बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका ४५ वर्षीय धनकाजी राईलाई माघ ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले पुस ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई…

January 19, 2022  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रावावेशीँ गाउँपालिका- २ खार्पास्थित आधारभूत विद्यालयमा कार्यरत ३१ वर्षीय शिक्षक किशोर पोखरेललाई माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ असोज ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध पुस २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको…

January 17, 2022  
पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै इन्सेकद्वारा गृह मन्त्रालयलाई ज्ञापनपत्र

एक जना बालिका र दुई जना महिलाको रहस्मय मृत्यु घटनाको बास्तविकता छानबिन गरी पीडितलाई परिवार न्याय दिलाउन माग गर्दै इन्सेकले जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत गृह मन्त्रालयलाई पुस २७ गते ज्ञापनपत्र पठाएको छ । एक जना बालिका र दुई जना महिलाको रहस्मय मृत्यु घटनामा पीडित परिवार वर्षौदेखि न्याय पर्खाइमा रहेकाले जिल्ला…

January 11, 2022  
दुर्व्यवहार गरेको आरोपमा जनप्रतिनिधिविरूद्ध प्रहरीमा उजुरी

मानव अधिकार उल्लङ्घन तथा अल्पसङ्ख्य समुदायको मानव अधिकारको अवस्था अनुगमनका क्रममा बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालीग्राम बञ्जराले आयोगको टोलीलाई पुस २४ गते दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी दिएको छ । मानव अधिकार र अल्पसङ्ख्य समुदायको मानव अधिकार अवस्थाका विषयमा पूर्व निर्धारित कार्यक्रम अनुसार अनुगमनका क्रममा बराहपोखरी गाँउपालिकाका अध्यक्ष शालीग्राम बञ्जरालाई भेट्न…

January 8, 2022  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द(इन्सेक) खोटाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न गरिएको छ । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा सन् २०२१ को जनवरीदेखि अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच मानव अधिकार…

December 11, 2021  
शङ्कास्पद हत्या घटनामा पीडित परिवारले वर्षौसम्म न्याय नपाएको गुनासो

एक बालिकासहित दुई जना महिलाको हत्या भएको घटना वर्षौ बितेपनि पीडित परिवारले अझै न्याय नपाएको गुनासो गरेको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया बालिका रीता तामाङको ०७३ माघ २६ गते हत्या गरिएको अवस्थामा खोटेहाङ गाउँपालिका–९ स्थित कुशेऔँसी भनिने जङ्गलको भीरमा शव भेटियो । हलेसी तुवाचुङ्ग नगरपालिका–७ महादेव स्थानकी ५७…

October 22, 2021  
प्रहरी हिरासतमा ज्यान गुमाएकाले न क्षतिपूर्ति पाए न न्याय !

जिल्ला प्रहरी कार्यालयमा आठ वर्ष अगाडि ज्यान गुमाएका १८ वर्षीय किरण राईको परिवारले अहिलेसम्म क्षतिपूर्ति र न्याय पाएका छैनन् । दिक्तल रुपाकोट मझुवागढी नगरपालिका–१० का किरण राई हत्या आरोपमा ०७० जेठ २८ गते गिरफ्तारीमा परेका किरणको मृत्यु असार २६ गते भएको थियो । घटनामा तत्कालिन डिएसपी राजिव बस्नेत, इन्स्पेक्टर रमेश…

September 26, 2021  
सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरित लाभग्राही छनौट

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई ओटा वडामा सुरक्षित नागरिक आवास निर्माण कार्यक्रममा मापदण्ड विपरीत लाभग्राही छनोट गरिएको पाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र वडा–११ खार्मीमा लक्षित वर्गलाई छोडेर मापदण्ड विपरीत लाभग्राही छनोट गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० का वडाध्यक्ष मुगाधन राईले बताउनु भएको छ । वडाध्यक्ष राईले…

September 13, 2021  
मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यसँग जोड्न अधिकारकर्मीको माग

१९ औँ विश्व आत्महत्या दिवशमा आयोजित कार्यक्रममा अधिकारकर्मीहरूले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यसँग जोड्न माग गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) खोटाङसहित राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय खोटाङले भदौ २५ गते दिक्तेलमा आयोजना गरेको कार्यक्रममा अधिकारकर्मीहरूले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्यसँग जोड्न माग गरेका हुन् । कार्यक्रममा अधिकारकर्मीहरूले कोभिड–१९ का…

September 10, 2021  
बाबुको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका ७२ वर्षीय चन्द्रबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षीय छोरालाई असार १३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १३ गते घरायसी विवादका क्रममा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा अनुसन्धानका लागि २८ वर्षीय सुवर्ण राईलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायणप्रसाद…

June 28, 2021