बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ३० गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन…
पाँच दिनदेखि विद्युत अबरूद्ध हुँदा जिल्ला अस्पतालका बिरामी समस्यामा
पाँच दिनदेखि अबरूद्ध विद्युत सुचारू हुन नसक्दा जिल्लाबासीहरू अन्धकारमा बस्न बाध्य भएका छन् भने जिल्ला अस्पताका बिरामीहरूलाई उपचारमा समस्या भएको छ । साउन २७ गते रातिदेखि विद्युत अबरूद्ध भएका कारण जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीहरूलाई उपचारमा समस्या भएको हो । विद्युत अबरूद्ध हुँदा जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामी…
अज्ञात समूहको आक्रमणमा एमाले कार्यकर्ता घाइते
आठराई गाउँपालिका-३ ह्वाकुका ४२ वर्षीय नेकपा एमालेका कार्यककर्ता ताराबहादुर बानियालाई असार १८ गते अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ । निर्वाचनको परिणाम आएपछि नेकपा एमालेले ह्वाकुमा आयोजना गरेको कार्यक्रममा जानेक्रममा बाटोमा अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको पीडितले बताए । पीडित बानियाको टाउकोमा गहिरो चोट लागेको र हात भाँचिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असार १९ गते आठराई गाउँपालिका-४ का ४६ वर्षीय मानबहादुर खपाङ्गीलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असार १७ गते इलाका प्रहरी कार्यालय सक्रान्तिमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
एमाले र काङ्ग्रेसका कार्यकर्ताबिच झडप, चार जना घाइते
फेदाप गाउँपालिका २ ओयाक्जुङमा स्थानीयतहको निर्वाचन सकिएर घर फर्किदैँ गरेका काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच असार १४ गते राति झगडा हुँदा चार जना घाइते भएका छन् । वडामा कुन दलले जित्छ भन्ने विषयमा झगडा हुँदा एमालेका कार्यकर्ताको कुटाईबाट काङ्ग्रेसका ३५ वर्षीय पिताम्बर सिंगक, ३० वर्षीय रुद्रप्रसाद ढकाल, ४० वर्षीय मानबहादुर लिम्बु…
मतदानस्थल नजिकै भेटिएको स्वीच बम सेनाद्वारा निष्कृय
लालिगुराँस नगरपालिका-५ दागपा स्थित सिंहबाहीनी मावि मतदान केन्द्र नजिकै भेटिएको विष्फोटक पदार्थ नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । मतदान केन्द्र भन्दा ५ सय मिटर उत्तर तर्फो खालीचौरमा रेडबुलमा विष्फोटक पदार्थ भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो । असार १३ गते बिहान १० बजे रेडबुलमा…
काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, चार जना गिरफ्तार
स्थानीय तह निर्वाचनको मिति नजिकिँदो क्रममा तेह्रथुमको सदरमुकाम नजिकै रहेको जिरीखिम्ती बजारमा असार २ गते राति नेपाली काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच झडप भएको छ । चूनाव प्रचारप्रसारका क्रममा नेपाली काङ्ग्रेसका कार्यकर्ता योगेन्द्र खत्रीले एमालेका कार्यकर्ता मिनप्रसाद लिम्बुलाई कुटपिट गरेपछि दुवै पक्षका कार्यकर्ताहरूबिच झडप भएको बताइएको छ । घटनापछि प्रहरीले झडपमा…
तेह्रथुमका तेह्र मतदान स्थल सम्वेदनशील
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति तेह्रथुमले जिल्लाका तेह्र मतदान स्थलहरू अति सम्वेदनशील मतदान स्थलको रूपमा सूचीकृत गरेको छ । लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाका २/२ ओटा, मेन्छ्यायेम गाउँपालिकाका ३ वटा र फेदाप र आठराई गाउँपालिकाका ३/३ वटा मतदान स्थलहरू सम्वेदनशील र बाँकी ४४ मतदान केन्द्र सामान्य…
निर्वाचनमा बालबालिका प्रयोग, आचारसंहिता पालना गर्न अधिकारकर्मीहरूको माग
नेकपा माओवादी केन्द्र लालीगुराँस नगरपालिकाले चुनाव प्रचारप्रसारमा निर्वाचन आचारसंहिता तथा बाल अधिकार महासन्धिको उल्लङ्घन गर्दै विद्यार्थीहरू सहभागी गराएको छ । चुनाव प्रचारप्रसारमा विद्यालयका विद्यार्थीहरूलाई पार्टीको टिसर्ट र झण्डासहित सहभागी गराएको हो । बाल अधिकार महासन्धि अनुसार बालबालिका र विद्यार्थीहरू आफ्नै कार्यक्रम बाहेक कसैले पनि कार्यक्रममा सहभागी गराउन पाइँदैन । चुनाव…
बहुविवाह घटनाका आरोपित जोडी गिरफ्तार
फेदाप गाउँपालिका-२ ओयाक्जुङकी ३० वर्षीया राधिका अधिकारीका पति ४२ वर्षीय युवराज अधिकारी र मेन्छ्यायेम गाउँपालिका-५ बस्ने २५ वर्षीया लिला गुरागाईँलाई बहुविवाह गरेको आरोपमा प्रहरीले जेठ ३० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलाले जेठ २५ गते दिएको उजुरीपछि आरोपितद्वयलाई जेठ ३० गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…