बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय वीरबहादुर विकलाई भदौ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ वैशाख ५, वैशाख ८ र अन्तिम पटक साउन २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
मनोसामाजिक समस्या हुनु भएकी ४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिकाका-९ का २६ वर्षीय आशिष प्राङदेनलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ साउन १४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…
क्षतिपूर्ति माग गर्दै स्थानीयको विरोध
सिरिजङ्गा गाउँपालिका-२ आम्बेगुदिनमा निर्माणाधीन काबेली हाइड्रो कम्पनीसँग क्षतिपूर्ति माग गर्दै स्थानीयले विरोध जनाएका छन् । काबेली हाइड्रो कम्पनीले अत्यधिक भारी ठूला सवारी साधन सञ्चालन गरेका कारण पहिरोलगायतका जोखिम बढेको भन्दै स्थानीयले क्षतिपूर्तिको माग गरेका छन् । क्षतिपूर्तिका लागि सिरिजङ्गा गाउँपालिका-२ आम्बेगुदिनका स्थानीयले १ सय सदस्यीय सङ्घर्ष समिति गठन गरी काबेली…
एम्बुलेन्स तोडफोड घटनाका आरोपित गिरफ्तार
एम्बुलेन्स तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । फुङलिङ नगरपालिका-२ मा पार्किङमा राखिएको फक्ताङलुङ गाउँपालिकाको प्र. १-०२-००१ झ ०८११ नम्बरको एम्बुलेन्स ०८१ साउन ३ गते तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई साउन ४ गते गिरफ्तार गरेको हो । गिरफ्तारीमा पर्नेमा मिक्वाखोला गाउँपालिका-३ लिवाङका ३१ वर्षीय कुमार शेर्पा,…
गाउँपालिकाको भवनमा पहिरो, सेवा प्रवाहमा समस्या
फक्ताङलुङ गाउँपालिकाको भवनमा पहिरोले क्षति पुर्याएपछि सेवा प्रवाहमा समस्या भएको छ । भारी वर्षापछि ०८१ साउन ४ गते विहानका रातिको पहिरोले गाउँपालिका भवन पुरेपछि सेवा प्रवाह प्रभावित भएको हो । अविरल वर्षासँगै आएको बाढी र पहिरो गाउँपालिकामा पसेपछि साउन ४ गतेबाट सेवा प्रवाभित भएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनु भयो…
अन्तर-जातीय विवाह गर्ने जोडीलाई स्थानीय तहको सम्मान
जिल्लाको मेरिङदेन गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको छ । दलित र गैरदलितबिच विवाह गर्ने १० जोडीलाई ०८१ असार ३० गते गाउँपालिकाले सम्मान गरेको हो । प्रत्येक जोडीलाई नगद ५ हजार रुपियाँ, सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले बताउनु भयो । गाउँपालिका दलित र…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनामाथि समीक्षा गरिएको छ । जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि ०८१ असार २९ गते समीक्षा गरिएको हो । जिल्लामा सन् २०२४ को ६ महिनाको (०८० पुस-०८१ असार) अवधिमा ३० ओटा…
पहिरोले घर भत्किँदा ६ जना घाइते
सिरिजङ्गा गाउँपालिका-२ मा पहिरोले घर भत्किँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । सिरिजङ्गा गाउँपालिका-२ हप्पुखोला बस्तीमा ०८१ असार २५ गते साँझ पहिरोले घर भत्किँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले बताउनु भयो । पहिरोले घर भत्किँदा सिरीजङ्गा गाउँपालिका-२ आम्बेगुदिनका ४३ वर्षीय खड्गबहादुर बाँनिया, उहाँकी…
बाढीपहिरोले पुल बगाएपछि तीन सातायता बाटो बन्द, एम्बुलेन्स नचल्दा बिरामीलाई समस्या
तमोर नदीसहितका खोलामा लगाइएको पाँच ओटा अस्थायी पुल बाढीपहिरोले बगाएपछि फक्ताङलुङ गाउँपालिकामा तीन सातायता यातायात सेवा बन्द भएको छ । बाढीपहिरोले पुल बगाएपछि एम्बुलेन्ससहित यातायातका साधन चल्न नसक्दा सबैभन्दा बढी बिरामीलाई समस्या भएको छ । बाढीले पुल नै बगाएपछि फक्ताङलुङ गाउँपालिकामा भएर सदरमुकामसम्म चल्ने एम्बुलेन्सहित अरू यातायातका साधन तीन सातायता…
स्थानीय सरकारको प्रकोप व्यवस्थापन कोष
बाढीपहिरो, मनसुनजन्य प्रकोप र सुख्खायाममा हुने आगलागीका घटनालाई मध्यनजर गर्दै जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । हरेक वर्ष बर्खाका सयमा बाढी, पहिरो, खोला तथा नदीले गर्ने कटान, डुबानजस्ता प्राकृतिक प्रकोपको समस्याले पिरोल्ने हुँदा पीडित पक्षलाई तत्काल राहत र उद्दारका लागि गाउँपालिकाले कोष स्थापना गरेको हो ।…