पत्नी हत्या आरोपमा पति गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ की २८ वर्षीया सरीता राईको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति बालजीत राईलाई जेठ ३१ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा ०८० जेठ ३० गते खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा आरोपितलाई अनुसन्धानका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ स्थित डेराबाट गिरफ्तार गरेको जिल्ला…

२०८० जेष्ठ ३२, बिहीबार ११:०८ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २९ वर्षीय प्रहृलाद राईलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०८० वैशाख १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १८ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई…

२०८० जेष्ठ ७, आईतवार ०७:०६ गते  
यौन दुर्व्यवहार घटनामा निश्पक्ष अनुसन्धान गर्न अधिकारकर्मीको माग

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन(शुभम) का सञ्चालक मदन राईले बाल यौन दुर्व्यवहार गरेको घटनामा निश्पक्ष अनुसन्धान गर्न अधिकारकर्मीहरूले माग गरेका छन् । इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयल, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान(सिजप) का अध्यक्ष राजेश शर्मा, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक अशोक खनाल, सिविन मोरङ…

२०८० जेष्ठ २, मंगलवार १६:३२ गते  
पत्रकारलाई उपचारका लागि इन्सेकको सहयोग

पत्रकार एवम् मानव अधिकार रक्षक दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ का ५० वर्षीय बद्री आचार्यलाई इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा उपचारवाट वञ्चित हुनुपर्ने अवस्थामा पुग्नु भएका पत्रकार एवम् मानव अधिकार रक्षक आचार्यले इन्सेक खोटाङ प्रतिनिधिलाई सहयोगका लागि आग्रह गरेपछि इन्सेकले आर्थिक सहयोग गरेको हो…

२०८० जेष्ठ २, मंगलवार १५:२३ गते  
इन्सेकद्वारा शुभम् फाउण्डेशनको स्थलगत अवलोकन

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन(शुभम्) को इन्सेकले वैशाख २९ गते स्थलगत अनुगमन गरेको छ । [caption id="attachment_56258" align="alignnone" width="2048"] दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन(शुभम्) को स्थलगत अनुगमन गर्दै इन्सेक र आयोग[/caption] शुभम् फाउण्डेशनमा रहेका बालबालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा शुभम् सञ्चालक साकेला…

२०८० बैशाख २९, शुक्रबार १६:१७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित शुभम् फाउण्डेशनका सञ्चालक मदन राई गिरफ्तार

शुभम् फाउण्डेशनमा रहेका बालबालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा साकेला गाउँपालिका–२ रतन्छाका ७५ वर्षीय मदन राईलाई प्रहरीले अनुसन्धानका लागि वैशाख २९ गते गिरफ्तार गरेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन(शुभम) का सञ्चालक मदन राईलाई बाल यौन दुर्व्यवहार आरोपमा अनुसन्धानका लागि फाउण्डेशनबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी…

२०८० बैशाख २९, शुक्रबार १३:४५ गते  
सरकारले द्वन्द्व पीडित छात्रवृत्ति नदिएको पीडित परिवारको आरोप

०५२ फागुन १ गतेदेखि सुरू भएको सशस्त्र विद्रोह र द्वन्द्वको अन्त्य ०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतापछि भयो । शान्ति सम्झौताको युद्घविराम खण्डमा सैन्य कारबाही र शसस्त्र परिचालनको अन्त्यका विषयमा उल्लेखित छ । “दुवै पक्षले युद्घको समयमा प्रयोग गरिएका धराप तथा बारूदी सुरूङ्गहरूको रेखाङ्कन, तथा भण्डार बारे ३० दिनभित्र…

२०८० बैशाख २५, सोमबार १७:२३ गते  
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

२० वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २९ वर्षीय प्रहृलाद राईविरूद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ । पीडित युवतीलाई आरोपितले ०८० वैशाख १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोमनराज अर्यालले बताउनु भयो…

२०८० बैशाख २१, बिहीबार १८:५४ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका–५ का १२ वर्षीय, १४ वर्षीय र १६ वर्षीय बालकलाई ०७९ चैत १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले ०७९ चैत ३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरू चैत १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो…

२०७९ चैत्र १६, बिहीबार १५:३८ गते  
बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा  जिल्ला अदालतले ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका  २६ वर्षीय निरज राईलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको  छ । जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु पुरीको चैत १३ गतेको आदेशले कैद सजायको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार रामाकान्त यादवले बताउनु भयो । पीडित बालिकालाई आरोपितले ०७७ भदौ १२…

२०७९ चैत्र १३, सोमबार १०:१९ गते