नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामाथि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १० गते सम्पन्न गरिएको छ । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा सन् २०२४ को जनवरीदेखि जुन १५ सम्म अभिलेखीकरण…

२०८१ असार १०, सोमबार १२:१८ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

म्याङलुङ नगरपालिका-९ गैरीगाउँकी ३१ वर्षीया सुरूवता चोङवाङ्गको हत्या गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति शंकर लिम्बूलाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ जेठ ३२ गते कुटपिट गरी पत्नीको हत्या गरेको आरोपमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको छ । कुटपिटबाट घाइते पीडितको उपचारका क्रममा जिल्ला अस्पतालमा जेठ ३२ गते…

२०८१ असार १, शनिबार ०९:३७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आठराई गाँउपालिका-३ का ६६ वर्षीय बाबुविरूद्ध जेठ २८ गते प्रहरीमा उजुरी दिएको छ । छोरीलाई ०८१ जेठ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा बालिकाकी आमाले सोही दिन प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो । पीडित पक्षको…

२०८१ जेष्ठ २९, मंगलवार २०:३७ गते  
कुटपिट घटनाका आरोपित गिरफ्तार

मेन्छयायेम गाउँपालिका-४ की २८ वर्षीया पुजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३० वर्षीय पति वीरबहादुर गुरुङलाई जेठ २४ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ जेठ २३ गते कुटपिट गरेको आरोपमा पीडितले आरोपितविरूद्ध जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । पीडित पक्षको उजुरीका…

२०८१ जेष्ठ २४, बिहीबार १६:३२ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आठराई गाउँपालिका–४ का २३ वर्षीय सुरेश तामाङविरुद्व जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडितलाई आरोपितले ०८१ जेठ १८ गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरुद्व जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर तेजप्रसाद भट्टराईले बताउनु भयो । घटनापछि आरोपित…

२०८१ जेष्ठ २०, आईतवार ०७:५३ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छथर गाउँपालिका-१ का २२ वर्षीय निमा शेर्पालाई  वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८० मङ्सिर ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई अनुसन्धानका…

२०८१ बैशाख २८, शुक्रबार ०९:३० गते  
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

आठराई गाउँपालिका-३ की २७ वर्षीया कमला दर्जीले ३१ वर्षीय पति वीरबहादुर दर्जीविरूद्ध प्रहरीमा उजुरी दिनु भएको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ वैशाख १९ गते कुटपिट गरी घरेलु हिंसा गरेको आरोपमा सोही दिन प्रहरीमा उजुरी दिएको पीडितले बताउनु भयो । पीडितले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा पतिविरूद्ध…

२०८१ बैशाख २०, बिहीबार १६:४५ गते  
घरेलु हिंसा घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

म्याङलुङ नगरपालिका-३ की ३४ वर्षीया विना लिम्बूले ३७ वर्षीय पति चन्द्र लिम्बूले घरेलु हिंसा गरेको आरोपमा वैशाख ५ गते  प्रहरीमा उजुरी दिनु भएको छ । पीडितले आरोपितले ०८१ वैशाख ५ गते घरेलु हिंसा गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा रहेको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिएको असइ रीता पोखरेलले…

२०८१ बैशाख ६, बिहीबार ११:०२ गते  
पत्नी हत्या आरोपमा पति गिरफ्तार

म्याङलुङ नगरपालिका–६ सुर्केकी ५४ वर्षीया सुवासकुमारी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति दीपक सिंजागु लिम्बूलाई चैत १९ गते गिरफ्तार गरको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा ०८० चैत १९ गते सिकल प्रहार हत्या गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी…

२०८० चैत्र २०, मंगलवार ०७:४० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका–१० का १९ वर्षीय भीमबहादुर विश्वकर्मालाई चैत १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० चैत १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व  चैत १६  गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…

२०८० चैत्र १८, आईतवार १५:१६ गते