप गाउँपालिका-३ का तीन वर्षीय बालक आकृष लिम्बूलाई सिक्कल प्रहार गरी घाइते बनाएको आरोपमा सोही ठाँउका ३९ वर्षीय मुकेश लिम्बूलाई भदौ ३० गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले मादक पदार्थ सेवन गरी भदौ २९ गते सिक्कल प्रहार गरी घाइते बनाएको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८० भदौ २९ गते…

२०८० भाद्र ३०, शनिबार १२:२० गते  
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले लाँलीगुरास नगरपालिका-४ का ३१ वर्षीय दावा शेर्पालाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० भदौ २५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना र ३ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश…

२०८० भाद्र २७, बुधबार ०८:०६ गते  
करारका कर्मचारीद्वारा वडा कार्यालयमा तालाबन्दी

मेन्छयायेम गाउँपालिका-१ मा कार्यरत करारका कर्मचारी खेमनाथ गौतमलाई गाउँपालिकाले हटाएको विरोधमा करारका कर्मचारीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । करारका कर्मचारी हटाएको विरोधमा करार सेवामा कार्यरत कर्मचारीले मेन्छयायेम गाउँपालिका-१ को वडा कार्यालयमा १५ दिनयता तालाबन्दीलाई जारी राखेका छन् । गाउँपालिकाले ०८० साउन २९ गते करारका कर्मचारी खेमनाथ गौतमको म्याद नवीकरण…

२०८० भाद्र १२, मंगलवार १२:१५ गते  
पत्नी हत्या आरोपमा पति गिरफ्तार

आठराई गाउँपालिका–१ संक्रान्तीकी २४ वर्षीया रेशिका(दमन्ता) श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय पति राजकुमार श्रेष्ठलाई साउन २७ गते गिरफ्तार गरेको छ । घरायसी विवादपछि ०८० साउन १४ गते पत्नीले घर छोडेर हिँडेको र खोजी गरीदिन आग्रह गर्दै राजकुमारले जिल्ला प्रहरी कार्यालयमा साउन २४ गते निवेदन दिएका थिए । निवेदनलगत्तै…

२०८० श्रावण २७, शनिबार २२:०७ गते  
बलात्कार घटनाको मुद्दा मुल्तबीमा राख्ने फैसला

२८ वर्षीया महिलालाई आठराई गाउँपालिका–१ का २९ वर्षीय पवन दाहालले बलात्कार गरेको भनि परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ साउन २८ गते दर्ता भएको सो मुद्दा न्यायाधीश प्रमेश  पोखरेलको ०८० साउन १८ गते इजलासबाट मुल्तबीमा राख्ने फैसला भएको हो । पीडित महिलालाई आरोपितले…

२०८० श्रावण २०, शनिबार ०८:३६ गते  
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले लाँलीगुरास नगरपालिका–४ का ३० वर्षीय मोहनजङ्ग राईलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार ३१ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै  ३ लाख रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार पारसमणि पोखरेलले…

२०८० असार ३१, आईतवार १७:२४ गते  
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले धनकुटा,सहिदभूमि गाउँपालिका –५ का ३९ वर्षीय सन्तोष राईलाई नौ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार २९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३ लाख रुपियाँ जरिबाना र ३ लाख रुपियाँ क्षतिपूर्ति भराउन…

२०८० असार ३०, शनिबार २२:११ गते  
यौन दुर्व्यवहार कसुरमा तीन वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदातलले आठराई गाउँपालिका-६ का ३७ वर्षीय सूर्यकुमार कन्दङवालाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० असार २५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३० हजार जरिबाना र पीडितले पाउने गरी कसुरदारबाट ५० हजार…

२०८० असार २६, मंगलवार १५:५७ गते