बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कात्तिक ११ गते १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले कात्तिक ११ गते इलाका प्रहरी कार्यालय बसन्तपुरमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन भुजेलले जानकारी…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी
१६ वर्षीया बालिकालाई असोज १५ गते बलात्कार गरेको आरोपमा म्याङलुङ नपा-१ का ३४ वर्षीय राजकुमार लिम्बुविरूद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पीडित बालिकालाई आरोपितले असोज १५ गते राति बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी राजन भुजेलले…
बजारबाट जफत गरिएका अखाद्य वस्तु नष्ट
जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लाका सदरमुकामसहित जिरिखिम्ती र बसन्तपुर पसलबाट जफत गरेको अखाद्य पदार्थ असोज १० गते जलाएर नष्ट गरेको छ । असोज ९ र १० गते बजार अनुगमनको क्रममा पसलेहरूले ग्राहकलाई बेच्न राखेका मध्ये म्याद गुज्रेका, कुहिएका, सडेगलेका खाद्य पदार्थ बजार अनुगमन टोलीले जफत गरेपछि नष्ट गरेको हो ।…
मानसिक स्वास्थ्य पीडित उपाचार अभावमा फलामे खोरभित्र !
तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा, बोखिका उदयनारायण दाहाल मानसिक रोगका कारण करिब पाँच वर्षदेखि फलामको खोरमा थुनिएका छन् । समयमै औषधि उपचार नभएपछि 'असामाजिक गतिविधि गर्न थालेको' भन्दै दाहाललाई परिवारले पशु जस्तै खोरमा थुनेर राखेको हो । ३४ वर्षीय दाहाललाई वैदेशिक रोजगारीले अहिले खोरमा पुर्याएको छिमेकीहरूले बताए । खोरमा बस्न बाध्य…
स्वास्थ्य संस्थामा औषधि अभाव बिरामीलाई समस्या
तेह्रथुमका विभिन्न स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएपछि बिरामीहरूको उपचारमा समस्या भएको छ । पछिल्लो समय विभिन्न गाउँहरूमा भाइरल ज्वरोले बिरामी हुनेहरूको सङ्ख्या अत्याधिक रहेपनि स्वास्थ्य संस्थाहरूमा औषधि नहुँदा बिरामीहरूलाई जिल्ला अस्पतालमा 'रिफर' गर्नु परेको स्वास्थ्य संस्थाका इञ्चार्जहरूले बताएका छन् । भाइरल ज्वरोको प्रकोप बढेको स्थानमा औषधिसहित स्वास्थ्य टोली पठाउनु पर्ने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ३० गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन…
पाँच दिनदेखि विद्युत अबरूद्ध हुँदा जिल्ला अस्पतालका बिरामी समस्यामा
पाँच दिनदेखि अबरूद्ध विद्युत सुचारू हुन नसक्दा जिल्लाबासीहरू अन्धकारमा बस्न बाध्य भएका छन् भने जिल्ला अस्पताका बिरामीहरूलाई उपचारमा समस्या भएको छ । साउन २७ गते रातिदेखि विद्युत अबरूद्ध भएका कारण जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीहरूलाई उपचारमा समस्या भएको हो । विद्युत अबरूद्ध हुँदा जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामी…
अज्ञात समूहको आक्रमणमा एमाले कार्यकर्ता घाइते
आठराई गाउँपालिका-३ ह्वाकुका ४२ वर्षीय नेकपा एमालेका कार्यककर्ता ताराबहादुर बानियालाई असार १८ गते अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ । निर्वाचनको परिणाम आएपछि नेकपा एमालेले ह्वाकुमा आयोजना गरेको कार्यक्रममा जानेक्रममा बाटोमा अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको पीडितले बताए । पीडित बानियाको टाउकोमा गहिरो चोट लागेको र हात भाँचिएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असार १९ गते आठराई गाउँपालिका-४ का ४६ वर्षीय मानबहादुर खपाङ्गीलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १६ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असार १७ गते इलाका प्रहरी कार्यालय सक्रान्तिमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
एमाले र काङ्ग्रेसका कार्यकर्ताबिच झडप, चार जना घाइते
फेदाप गाउँपालिका २ ओयाक्जुङमा स्थानीयतहको निर्वाचन सकिएर घर फर्किदैँ गरेका काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच असार १४ गते राति झगडा हुँदा चार जना घाइते भएका छन् । वडामा कुन दलले जित्छ भन्ने विषयमा झगडा हुँदा एमालेका कार्यकर्ताको कुटाईबाट काङ्ग्रेसका ३५ वर्षीय पिताम्बर सिंगक, ३० वर्षीय रुद्रप्रसाद ढकाल, ४० वर्षीय मानबहादुर लिम्बु…