पहिचान पक्षधरद्वारा गाडीमा तोडफोड
प्रदेश न.१ पुनः नामाङ्कन समितिका कार्यकर्ताले नेपाल कम्युनिष्ट पार्टी(नेकपा एमाले) का सचिव योगेश भट्टराई सवार गाडीमा मङ्सिर १० गते तोडफोड गरेको प्रहरीले जनाएको छ । सदरमुकाम फुङलिङमा पार्टीको कार्यक्रम सकेर पाँचथर जाने क्रममा ०८० मङ्सिर १० गते पहिचान पक्षधरले भट्टराई सवार प्रदेश २–०१००१ च ४० नम्वरको गाडी तोडफोड गरेको जिल्ला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी, महादेवा गाउँपालिका-२ स्थायी घर भइ सिदिङ्वा गाउँपालिका–६ मेहेलेस्थित निलगिरी माध्यमिक विद्यालयमा कार्यरत ३५ वर्षीय शिक्षक लक्ष्मीप्रसाद शाहलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० भदौ २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा…
कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
पाथीभरा याङरवक गाउँपालिका-३ तिरिङ्गेकी ३४ वर्षीया चन्द्रकला कटुवालले कुटपिट गरेको आरोपमा २२ वर्षीया बुहारी बिपना कटुवालविरूद्ध प्रहरीमा उजुरी दिनु भएको छ । आरोपितले सासु आमालाई कुटपिट गरेको र सो विषयमा बुझन् ०८० भदौ २ गते माइती जाँदा किन बाठी भएर आइस् भन्दै बुहारीले भदौ ३ गते कुटपिट गरेको पीडितले बताउनु…
हत्या घटनाका आरोपित गिरफ्तार
मैवाखोला गाउँपालिका-६ फाकुम्बाकी ६३ वर्षीया धनमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय छोरा डिल्लीकुमार लिम्बूलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन २९ गते खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कुशाराम कार्कीले बताउनु भयो । धनमाया लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेको सूचना स्थानीयले दिएपछि आरोपितलाई…
कोशी नामाकरणमा विरोध: प्रदेशका मन्त्रीविरूद्ध नारावाजी
कोशी प्रदेश नामाकरणको विरोध गर्दै आएको प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश सरकारका खानेपानी, सिञ्चाई तथा उर्जा मन्त्री र प्रदेश सरकारद्वारा गठित वार्ता टोलीका संयोजक तिलकुमार मेन्याङ्बोविरूद्ध असार २० गते नारावाजी गरेका छन् । ‘कोशी प्रदेश मान्दैनौ’ लेखिएको कालो फेटा टाउकोमा बाँधेर आएका प्रदेश न.१ पुन नामाङ्कन…
बाढीपहिरो प्रभावित २९ घरपरिवारलाई ४ लाख रुपियाँ बढी राहत प्रदान
सिदिङ्मा गाउँपालिका–६ मेहेलेसहितका बाढीपहिरो प्रभावित २९ घर परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहले राहत प्रदान गरेका छन् । बाढी पहिरो प्रभावितहरूलाई विपद् व्यवस्थापन समिति र स्थानीय सरकारले समन्वय गरी ४ लाख ३५ हजार रुपियाँ राहत प्रदान गरेको जिल्ला व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनु…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार १४ गते सम्पन्न गरिएको छ । जिल्लामा सन् २०२३ को ६ महिनाको (०७९ पुस–०८० असार) अवधिमा १२ ओटा मानव अधिकारसँग सम्बन्धित घटना भएको इन्सेकले जनाएको छ । इन्सेक अभिलेखका आधारमा पाँच ओटा बलात्कार, चार ओटा घरेलु…
पहिरो पीडित परिवारलाई राहत प्रदान
सिदिङ्वा गाउँपालिका–६ मेहेलका पहिरो पीडित यादव बुढाक्षेत्री र रामवहादुर तामाङ, सिदिङ्वा गाउँपालिका–३ का प्रेम सेलिङ, महेश्वर सेलिङ, डिल्ली सेलिङ र नरेश सेलिङलाई जिल्ला विपद् व्यवस्थापन समितिले राहत प्रदान गरेको छ । विपद् व्यवस्थापन समितिको ०८० असार ११ गतेको बैठकले पहिरोमा घर गुमाएका ६ जनाको परिवारलाई जनही १५ हजार रुपियाँ राहत…
पहिरोले स्वास्थ्य चौकी बगाएपछि सेवा प्रवाहमा समस्या
सिदिङ्वा गाउँपालिका–६ स्थित मेहेले स्वास्थ्य चौकी पहिरोले बगाएपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । पहिरोले स्वास्थ्य चौकी भवन बगाएपछि स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको स्वास्थ्य चौकी इञ्चार्ज मदन लिङदेनले बताउनु भयो । स्वास्थ्य चौकी इन्चार्ज मदन लिङदेनले भन्नुभयो ‘स्वास्थ्य चौकीबाट स्वास्थ्य सामग्री निकाल्न सकेका छैनौँ, ०८० असार २ गतेको…
पत्नी हत्या आरोपमा पति गिरफ्तार
सिरिजङ्घा गाँउपालिका–३ सिकैचाकी ३१ वर्षीया निशा राईको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति लक्ष्मण राईलाई असार ५ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा असार ५ गते दाउराले हिर्काएर पत्नीको हत्या गरेको आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन लिम्बूले…