अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

जिल्लामा सन् २०२२ को ६ महिनामा नौ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रतिवेदन सार्वजनिक गरेको छ । पत्रकार महासङ्घको सभाहलमा असार ६ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक समीक्षा कार्यक्रममा सरोकारवालाबिच प्रतिवेदन सार्वजनिक गरेको गरिएको हो ।…

June 21, 2022  
हत्या घटनाका आरोपित गिरफ्तार

फक्ताङलुङ गाउँपालिका–६ लेलेपका ७० वर्षीय वृखबहादुर लिम्बू र ७२ वर्षीया फिपरानी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छोरा आइतराज लिम्बूलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा वैशाख २२ गते बाबुआमालाई खुकुरी प्रहार गरी हत्या गरेको स्थानीयको सूचनाको आधारमा आरोपितलाई अनुसन्धानका…

स्वास्थ्यकर्मीमाथि हातपात घटनाका आरोपित गिरफ्तार

सिदिङ्मा गाउँपालिकामा कार्यरत २८ वर्षीया अनमी पुजन राईलाई वैशाख १८ गते हातपात गरेको आरोपमा प्रहरीले सिदिङ्मा गाउँपालिका–४ साब्लाखुका २२ वर्षीय सन्दीप इदिङ्गो लिम्बूलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । झापा, गौरीगञ्ज गाउँपालिका–१ स्थायी घर भई गाउँपालिका केन्द्र साब्लाखुस्थित स्वास्थ्य केन्द्रमा बसीरहेको अवस्थामा गालीगलौजसहित कुटपिट गरेको आरोपमा प्रहरीले लिम्बूलाई गिरफ्तार…

बलात्कारपछि हत्या कसुरमा ३६ वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालतले फुङलिङ नगरपालिका–१० फुरूम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई फागुन १५ गते ३६ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले कसुर गरेको ठहर गर्दै हत्या गरेको कसुरमा २५ वर्ष कैद  र बलात्कार गरेको कसुरमा ११ वर्ष गरी ३६ वर्षको…

February 28, 2022  
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

६ वर्षीया बालिकालाई बलात्कार (हाडनाता करणी) गरेको कसुरमा जिल्ला अदालतले पाथीभरा याङ्वरक गाउँपालिकाका–७० वर्षीय वृद्धलाई ११ महिना कैद सजायको सुनाएको छ । न्यायाधीश प्रकाश राउतको फागुन ९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार शम्भुप्रसाद रेग्मीले…

February 22, 2022  
बलात्कार गरेको कसुरमा १९ वर्ष कैदसजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका –१ निघुरादिनका २७ वर्षीय दीपक विश्वकर्मालाई १९ वर्ष कैदसजायको फैसला गरेको छ । न्यायाधीश प्रकाश राउतको माघ ४ गतेको इजलासले कसुर ठहर गर्दै कैदसजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका इजलास सहायक निमाछिरिङ…

January 20, 2022  
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिरीजङ्गा गाउँपालिका –६ पेदाङका ६४ वर्षीय पानी माइला भनिने धनबहादुर लिम्बूलाई १९ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश प्रकाश राउतको माघ ४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कदै सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १ लाख ५० हजार क्षतिपूर्ति भराउन…

January 19, 2022  
गाउँपालिका वडा सचिवविहीन, शिक्षकलाई वडा सचिवको जिम्मेवारी

सिरिजङ्घा गाउँपालिकाका आठ ओटै वटा वडा सचिवविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । सिरिजङ्घा वडा–१ सिनाम, वडा–२ थुम्बेदिन, वडा–३ सिकैचा, वडा–४ तेल्लोक, वडा–५ पेदाङ, वडा–६ मामाखे, वडा–७ खेवाङ र वडा–८ याम्फुदिन वडा सचिवविहीन हुँदा सेवाग्राही मर्कामा परेका हुन् । सिङ्गो गाउँपालिका नै वडा सचिवविहीन भएपछि गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयका…

January 13, 2022  
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बालबिवाह तथा बलात्कार गरेको कसुरमा जिल्ला अदालतले पाथीभरा याङ्वरक गाउँपालिका‒१ नाङ्खोल्याङका १७ वर्षीय बालकलाई मङ्सिर २९ गते सात वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट ७५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका…

December 16, 2021  
बाल निगरानी कक्ष नहुँदा बालविज्याँई घटनाका आरोपित बालक वयस्कसँगै हिरासतमा बस्न बाध्य

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २२ मा निगरानी कक्षको स्थापना सम्बन्धी व्यवस्था उल्लेख गरिएको भएपनि निगरानी कक्षको स्थापना नहुँदा बालविज्याँई घटनाका आरोपित बालकलाई अनुसन्धान अवधिभर वयस्कसँगै राखिने गरिएको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ मा कसुरजन्य कार्यको आरोपमा नियन्त्रणमा लिइएका बालबालिकालाई अनुसन्धान अवधिभर राख्ने प्रयोजनका लागि नेपाल सरकारले निगरानी…

December 15, 2021