पहिरोले घर भत्किँदा ६ जना घाइते
सिरिजङ्गा गाउँपालिका-२ मा पहिरोले घर भत्किँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । सिरिजङ्गा गाउँपालिका-२ हप्पुखोला बस्तीमा ०८१ असार २५ गते साँझ पहिरोले घर भत्किँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले बताउनु भयो । पहिरोले घर भत्किँदा सिरीजङ्गा गाउँपालिका-२ आम्बेगुदिनका ४३ वर्षीय खड्गबहादुर बाँनिया, उहाँकी…
बाढीपहिरोले पुल बगाएपछि तीन सातायता बाटो बन्द, एम्बुलेन्स नचल्दा बिरामीलाई समस्या
तमोर नदीसहितका खोलामा लगाइएको पाँच ओटा अस्थायी पुल बाढीपहिरोले बगाएपछि फक्ताङलुङ गाउँपालिकामा तीन सातायता यातायात सेवा बन्द भएको छ । बाढीपहिरोले पुल बगाएपछि एम्बुलेन्ससहित यातायातका साधन चल्न नसक्दा सबैभन्दा बढी बिरामीलाई समस्या भएको छ । बाढीले पुल नै बगाएपछि फक्ताङलुङ गाउँपालिकामा भएर सदरमुकामसम्म चल्ने एम्बुलेन्सहित अरू यातायातका साधन तीन सातायता…
स्थानीय सरकारको प्रकोप व्यवस्थापन कोष
बाढीपहिरो, मनसुनजन्य प्रकोप र सुख्खायाममा हुने आगलागीका घटनालाई मध्यनजर गर्दै जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । हरेक वर्ष बर्खाका सयमा बाढी, पहिरो, खोला तथा नदीले गर्ने कटान, डुबानजस्ता प्राकृतिक प्रकोपको समस्याले पिरोल्ने हुँदा पीडित पक्षलाई तत्काल राहत र उद्दारका लागि गाउँपालिकाले कोष स्थापना गरेको हो ।…
बाढीपहिरोका कारण विद्यालय बन्द, विद्युत र खानेपानी पाइपमा क्षति
मनसुन सक्रिय भएका कारण जिल्लामा निरन्तर वर्षापछिको बाढीपहिरोका कारण विद्यालय बन्द गरिएको छ । विद्युत र खानेपानीका पाइपमा पहिरोले क्षति पुर्याएपछि जनजीवन प्रभावित भएको छ । कोशी प्रदेशमा १० जुन अर्थात् ०८१ जेठ २८ गतेदेखि सक्रिय भएको मनसुनको प्रभाव जिल्लामा देखिएको छ । जेठ ३० गतेको निरन्तरको वर्षाले असार २…
बाढीपहिरोले पाँच जनाको मृत्यु, ४१ ओटा वडा पहिरोको उच्च जोखिममा
मनसुन सक्रिय भएसँगै जिल्लामा प्राकृतिक विपद्का घटना बढेका छन् । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण जिल्लामा पाँच जनाको मृत्यु भएको छ । ४१ ओटा वडा पहिरोको उच्च जोखिममा परेका छन् । कोशी प्रदेशमा १० जुन अर्थात् ०८१ जेठ २८ गतेदेखि मनसुन सक्रिय हुँदा त्यसको प्रभाव जिल्लामा देखिएको छ…
पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु
कोशी प्रदेशमा मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद्का घटना बढेका छन् । फक्ताङलुङ गाउँपालिका-४ मा पहिरोले पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । निरन्तर वर्षापछि ०८१ जेठ ३१ गते रातिको पहिरोले पुरेर फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बूका ७१ वर्षीय बाबु रामबहादुर साम्रा, ६७ वर्षीया आमा जसमाया लिवाङ साम्रा…
यौन दुर्व्यवहार प्रयास घटनाका आरोपित गिरफ्तार
१५ र १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका-१० फुरुम्बूका २० वर्षीय विक्रम तामाङलाई गिरफ्तार गरेको छ । विद्यालयबाट घर फर्किदै गरेका बालिकालाई ०८१ जेठ ९ गते यौन दुर्व्यवहार प्रयास गरेको आरोपमा तामाङलाई अनुसन्धानका लागि जेठ ९ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमलकुमार लुङ्गेलीले…
कुटपिटबाट पत्नी घाइते, पति गिरफ्तार
मैवाखोला गाउँपालिका–६ फाकुम्बाकी २६ वर्षीया मनमाया शेर्पा(बस्नेत) ३१ वर्षीय पति दिलबहादुर बस्नेतको कुटपिटबाट घाइते हुनु भएको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० फागुन ८ गते मनमायालाई डोरीले बाँधेर निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजन लिम्बूले बताउनु भयो । कुटपिटबाट आँखा र शरीरका विभिन्न भागमा निलडाम हुने गरी…
पहिचान पक्षधरद्वारा गाडीमा तोडफोड
प्रदेश न.१ पुनः नामाङ्कन समितिका कार्यकर्ताले नेपाल कम्युनिष्ट पार्टी(नेकपा एमाले) का सचिव योगेश भट्टराई सवार गाडीमा मङ्सिर १० गते तोडफोड गरेको प्रहरीले जनाएको छ । सदरमुकाम फुङलिङमा पार्टीको कार्यक्रम सकेर पाँचथर जाने क्रममा ०८० मङ्सिर १० गते पहिचान पक्षधरले भट्टराई सवार प्रदेश २–०१००१ च ४० नम्वरको गाडी तोडफोड गरेको जिल्ला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी, महादेवा गाउँपालिका-२ स्थायी घर भइ सिदिङ्वा गाउँपालिका–६ मेहेलेस्थित निलगिरी माध्यमिक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक लक्ष्मीप्रसाद शाहलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० भदौ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा…