नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम दिक्तेलमा असार १६ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रामधन राईले सन् २०१९ जनवरीदेखि जुनसम्म सङ्कलन गरेका मानव अधिकार…

July 1, 2019  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ५४ वर्षीय नेत्रबहादुर खत्रीलाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७५ फागुन २६ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पश्चात फरार भएका आरोपितलाई असार ९…

June 27, 2019  
छिमेकीको सहयोगमा बालविवाह रोकियो !

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वैशाख २३ गते हुन लागेको बालविवाह छिमेकीको सहयोगमा प्रहरीले रोकेको छ । भोजपुर जिल्लाको टेम्केमैयुङ गाँउपालिका–७ का २४ वर्षीय उद्घव नेपालले १७ वर्षीया बालिकासँग तय गरेको विवाह प्रहरीले रोकेको हो । बाल विवाह हुन लागेको खबर छिमेकीले दिएपछि प्रहरी आउने थाहा पाएर जन्ती पक्ष भागेको…

May 8, 2019  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दिप्रुङ चुईचुम्मा गाँउपालिका–१ याम्खाका ५४ वर्षीय कुमार विश्वकर्मालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले वैशाख २३ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर…

May 8, 2019  
विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य एवम् आर्थिक विभाग प्रमुख हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका सुदीप शर्मा भनिने चक्रबहादुर खत्रीलाई वैशाख ३ गते गिरफ्तार गरिएको छ । सो पार्टीका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाउनु अघि खत्रीले विभिन्न समयमा चन्दा आतङ्क मच्चाएको र हाल पनि त्यस्ता गतिविधिमा लुकिछिपी लागिरहेको विशेष…

April 16, 2019  
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध अदालतमा मुद्दा दर्ता

६१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडाका ५३ वर्षीय जयप्रसाद राईविरूद्ध जिल्ला अदालत दिक्तेलमा मुद्दा दर्ता भएको छ । आरोपितले आफूलाई पटकपटक बलात्कार प्रयास गरेको भन्दै पीडितले फागुन २१ गते अदालतमा मुद्दा दर्ता गराएको हो । आरोपितले पछिल्लो पटक फागुन १८ गते बलात्कार प्रयास गरेको…

March 8, 2019  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय नीरकुमार विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले फागुन १५ गते प्रहरी चौकी जालपामा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार केसीले…

March 5, 2019  
विद्यालय टाढा हुँदा माझी समुदायका बालबालिका बीचैमा पढाई छाड्न बाध्य

घर भन्दा विद्यालय नजिक र पायक ठाउँमा नहुँदा माझी समुदायका बालबालिका बीचमै पढाइ छाड्न बाध्य भएका छन् । नजिक भनिएको मावि पुग्न नै साँढे तीन घण्टा लाग्ने भएपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटका माझी समुदायका बालबालिका आधारभूत तहबाटै विद्यालय छाड्न बाध्य भएका छन् । विद्यालय पायक पर्ने स्थानमा नभएकाले धेरै…

February 14, 2019  
नियमित चिकित्सक नबस्दा पोष्टमार्टमका लागि ५० हजार रुपियाँ बढी खर्च गर्नुपर्ने बाध्यता

ऐँसेलुखर्क गाउँपालिका र जन्तेढुङ्गा गाँउपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत नियमित रूपमा नबस्दा पोष्टमार्टम गर्ने प्रकृतिका घटनामा स्थानीयले पोष्टमार्टमका लागि ५० हजार रुपियाँभन्दा बढी खर्च गर्नुपर्ने बाध्यता रहेको छ । ऐँसेलुखर्क स्वास्थ्य केन्द्र र जन्तेढुङ्गाको चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गर्ने चिकित्सक नियमित रूपमा नबस्दा स्थानीयले ठूलो धनराशी खर्च…

February 8, 2019  
काम गर्दागर्दै अपाङ्गता भएपछि उपचार गरेको अवधिको तलब रोक्का !

विद्युत मर्मत गर्ने क्रममा हातगोडा गुमाएका दिक्तेल रुपाकोट मझुवागढी–६ नेर्पाका ३७ वर्षीय हरीकाजी ढुङ्गानाले ६ महिनाको तलब नपाएको गुनासो गरेका छन् । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्ने क्रममा हलेसी तुवाचुङ नगरपालिकास्थित अर्खौलेको बर्खेटारमा ०७० चैत १६ गते एघार केभी क्षमताको विद्युत लाईन मर्मत गर्ने…

January 28, 2019