बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेरिङ्देन गाँउपालिका-१ थिङ्लाबु याक्तेलीका ४८ वर्षीय वर्ते जेठा भन्ने धनबहादुर लिम्बूलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई गत साउन १३ गते बलात्कार गरेको आरोपमा पीडितले मङ्सिर ७ गते आरोपितविरूद्घ प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह…
मानव अधिकार रक्षाका लागि सबैको भूमिका समान रहनेमा सरोकारवालाहरूको जोड
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ को लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ताप्लेजुङमा कात्तिक २९ गते सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले मानव अधिकार साझा विषय भएकाले मानव अधिकारको रक्षाका लागि सबैको भूमिका समान हुनु पर्नेमा जोड दिएका छन् । समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मैवाखोला गाउँपालिका-५ फाकुम्बाका २३ वर्षीय कमल थोप्रा लिम्बूलाई प्रहरीले भदौ ५ गते गिरफ्तार गरेको छ । घटनामा संलग्न अर्का आरोपित डिके खुइले भनिने सुमन थोप्रा लिम्बू भने फरार रहेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितद्वयले भदौ ५ गते बलात्कार गरेको आरोपमा पीडितका बावुले…
१० महिनाका जुम्ल्याहा छोरीको हत्या गरी आमा फरार भएको आरोप
पाथीभरा याङवरक गाँउपालिका-२ थेचम्बुस्थित लतेवारीमा २० वर्षीया कमला बिकले कुटपिटपछि शौचालयमा फालेर १० महिने जुम्ल्याहा छोरीको हत्या गरेको प्रहरीले जनाएको छ । मृतक बालिकाद्वयलाई आरोपितले साउन २६ गते कुटपिटपछि शौचालयमा फालिएका जुम्ल्याहामध्ये गङ्गालाई स्थानीयले मृत अवस्थामा फेला पारेका थिए । नाजुक अवस्थामा उद्घार गरिएकी जमुनाको उपचारका क्रममा साउन ३० गते…
बलात्कार प्रयासका आरोपित गिरफ्तार
४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका-४ का ३५ वर्षीय निमतेञ्जी शेर्पालाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १७ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन २७ गते उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन…
बलात्कार गरेको कसुरमा तीन वर्षकैदको फैसला
४३ वर्षीया पत्नीलाई बलात्कार गरेको कसुरमा ३५ वर्षीय पतिलाई जिल्ला अदालत ताप्लेजुङले जेठ ३० गते तीन वर्षकैद र पीडकको अंश भए अंशबाट दिने र नभए नेपाल सरकारबाट ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । पीडित महिलालाई आरोपितले ०७१ साउन ३० गते बलात्कार गरेको आरोपमा जिल्ला अदालतमा भदौ ३०…
बलात्कारका कारण गर्भवती भएकी बालिका उपचार पाउनबाट वञ्चित
बलात्कारका कारण गर्भवती भएकी १३ वर्षीया बालिका विराटनगरस्थित कोशी अस्पताल भर्ना भएको चार दिनसम्म पनि अस्पतालको सेवा पाउनबाट वञ्चित भएकी छिन् । चैत १४ गते कोशी अस्पताल भर्ना भएपनि छोरीको उपचारबारे अस्पताल प्रशासनले कुनै जानकारी नदिएको पीडितकी ४० वर्षीया आमाले इन्सेक प्रतिनिधिलाई टेलिफोनमा जानकारी दिइन् । पीडितकी आमाले भनिन्-'गर्भ छिप्पिएकाले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मैवाखोला गाउँपालिका-१ का २३ वर्षीय सुवास लिम्बु र २२ वर्षीय लाक्पा शेर्पालाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले चैत १० गते बेलुकी बलात्कार गरेको आरोपमा पीडितले चैत ११ गते दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको हिलिहाङ गाउँपालिका-७ घर भई फुङलिङ नगरपालिका-२ बस्ने ३३ वर्षीय रामकुमार राईलाई चैत ८ गते साँझ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ मङ्सिर १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…
तीन वर्षदेखि टहरामै पठनपाठन !
पहिरोले विद्यालयको भवन बगाएपछि मिक्वाखोला गाउँपालिका-३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी तीन वर्षदेखि टहरामै बसेर पढ्न बाध्य भएका छन् । ०७२ जेठ २७ गते पहिरोले भवन बगाए यता उक्त विद्यालयका १ सय २५ भन्दा बढी विद्यार्थी टहरामै पढ्न बाध्य भएका हुन् । २०६८ को भुकम्पले चर्काएका असुरक्षित भवन समेत विद्यार्थीको…