दुर्गममा स्वास्थ्य सेवाको अवस्था दयनीय, ६० प्रतिशत गर्भवती घरमै सुत्केरी हुन्छन्
हिउँदको बिहानी । कठ्याङ्ग्रिदो जाडो । घर नजिकै गाईगोठ । गाईको घाँटीमा बाँधिएको घण्टीको आवाज । ५८ वर्षीय सिंहराज गुरुङ दुहुना गाईका लागि घाँस खोले तयार गर्दै हुनुहुन्छ । आँगन छेउको भकारोमा भेडा र बाख्रा । मुसुक्क हाँस्दै गुरुङले भन्नुभयो–‘बस्ती एकान्त भएकाले घर र बस्तुको रेखदेख यसैमा निर्भर छ ।’…
बालविज्याँईमा परेका बालक वयस्कसँगै कारागारमा
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका १७ वर्षीय बालकलाई वयस्कसँगै जिल्ला कारागारमा राखिएको पाइएको छ । पीडित बालिकालाई आरोपितले गत असोज २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ जिल्ला प्रहरी कार्यालयमा असोज २२ गते उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा अदालतबाट म्याद थप गरी अनुसन्धानका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेका ४१ वर्षीय कुलबहादुर आङबुहाङलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १४ गते बलात्कार गरेको भन्दै पीडितले कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । जिल्ला अस्पतालमा कात्तिक १५ गते स्वास्थ्य परीक्षण गरिएको…
स्वास्थ्य चौकी भवन नहुँदा सेवाग्राही मर्कामा, दुई वर्षमा पुरा गर्नुपर्ने भवन ६ वर्षसम्म अधुरै
आठराई त्रिवेणी गाउँपालिका–४ स्थित चाँगेमा स्वास्थ्य चौकी भवन अभावमा सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीका लागि कक्ष, बिरामी चेकजाँच कक्ष, औषधि तथा उपकरण व्यवस्थापनमा समेत कठिन बनेको छ । भाडाको कोठामा राखिएको कार्यालयमा भएका उपकरण व्यवस्थापन तथा सेवा प्रवाह गर्ने क्रममा समस्या हुने गरेको छ । स्थानीयबासी…
हत्या घटनाका आरोपित गिरफ्तार
फुङलिङ नगरपालिका–९ हाङदेवाका ६५ वर्षीय ज्येष्ठ नागरिक फुपुदोर्जे शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले सोही नपा–९ का १८ वर्षीय प्रकाश कालीकोटेलाई कात्तिक १ गते गिरफ्तार गरेको छ । आरोपितले असोज ३० गते ६५ वर्षीय वृद्घको हत्या गरेको विषयमा स्थानीयले कात्तिक १ गते किटानी उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी…
नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार
नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुकी २२ वर्षीया जुनु भन्ने एलिसा तेम्बे लिम्बूलाई असोज ३० गते गिरफ्तार गरेको छ । आरोपितले असोज २१ गते शिशुलाई जन्माएर हत्या गरी नजिकैको जङ्गलमा गाडेको सूचना स्थानीयले दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालले बताए । शवको…
तोकिएका स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा लिन सेवाग्राहीलाई समस्या
३२ जनाको दरबन्दी भएको जिल्ला अस्पतालमा १२ जना मात्र कर्मचारीले सेवा प्रवाह गर्दा सेवाग्राहीलाई समस्या हुने गरेको छ । सेवा प्रवाहलाई चुस्तदुरूस्त तुल्याउन अस्पताल विकास समितिले प्रदेश र केन्द्र सरकारलाई गुहार गरेको छ । दरबन्दी कटौतीपछि अस्पताल विकास समिति गुहार माग्न प्रदेश तथा केन्द्र पुगेको हो । अस्पताल विकास समितिका…
स्थानीय तहमा कर्मचारी अभावले सेवाप्रवाहमा समस्या
जिल्लाका एक नगरपालिकासहित नौ ओटै स्थानीय तहमा कर्मचारी अभावले सेवाग्राही मर्कामा परेका छन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । मेरिङ्देन गाउँपालिका-१ स्थित स्वास्थ्य चौकी हेल्थ असिस्टेन्टमा कार्यरत छन्, हेमन्त प्रधान । तर, चार महिनायता उनी पञ्जिकरणको काम पनि गरिरहेका छन् । बिरामीको उपचार गर्नेसहित जन्म, मृत्यु…
स्वास्थ्य चौकी भवन सुरक्षित नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या
आठराई त्रिवेणी गाँउपालिका-३ हाङपाङका स्थानीयले संविधानले मौलिक हकका रूपमा स्वास्थ्यलाई व्याख्या गरे जस्तो गरी स्वास्थ्य सेवा लिन पाएका छैनन् । हाङपाङ-३ का २९ वर्षीय अशोक आङवुहाङले सुरक्षित र व्यवस्थित स्वास्थ्य चौकीको भवन नहुँदा परिवार नियोजनका साधन लिने दिनेदेखि परामर्शका लागि असहज हुने गरेको गुनासो गरे । उनले भने-'पुरूषलाई भन्दा महिलाहरूलाई…
बालबिज्याईँ कसुरमा फैसला सुनाइएका बालक कारागारमा वयस्कसँगै
५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कसुरदार ठहर गरी बाल सुधार गृहमा पठाउने आदेश दिइएका १३ वर्षीय बालकलाई सुधार गृह नपठाई वयस्कहरूसँगै कारागारमा राखेको पाइएको छ । पीडित बालिकालाई आरोपितले ०७६ जेठ २९ गते बलात्कार गरेको आरोपमा असार २ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको थियो…