बलात्कार गरेको कसुरमा दश वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मेचीनगर नगरपालिका–७ का २४ वर्षीय विनोद सापकोटालाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश दिलकुमार बर्देवाको वैशाख ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट १ लाख रूपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार मदनप्रसाद…

April 21, 2021  
बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बाहृदशी गाउँपालिका–५ का  ४३ वर्षीय होमनाथ रार्ईलाई तीन वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश नारायणप्रसाद पराजुलीको वैशाख ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैदसँगै २५ हजार रुपियाँ पीडितले पाउने गरी कसुरदारबाट भराउन आदेश भएको अदालतका श्रेस्तेदार मदनप्रसाद पराजुलीले…

April 20, 2021  
बलात्कार गरेको कसुरमा दुई वर्ष कैद सजायको फैसला

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बुद्धशान्ति गाउँपालिका–७ का ३५ वर्षीय प्रेमकुमार श्रेष्ठलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टीकाराम आचार्यको चैत २२ गतेको इजलासले कैद सजायको फैसला सुनाएको हो । पीडित महिलालाई आरोपितले ०७६ माघ १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले…

April 6, 2021  
जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा दुई जना गिरफ्तार

दमक नगरपालिका–६ मा घर भाडामा लिएर जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले इलाम, चुलाचुली गाउँपालिका–४ की ३८ वर्षीया वण्ठी भनिने नन्दीता साँवा लिम्बू र मोरङ, पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङलाई गिरफ्तार गरेको छ । आरोपितद्वयले घर भाडामा लिएर जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा स्थानीयले सूचना दिएपछि अनुसन्धानका…

March 31, 2021  
आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन १५ गते अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बहुमुखी क्याम्पसको सभाहलमा आवासको अधिकारका सम्बन्धमा सेवाग्राी र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित अर्जुनधारा नगरपालिकास्तरीय मानव अधिकार समूह र इन्सेक प्रदेश कार्यालयको आयोजनामा सेवाग्राही र सरोकारवालाबिच आवासको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…

March 5, 2021  
खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन १४ गते बुद्धशान्ति गाउँपालिकामा खाद्य अधिकारका सवालमा कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र तथा सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित बुद्धशान्ति गाउँपालिकास्तरीय मानव अधिकार समूहको सहकार्यमा गाउँपालिका कृषि शाखा प्रमुख, पशुपंक्षी विकास शाखा प्रमुख र कृषकबिच खाद्य अधिकारका सवालमा…

February 26, 2021  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भद्रपुर नगरपालिका–७ स्थायी घर भइ सोही नगरपालिका–१० बुधकरण चिया बगान क्वाटरमा बस्दै आउनु भएकी ६० वर्षीया फिल्सीता उराउको हत्या गरेको आरोपमा प्रहरीले ५८ वर्षीय पति साहेवा उराउलाई फागुन ४ गते गिरफ्तार गरेको छ । पीडितलाई घरायसी विवादका क्रममा आरोपितले फागुन ३ गते ढुङ्गा प्रहार घाइते बनाएको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध…

February 17, 2021  
प्रतिबन्धित नेकपाले आयोजना गरेको नेपाल बन्दको दिन यात्रुबहाक बसमा तोडफोड

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको दिन यात्रुबहाक बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–४ स्थित किराँत चोकमा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । केही युवाहरूले गुडीरहेको बा ४ ख ८८९७ नम्बरको बस रोकेर माघ १० गते तोडफोड गरेको…

January 23, 2021  
यौन दुर्व्यवहार कसुरमा ६ महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शिवसताक्षी नगरपालिका–२ का ६२ वर्षीय छत्रमणि पौडेललाई ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश टिकाराम आचार्यको माघ ६ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी १० हजार रुपियाँ क्षतिपूर्ति भराउन र पाँच हजार रुपियाँ जरिबाना…

January 20, 2021  
शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालयको आयोजना र इन्सेकद्वारा नगरपालिकामा गठित मानव अधिकार समूहको संयोजनमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्र्तगत शिक्षाको अधिकारका…

January 13, 2021