आचारसंहिता विपरीत टाँसिएका सामग्री हटाइयो

जिल्लाका दलहरूले आचारसंहिता विपरीत सार्वजनिक स्थलमा टाँसेका पोष्टर र पम्प्लेट मङ्सिर १५ गते सुरक्षाकर्मीले हटाएको छ । सदरमुकाम म्याङलुङका सार्वजनिक स्थलहरूमा जिल्लामा क्रियाशील राजनीतिक दलहरूले आचारसंहिता विपरीत पोष्टर र पम्प्लेट टासेको उजुरीको आधारमा अनुगमन गर्दा आचारसंहिता उल्लङ्घन भएको भेटिएकोले सुरक्षाकर्मी सहितको टोलीले हटाएको मुख्य निर्वाचन कार्यालयका अधिकृत जयप्रकाश बस्नेतले बताए…

December 1, 2017  
तेह्रथुमका १३ मतदान स्थल अतिसंवेदनशील

दोश्रो चरण अन्तर्गत मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि तेह्रथुममा निर्धारण गरिएका ८९ मतदान स्थलहरूमध्ये १३ ओटा मतदानस्थलहरू अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालका अनुसार सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशीलबाहेक ७६ ओटा मतदानस्थल सामान्य…

November 10, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कात्तिक ११ गते १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले कात्तिक  ११ गते इलाका प्रहरी कार्यालय बसन्तपुरमा दिएको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन भुजेलले जानकारी…

October 29, 2017  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१६ वर्षीया बालिकालाई असोज १५ गते बलात्कार गरेको आरोपमा म्याङलुङ नपा-१ का ३४ वर्षीय राजकुमार लिम्बुविरूद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । पीडित बालिकालाई आरोपितले असोज १५ गते राति बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी राजन भुजेलले…

October 3, 2017  
बजारबाट जफत गरिएका अखाद्य वस्तु नष्ट

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जिल्लाका सदरमुकामसहित जिरिखिम्ती र बसन्तपुर पसलबाट जफत गरेको अखाद्य पदार्थ असोज १० गते जलाएर नष्ट गरेको छ । असोज ९ र १० गते बजार अनुगमनको क्रममा पसलेहरूले ग्राहकलाई बेच्न राखेका मध्ये म्याद गुज्रेका, कुहिएका, सडेगलेका खाद्य पदार्थ बजार अनुगमन टोलीले जफत गरेपछि नष्ट गरेको हो ।…

September 27, 2017  
मानसिक स्वास्थ्य पीडित उपाचार अभावमा फलामे खोरभित्र !

तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडा, बोखिका उदयनारायण दाहाल मानसिक रोगका कारण करिब पाँच वर्षदेखि फलामको खोरमा थुनिएका छन् । समयमै औषधि उपचार नभएपछि 'असामाजिक गतिविधि गर्न थालेको' भन्दै दाहाललाई परिवारले पशु जस्तै खोरमा थुनेर राखेको हो । ३४ वर्षीय दाहाललाई वैदेशिक रोजगारीले अहिले खोरमा पुर्‍याएको छिमेकीहरूले बताए । खोरमा बस्न बाध्य…

September 26, 2017  
स्वास्थ्य संस्थामा औषधि अभाव बिरामीलाई समस्या

तेह्रथुमका विभिन्न स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएपछि बिरामीहरूको उपचारमा समस्या भएको छ । पछिल्लो समय विभिन्न गाउँहरूमा भाइरल ज्वरोले बिरामी हुनेहरूको सङ्ख्या अत्याधिक रहेपनि स्वास्थ्य संस्थाहरूमा औषधि नहुँदा बिरामीहरूलाई जिल्ला अस्पतालमा 'रिफर' गर्नु परेको स्वास्थ्य संस्थाका इञ्चार्जहरूले बताएका छन् । भाइरल ज्वरोको प्रकोप बढेको स्थानमा औषधिसहित स्वास्थ्य टोली पठाउनु पर्ने…

August 26, 2017  
बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ३० गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन…

August 16, 2017  
पाँच दिनदेखि विद्युत अबरूद्ध हुँदा जिल्ला अस्पतालका बिरामी समस्यामा

पाँच दिनदेखि अबरूद्ध विद्युत सुचारू हुन नसक्दा जिल्लाबासीहरू अन्धकारमा बस्न बाध्य भएका छन् भने जिल्ला अस्पताका बिरामीहरूलाई उपचारमा समस्या भएको छ । साउन २७ गते रातिदेखि विद्युत अबरूद्ध भएका कारण जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीहरूलाई उपचारमा समस्या भएको हो । विद्युत अबरूद्ध हुँदा जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामी…

August 15, 2017  
अज्ञात समूहको आक्रमणमा एमाले कार्यकर्ता घाइते

आठराई गाउँपालिका-३ ह्वाकुका ४२ वर्षीय नेकपा एमालेका कार्यककर्ता ताराबहादुर बानियालाई असार १८ गते अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ । निर्वाचनको परिणाम आएपछि नेकपा एमालेले ह्वाकुमा आयोजना गरेको कार्यक्रममा जानेक्रममा बाटोमा अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको पीडितले बताए । पीडित बानियाको टाउकोमा गहिरो चोट लागेको र हात भाँचिएको…

July 4, 2017