मानव अधिकार वर्षपुस्तक-२०१७ प्रकाशन पूर्व समीक्षा कार्यक्रम

इन्सेक तेह्रथुमको आयोजनामा मङ्सिर २५ गते नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पूर्व समीक्षा कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, मानव अधिकारकर्मी, गैरसरकारी सङ्घसंस्थाहरूका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति…

December 10, 2016  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

म्याङलुङ नपा-१ का भिमबहादुर विश्वकर्मा र सोही नपा-१० का बलबहादुर तामाङलाई बहुविवाह गरेको आरोपमा प्रहरीले कात्तिक २ गते गिरफ्तार गरेको छ । पीडित महिला असारी तामाङले असोज ३० गते दिएको उजुरीका आधारमा प्रहरीले बलबहादुर तामाङ  र दाङ जिल्ला धर्ना गाविस-२ की १९ वर्षीया सीता पुनलाई गिरफ्तार गरेको जनाएको छ ।…

October 20, 2016  
सामाजिक सुरक्षा भत्ता नपाउँदा दशैं मनाउन कठिन हुने गुनासो 

तेह्रथुम जिल्लामा लक्षित समुदायका व्यक्तिहरूले सामाजिक सुरक्षा भत्ता नपाएपछि दशैं मनाउन कठिन हुने गुनासो गरेका छन् । स्थानीय ज्येष्ठ नागरिकले आफूहरूलाई समयमै रकम नदिँदा इच्छा लागेका सामान नै किन्न नपाएको र त्यसले दशैंको उत्साहमा समेत असर पारेको बताएका हुन् । सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समुदाय अन्तर्गत ज्येष्ठ नागरिक, एकल…

October 3, 2016  
स्वास्थ्य चौकी भवन नहुँदा उपचारमा समस्या

छथर ओख्रे गाविसमा स्वास्थ्य चौकीको भवन नहुँदा उपचारमा समस्या हुँदै आएको छ । दक्षिणी क्षेत्रमा रहेको जिल्लाकै ठूलो गाविसमा रहेको स्वास्थ्य चौकीको भवन नहुँदा बिरामीहरूको उपचारमा समस्या हुँदै आएको हो । स्वास्थ्य चौकीको भवन नहुँदा बिरामी भएर आउने बिरामीहरूलाई उपचार गराउन समस्या हुने गरेको स्वास्थ्य चौकीका अहेब तेजबहादुर भण्डारीले बताए…

September 7, 2016  
मानव बेचविखन तथा ओसारपसार विरूद्धको दिवस मनाइयो

तेह्रथुममा आयोजित एक कार्यक्रमका सहभागीहरूले सामाजिक सञ्जाल फेसबुकले गर्दा पछिल्लो समय मानव बेचविखनका धेरै घटना हुने गरेको औंल्याएका छन् । फेसबुकमार्फत चिनजान भएकै कारण केही महिलाहरू दलालसम्म पुग्ने गरेको कार्यक्रमका सहभागीहरूले बताएका हुन् । मानव बेचविखन तथा ओसारपसार विरूद्धको दशौं राष्ट्रिय दिवसको अवसरमा भदौ १९ गते म्याङलुङ्मा आयोजित कार्यक्रममा महिला…

September 4, 2016