सरकारको नीति तथा कार्यक्रममा भएपनि सेनेटरी प्याड पाउनबाट छात्रा वञ्चित
आर्थिक वर्ष २०७६/७७ देखि सामुदायिक विद्यालयका छात्राहरूलाई नेपाल सरकारले नीति तथा कार्यक्रममा घोषणा गरे बमोजिम निशुल्क दिने भनिएको सेनेटरी प्याड ताप्लेजुङका कतिपय सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूले पाउन नसकेको गुनासो गरेका छन् । एक ओटा नगरपालिकासहित ८ ओटै गाउँपालिकास्थित सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुले चालु आर्थिक वर्षको ७ महिना बितिसक्दा समेत पाउनेनपाउने…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको पीडितको आरोप
दादुरा–रूबेला खोप अभियानको अनुगमनमा गएको अवस्थामा आफूमाथि कुटपिट तथा दुर्व्यवहार भएको स्वास्थ्यकर्मी ४८ वर्षीय सत्येन्द्रप्रसाद यादवले आरोप लगाउनु भएको छ । सिदिङ्गवा स्वास्थ्य चौकीबाट खोप अभियानको अनुगमनमा गाँउपालिका अध्यक्ष नरबहादुर कडरियासँग गएको अवस्थामा फागुन ५ गते गाँउपालिकाका प्रवक्ता तथा कार्यपालिका सदस्य ३७ वर्षीय प्रकाश राई(कैलाश)ले कुटपिट गरेको पीडितको आरोप छ…
घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार
फुङलिङ नगरपालिका–७ दोखुकी ३२ वर्षीया प्रमिला गुरुङ पालुङवालाई कुटपिट गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति पृथ्वीमान पालुङ्वालाई प्रहरीले माघ २६ गते गिरफ्तार गरेको छ । आरोपितले माघ २२ गते कुटपिट गरेको आरोपमा पीडितले माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको इन्स्पेक्टर विष्णुबहादुर खड्काले बताउनुभयो । पीडितको उपचार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
दश वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिरीजङ्गा गाउँपालिका–८ का ३४ वर्षीय छिरिङ लेप्चा लामालाई माघ २२ गते गिरफ्तार गरेको छ । आरोपितले विगत दुई वर्षयता यौन दुर्व्यवहार गर्दै आएको र अन्तिम पटक माघ ५ गते यौन दुव्र्यवहार गरेको आरोपमा स्थानीयले इलाका प्रहरी कार्यालय तेल्लोकमा मौखिक उजुरी दिएका थिए…
हत्या घटनाका आरोपित गिरफ्तार
पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुकी ३५ वर्षीया सुकमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय सुसुरालाई माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले माघ २४ गते बुहारीको हत्या गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताउनुभयो । आरोपितमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम जिल्ला…
न्यायको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापन पत्र
मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी ३४ वर्षीया कविता थापाको रहस्यमय हत्या भएको घटनामा न्यायको माग गर्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालयमा पुस २२ ज्ञापनपत्र बुझाएको छ । मिक्वाखोला गाँउपालिका–२ स्थित अधेरी आधारभूत विद्यालय नजिकको सडकमा पुस ५ गते थापाको शव फेला परेको थियो । घटना भएको १८ दिनसम्म प्रहरीले अनुसन्धान नगरेको र…
घरबाट हराएकी युवतीको ३२ दिनपछि शव फेला,आरोपितद्घारा हत्या स्वीकार
आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीस्थित चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको घरबाट हराएको ३२ दिनपछि पुस १९ गते शव फेला परेको छ । तेहृथुमस्थित फाक्चुवा दोभानमा पर्ने तमोर नदीमा पीडितको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णुबहादुर खड्काले बताउनुभयो । पाँचथर सिम्ले निवासी धनबहादुर माझीले माछा मार्ने क्रममा पुस १९ गते…
हतियारसहित प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका सहसचिव चन्द्रबहादुर बस्नेतलाई प्रहरीले हतियारसहित पुस १२ गते गिरफ्तार गरेको छ । मिक्वाखोला गाउँपालिका–२ का ३१ वर्षीय चन्द्रबहादुर बस्नेतलाई प्रतिबन्धित पार्टीमा आवद्घ भएको र हतियार कारोबारमा संलग्न रहेको आरोपमा पुस १२ गते गिरफ्तार गरी पुस १३ गते सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका…
कर्मचारी अभावले सेवाग्राही मर्कामा
पाथीभरायाङ्वरक गाउँपालिकामा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । ६ ओटा वडाको काम दुई जना सचिवले गर्नुपर्ने भएकाले सेवाग्राही मर्कामा परेका हुन् । गाउँपालिकाका अध्यक्ष केशरकुमार मेन्याङबोले दरबन्दी अनुसारका कर्मचारी पदपुर्ति हुन कम्तीमा पुस महिनासम्म कुर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । जसका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको अध्यक्ष…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा
जिल्लामा शिशु हत्या, बालबिज्याँई तथा बलात्कारका घटनाप्रति गम्भीर हुनुपर्ने खाँचो औँल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रमका सहभागीले इन्सेकको तथ्याङ्कप्रति ध्यानाकर्षण भएको जनाउँदै घटना न्यूनीकरणका लागि सो खाँचो औल्याइएको हो । जिल्ला न्यायाधीश प्रकाश राउतले मानव अधिकार हनन्…