शिक्षक हत्या कसुरमा जन्मकैद सजायको फैसला

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका ५० वर्षीय शिक्षक खड्कबहादुर लिम्बूलाई ०७८ वैशाख ९ गते भरूवा बन्दुकबाट गोली प्रहार गरि मनसायपूर्वक हत्या गरेको कसुर र हातहतियार सम्बन्धी कसुरमा जिल्ला अदालतले मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका ३० वर्षीय प्रताप भनिने आकाश लिम्बूलाई असोज १८ गते जन्मकैदको फैसला सुनाएको छ । न्यायधीश प्रकाश राउतको इजलासले लिम्बूलाई जन्मकैदसहित…

२०७८ आश्विन १९, मंगलवार १३:२० गते  
बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मैवाखोला गाउँपालिका–५ फाकुम्बाका १९ वर्षीय लाक्पातार्के शेर्पालाई असोज १७ गते ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २ लाख रुपियाँ क्षतिपूर्ति भराउन र पीडित राहत कोषमा १…

२०७८ आश्विन १८, सोमबार ०९:५६ गते  
पीडितको उद्दार तथा जनचेतनामुलक कार्यक्रम गर्न इन्सेकको आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ताप्लेजुङले बलात्कार, हिंसा र विभिन्न कारणले पीडित महिला तथा बालिकाको उद्दार तथा जनचेतनामुलक कार्यक्रममा बजेट विनियोजन गर्न आग्रह गरेको छ । अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्धार सङ्कट व्यवस्थापन केन्द्रको भदौ २९ गते आयोजित बैठकमा इन्सेक ताप्लेजुङ्ग प्रतिनिधिले पीडितको उद्दार तथा जनचेतनामुलक कार्यक्रममा बजेट विनियोजन गर्न आग्रह…

२०७८ भाद्र ३१, बिहीबार १०:०५ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले पाथीभरा याङवरक गाउँपालिका–६ थुम्बेदिनका ३० वर्षीय प्रोमिस थेबेविरूद्ध साउन १९ गते प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले ०७७ पुस ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कैलाशकुमार अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा…

२०७८ श्रावण २०, बुधबार ११:३० गते  
इन्सेकद्वारा खोपकेन्द्र अनुगमन- भीडभाडले कोभिड–१९ सङ्क्रमणको जोखिम, लाइनमा बसेपनि खोप लगाउन नै नपाइने चिन्ता !

साउन १४ गते विहिबार । मध्यान्हको १२ बजे । फुङलिङ नगरपालिका–५ स्थित उद्योग वाणिज्य सङ्घको भवनमा कोभिड–१९ विरूद्धको खोप लगाउने नागरिकहरूको भीड । वीरेन्द्रचोकदेखि खोप केन्द्रसम्म नागरिकहरूको दुई ओटा लाइन । भवन जाने बाटोको दाहिनेतर्फ महिला र देव्रेपट्टि पुरूषको उत्तिकै लामो लाइन । कोभिड–१९ विरूद्ध खोप लगाउन पालो कुरेर लाइनमा…

२०७८ श्रावण १४, बिहीबार १७:५४ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

शारिरीक अपाङ्गता हुनु भएकी ६० वर्षीया ज्येष्ठ नागरिकलाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–८ दोखुका ३५ वर्षीय विष्णु बराललाई साउन ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका…

२०७८ श्रावण १०, आईतवार १८:४८ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–४ का ३५ वर्षीय निम्तेन्जी शेर्पालाई  असार २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७५ साउन १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले ०७५ साउन १७ गते गिरफ्तार…

२०७८ असार २९, मंगलवार १९:३१ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिदिङ्मा गाउँपालिका–५ लिम्बूदिनका ३१ वर्षीय सगेन्द्र राईलाई असार १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

२०७८ असार २२, मंगलवार ०७:५८ गते  
कर्मचारीमाथि हातपात घटनाका आरोपितलाई कारबाही गर्न माग गर्दै पीडित पक्षद्वारा प्रशासनमा ज्ञापनपत्र

आठराई त्रिवेणी गाउँपालिकामा कार्यरत इञ्जिनियर र सहायक इञ्जिनियरमाथि हातपात घटना आरोपितलाई कारबाही गर्न माग गर्दै गाउँपालिकाका कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा असार ८ गते ज्ञापनपत्र बुझाएका छन् । फुङलिङ नगरपालिका–३ का २५ वर्षीय इञ्जिनियर विशाल गुरुङ र इलामको सूर्योदय नगरपालिका–१ का स्थायी घर भई आठराई त्रिवेणी गाउँपालिकामा कार्यरत सहायक इञ्जिनियर २३…

२०७८ असार ९, बुधबार १३:२० गते  
बालिका हत्या गरेको कसुरमा सात महिना कैद सजायको फैसला

मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी एक वर्षीया बालिका फुटुकी शेर्पाको ०७७ मङ्सिर ४ गते तातोपानी खन्याएर हत्या गरेको कसुरमा जिल्ला अदालतले सोही ठाउँकी ४० वर्षीया दालामु शेर्पालाई असार २ गते सात महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश प्रकाश राउतको असार २ गतेको इजलासले नाबालिका हत्या गरेको कसुरमा कैद सजायसँगै ७…

२०७८ असार ३, बिहीबार १०:३७ गते