निर्वाचनमा बालबालिका प्रयोग, आचारसंहिता पालना गर्न अधिकारकर्मीहरूको माग
नेकपा माओवादी केन्द्र लालीगुराँस नगरपालिकाले चुनाव प्रचारप्रसारमा निर्वाचन आचारसंहिता तथा बाल अधिकार महासन्धिको उल्लङ्घन गर्दै विद्यार्थीहरू सहभागी गराएको छ । चुनाव प्रचारप्रसारमा विद्यालयका विद्यार्थीहरूलाई पार्टीको टिसर्ट र झण्डासहित सहभागी गराएको हो । बाल अधिकार महासन्धि अनुसार बालबालिका र विद्यार्थीहरू आफ्नै कार्यक्रम बाहेक कसैले पनि कार्यक्रममा सहभागी गराउन पाइँदैन । चुनाव…
बहुविवाह घटनाका आरोपित जोडी गिरफ्तार
फेदाप गाउँपालिका-२ ओयाक्जुङकी ३० वर्षीया राधिका अधिकारीका पति ४२ वर्षीय युवराज अधिकारी र मेन्छ्यायेम गाउँपालिका-५ बस्ने २५ वर्षीया लिला गुरागाईँलाई बहुविवाह गरेको आरोपमा प्रहरीले जेठ ३० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलाले जेठ २५ गते दिएको उजुरीपछि आरोपितद्वयलाई जेठ ३० गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…
निर्वाचन आचारसंहिता उल्लङ्घन
तेह्रथुमका दुई नगरपालिका र चार गाउँ पालिकाका मुख्य बजारहरूमा केही दिनयता राजनीतिक दलहरूबाट निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेको पाइएको छ । नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित पार्टीका कार्यकर्ता र उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै आएका छन् । राजनीतिक दलले सदरमुकाम म्याङलुङ, जिरिखिम्ती, बसन्तपुर र छथर सुक्रबारेको…
तथ्यपूर्ण रूपमा घटना सार्वजनिकीकरण गरिएका कारण इन्सेकको विश्वनीयताः न्यायधीश चोङ्टेङ्ली
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तेह्रथुमको आयोजनामा जेठ २६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि अर्धवार्षिक रूपमा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पूर्व समीक्षा कार्यक्रममा जिल्ला अदालत तेह्रथुमका न्यायाधीश ईन्द्रकुमार चोङ्टेङ्लीले मानव अधिकारका घटनाहरू तथ्यपूर्ण रूपमा सार्वजनिकीकरण…
एमाले कार्यकर्तालाई आक्रमण गरेको आरोपमा काङ्ग्रेसका कार्यकर्ता गिरफ्तार
स्थानीय तह निर्वाचनमा पार्टी प्रचारमा हिँडेका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले म्याङलुङ नगरपालिका-१ का नेकपा एमालेका कार्यकर्ता विवेक भगत प्रधानाङ्गलाई कुटपिट गरेको आरोपमा म्याङलुङ-९ बस्ने तीन जना युवालाई जेठ १९ गते गिरफ्तार गरेको छ । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले म्याङलुङ नगरपालिका-९ का २६ वर्षीय विकास लिम्बु, २६ वर्षीय सागर लिम्बु र…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लालिगुराँस नपा-२ का ४४ वर्षीय सुर्यबहादुर सार्कीलाई वैशाख ३१ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमका इन्स्पेक्टर बासुदेव यादवका अनुसार आरोपितले पीडित बालिकालाई पटकपटक बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै पीडित पक्षले दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको हो । पीडित…
कारागारमा रहेका मध्ये प्रेसररोगीको सङ्ख्या बढी
जिल्ला कारागार तेह्रथुममा रहेका कैदीबन्दीहरू सबैभन्दा बढी उच्च रक्तचाप रोगबाट पीडित भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । समय समयमा स्वास्थ्य परीक्षण गरिनु पर्ने भए पनि स्वास्थ्य परीक्षण नगरिँदा यस्तो बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । कारागारमा रहेका कैदीबन्दीहरूका लागि लाएन्स क्लब अफ विराटनगर र विराटनगर भन्सार सङ्घको संयुक्त आयोजनामा चैत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-२ चुहानडाँडाका ६५ वर्षीय कुलबहादुर सुनवार बिकलाई चैत २५ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भागेन्द्रपुरुष ढकालले बताए । पीडित बालिकालाई आरोपितले चैत २४ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले चैत २५ गते चुहानडाँडा प्रहरी चौकीमा उजुरी दिएका थिए । पीडित…
प्रहरी र स्थानीयबिच झडप, दुई जना घाइते
आठराई गाउँपालिकाको सक्रान्तिबजारमा चैत २५ गते स्थानीयबासी र प्रहरीबिच झडप हुँदा प्रहरीको लाठी चार्जबाट स्थानीय ५५ वर्षीय सन्तबहादुर कार्की र आन्दोलनकारीको ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरीका हवल्दार दिपराज राई घाइते भएका हुन् । घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा आक्रमण गरेपछि प्रहरीले पाँच राउण्ड अश्रु…
संविधानको कार्यान्वयन र निर्वाचनका चुनौती विषयक छलफल सम्पन्न
इन्सेक तेह्रथुमको आयोजनामा फागुन १३ गते संविधान कार्यान्वयन र निर्वाचनका चुनौती विषयक छलफल सम्पन्न भएको छ । छलफललाई सम्बोधन गर्दै नेपाल बार एसोसिएशनका निवर्तमान उपाध्यक्ष एवम् इन्सेकका कार्यसमितिका पुर्व सदस्य टिकाराम भट्टराईले नागरिकका अधिकार प्राप्तिका लागि ०७४ साल माघ ७ गते सम्ममा तिनै तहको निर्वाचन गर्न जरुरी रहेको बताए ।…