बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरीजङ्गा गाउँपालिका–८ याम्फुदिनका २४ वर्षीय मिङ्मा शेर्पा र फुङलिङ नगरपालिका–८ दोखुका २१ वर्षीय पासाङ ग्याल्जेन शेर्पालाई गिरफ्तार गरेको छ । पीडितलाई महिलालाई आरोपितद्वयले असार २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका २६ वर्षीय नारायण लिम्बु र फक्ताङलुङ गाउँपालिका–३ की ३६ वर्षीया एक महिलालाई असार ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो…
अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
जिल्लामा सन् २०२२ को ६ महिनामा नौ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रतिवेदन सार्वजनिक गरेको छ । पत्रकार महासङ्घको सभाहलमा असार ६ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक समीक्षा कार्यक्रममा सरोकारवालाबिच प्रतिवेदन सार्वजनिक गरेको गरिएको हो ।…
हत्या घटनाका आरोपित गिरफ्तार
फक्ताङलुङ गाउँपालिका–६ लेलेपका ७० वर्षीय वृखबहादुर लिम्बू र ७२ वर्षीया फिपरानी लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छोरा आइतराज लिम्बूलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले घरायसी विवादका क्रममा वैशाख २२ गते बाबुआमालाई खुकुरी प्रहार गरी हत्या गरेको स्थानीयको सूचनाको आधारमा आरोपितलाई अनुसन्धानका…
स्वास्थ्यकर्मीमाथि हातपात घटनाका आरोपित गिरफ्तार
सिदिङ्मा गाउँपालिकामा कार्यरत २८ वर्षीया अनमी पुजन राईलाई वैशाख १८ गते हातपात गरेको आरोपमा प्रहरीले सिदिङ्मा गाउँपालिका–४ साब्लाखुका २२ वर्षीय सन्दीप इदिङ्गो लिम्बूलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । झापा, गौरीगञ्ज गाउँपालिका–१ स्थायी घर भई गाउँपालिका केन्द्र साब्लाखुस्थित स्वास्थ्य केन्द्रमा बसीरहेको अवस्थामा गालीगलौजसहित कुटपिट गरेको आरोपमा प्रहरीले लिम्बूलाई गिरफ्तार…
बलात्कारपछि हत्या कसुरमा ३६ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालतले फुङलिङ नगरपालिका–१० फुरूम्बुका २४ वर्षीय रामकुमार कार्कीलाई फागुन १५ गते ३६ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले कसुर गरेको ठहर गर्दै हत्या गरेको कसुरमा २५ वर्ष कैद र बलात्कार गरेको कसुरमा ११ वर्ष गरी ३६ वर्षको…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
६ वर्षीया बालिकालाई बलात्कार (हाडनाता करणी) गरेको कसुरमा जिल्ला अदालतले पाथीभरा याङ्वरक गाउँपालिकाका–७० वर्षीय वृद्धलाई ११ महिना कैद सजायको सुनाएको छ । न्यायाधीश प्रकाश राउतको फागुन ९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार शम्भुप्रसाद रेग्मीले…
बलात्कार गरेको कसुरमा १९ वर्ष कैदसजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले आठराई त्रिवेणी गाउँपालिका –१ निघुरादिनका २७ वर्षीय दीपक विश्वकर्मालाई १९ वर्ष कैदसजायको फैसला गरेको छ । न्यायाधीश प्रकाश राउतको माघ ४ गतेको इजलासले कसुर ठहर गर्दै कैदसजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका इजलास सहायक निमाछिरिङ…
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिरीजङ्गा गाउँपालिका –६ पेदाङका ६४ वर्षीय पानी माइला भनिने धनबहादुर लिम्बूलाई १९ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश प्रकाश राउतको माघ ४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कदै सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १ लाख ५० हजार क्षतिपूर्ति भराउन…
गाउँपालिका वडा सचिवविहीन, शिक्षकलाई वडा सचिवको जिम्मेवारी
सिरिजङ्घा गाउँपालिकाका आठ ओटै वटा वडा सचिवविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । सिरिजङ्घा वडा–१ सिनाम, वडा–२ थुम्बेदिन, वडा–३ सिकैचा, वडा–४ तेल्लोक, वडा–५ पेदाङ, वडा–६ मामाखे, वडा–७ खेवाङ र वडा–८ याम्फुदिन वडा सचिवविहीन हुँदा सेवाग्राही मर्कामा परेका हुन् । सिङ्गो गाउँपालिका नै वडा सचिवविहीन भएपछि गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालयका…