आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगद्वारा स्पष्टीकरण
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एमालेका नेता योगेश भट्टराईलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता ०७९ विपरित गतिविधि गरेको आरोपमा निर्वाचन आयोगले प्रष्टीकरण सोधेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन आचारसंहिता विपरित भट्टराईले २५ जना भन्दा बढीलाई सहभागी गराएर घरदैलो अभियान सञ्चालन गरेको…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
६३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आठराई त्रिवेणी गाउँपालिकाका–२ फुलबारीका ५३ वर्षीय लक्ष्मण सुनुवारविरूद्ध भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले भदौ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ २१ गते उजुरी दिएको प्रहरीले जनाएको छ । पीडित पक्षको उजुरी…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–१ का ६१ वर्षीय कैलाश पोमु लिम्बूलाई भदौ ८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ८ गते विद्यालयबाट घर फर्किदै गरेको अवस्थामा यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ९ गते जिल्ला प्रहरी कार्यालयका उजुरी…
आर्थिक अभावले उपचारबाट वञ्चित, सात वर्षयता अध्याँरो कोठामा बन्धक
आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीका ३३ वर्षीय दीपक भट्टराई परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुनु परेको छ । कक्षा–१० सम्म अध्ययन गरेका भट्टराई मानसिक रोगबाट पीडित भएपछि उपचारका परिवारको आर्थिक हैसियत नभएकाले उपचार पाउनबाट वञ्चित हुनु परेको छ । परिवारले ऋण काढेर उपचार गर्न प्रयास गरेतापनि निरन्तर स्वास्थ्य चेकजाँच…
बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरीजङ्गा गाउँपालिका–८ याम्फुदिनका २४ वर्षीय मिङ्मा शेर्पा र फुङलिङ नगरपालिका–८ दोखुका २१ वर्षीय पासाङ ग्याल्जेन शेर्पालाई गिरफ्तार गरेको छ । पीडितलाई महिलालाई आरोपितद्वयले असार २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका २६ वर्षीय नारायण लिम्बु र फक्ताङलुङ गाउँपालिका–३ की ३६ वर्षीया एक महिलालाई असार ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो…
अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
जिल्लामा सन् २०२२ को ६ महिनामा नौ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रतिवेदन सार्वजनिक गरेको छ । पत्रकार महासङ्घको सभाहलमा असार ६ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक समीक्षा कार्यक्रममा सरोकारवालाबिच प्रतिवेदन सार्वजनिक गरेको गरिएको हो ।…
हत्या घटनाका आरोपित गिरफ्तार
फक्ताङलुङ गाउँपालिका–६ लेलेपका ७० वर्षीय वृखबहादुर लिम्बू र ७२ वर्षीया फिपरानी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छोरा आइतराज लिम्बूलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा वैशाख २२ गते बाबुआमालाई खुकुरी प्रहार गरी हत्या गरेको स्थानीयको सूचनाको आधारमा आरोपितलाई अनुसन्धानका…
स्वास्थ्यकर्मीमाथि हातपात घटनाका आरोपित गिरफ्तार
सिदिङ्मा गाउँपालिकामा कार्यरत २८ वर्षीया अनमी पुजन राईलाई वैशाख १८ गते हातपात गरेको आरोपमा प्रहरीले सिदिङ्मा गाउँपालिका–४ साब्लाखुका २२ वर्षीय सन्दीप इदिङ्गो लिम्बूलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । झापा, गौरीगञ्ज गाउँपालिका–१ स्थायी घर भई गाउँपालिका केन्द्र साब्लाखुस्थित स्वास्थ्य केन्द्रमा बसीरहेको अवस्थामा गालीगलौजसहित कुटपिट गरेको आरोपमा प्रहरीले लिम्बूलाई गिरफ्तार…
बलात्कारपछि हत्या कसुरमा ३६ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालतले फुङलिङ नगरपालिका–१० फुरूम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई फागुन १५ गते ३६ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले कसुर गरेको ठहर गर्दै हत्या गरेको कसुरमा २५ वर्ष कैद र बलात्कार गरेको कसुरमा ११ वर्ष गरी ३६ वर्षको…