बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालिगुराँस नपा-२ का ४४ वर्षीय सुर्यबहादुर सार्कीलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका इन्स्पेक्टर बासुदेव यादवका अनुसार आरोपितले पीडित बालिकालाई पटकपटक बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै पीडित पक्षले दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको हो । पीडित…
कारागारमा रहेका मध्ये प्रेसररोगीको सङ्ख्या बढी
जिल्ला कारागार तेह्रथुममा रहेका कैदीबन्दीहरू सबैभन्दा बढी उच्च रक्तचाप रोगबाट पीडित भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । समय समयमा स्वास्थ्य परीक्षण गरिनु पर्ने भए पनि स्वास्थ्य परीक्षण नगरिँदा यस्तो बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । कारागारमा रहेका कैदीबन्दीहरूका लागि लाएन्स क्लब अफ विराटनगर र विराटनगर भन्सार सङ्घको संयुक्त आयोजनामा चैत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-२ चुहानडाँडाका ६५ वर्षीय कुलबहादुर सुनवार बिकलाई चैत २५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भागेन्द्रपुरुष ढकालले बताए । पीडित बालिकालाई आरोपितले चैत २४ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले चैत २५ गते चुहानडाँडा प्रहरी चौकीमा उजुरी दिएका थिए । पीडित…
प्रहरी र स्थानीयबिच झडप, दुई जना घाइते
आठराई गाउँपालिकाको सक्रान्तिबजारमा चैत २५ गते स्थानीयबासी र प्रहरीबिच झडप हुँदा प्रहरीको लाठी चार्जबाट स्थानीय ५५ वर्षीय सन्तबहादुर कार्की र आन्दोलनकारीको ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरीका हवल्दार दिपराज राई घाइते भएका हुन् । घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा आक्रमण गरेपछि प्रहरीले पाँच राउण्ड अश्रु…
संविधानको कार्यान्वयन र निर्वाचनका चुनौती विषयक छलफल सम्पन्न
इन्सेक तेह्रथुमको आयोजनामा फागुन १३ गते संविधान कार्यान्वयन र निर्वाचनका चुनौती विषयक छलफल सम्पन्न भएको छ । छलफललाई सम्बोधन गर्दै नेपाल बार एसोसिएशनका निवर्तमान उपाध्यक्ष एवम् इन्सेकका कार्यसमितिका पुर्व सदस्य टिकाराम भट्टराईले नागरिकका अधिकार प्राप्तिका लागि ०७४ साल माघ ७ गते सम्ममा तिनै तहको निर्वाचन गर्न जरुरी रहेको बताए ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माघ २४ गते लालीगुराँस नपा-९ का ३२ वर्षीय डम्बर खड्कालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भागेन्द्रपुरुष ढकालले बताए । पीडित महिलालाई आरोपितले माघ २३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित महिलाको…
थप प्रमाण पेश गर्न बेपत्ता छानबिन आयोगको अनुरोध
द्वन्द्वकालीन समयमा आफन्त बेपत्ता भएको भन्दै स्थानीय शान्ति समिति तेह्रथुममार्फत उजुरी दिने पीडित परिवारहरूलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले थप प्रमाण पेश गर्न अनुरोध गरेको छ । स्थानीय शान्ति समितिमार्फत आफन्त बेपत्ता भएको भन्दै २० जनाले उजुरी दिएपछि बेपत्ता छानबिन आयोगले पीडित परिवारका सदस्यहरूलाई पत्रचार गरेरै थप प्रमाण पेश गर्न…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस २८ गते ईसिबु-६ का २० वर्षीय चन्द्रबहादुर कार्की र २२ वर्षीय राज थापालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई बालिकालाई पुस २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले पुस २७ गते आरोपितद्वयविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वाथ्य…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकासँग विवाह गर्न लागेको आरोपमा लालिगुराँस नपा-९ का २७ वर्षीय दिपु लिम्बू र लालिगुराँस नपा-११ की ३९ वर्षीया निर्मला लिम्बूलाई प्रहरीले पुस ३ गते लसुनेबाट गिरफ्तार गरेको छ । आरोपित निर्मला लिम्बूले उनका आफन्त दिपु र पीडित बालिकाको विवाह पुस ३ गते गर्ने गरी तयारी गरेका थिए ।…
मानव अधिकार वर्षपुस्तक-२०१७ प्रकाशन पूर्व समीक्षा कार्यक्रम
इन्सेक तेह्रथुमको आयोजनामा मङ्सिर २५ गते नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पूर्व समीक्षा कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, मानव अधिकारकर्मी, गैरसरकारी सङ्घसंस्थाहरूका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति…