एमाले वडाध्यक्ष उम्मेदवारको घरमा बम विष्फोट, एक घाइते
अज्ञात समूहले एमाले वडाध्यक्षका उम्मेदवारको घरमा सुतली बम विष्फोट गराएको छ । सो समूहले रुपाकोट मझुवागढी नगरपालिका-८ का वडाध्यक्षका उम्मेदवार ३२ वर्षीय लिला चौहानको घरमा असार ६ गते राति बम विष्फोट गराएको हो । विष्फोटमा वडाध्यक्षका प्रत्यासी चौहानकी बुहारी २२ वर्षीया शकुन्तला चौहान घाइते भएकी प्रहरीले जनाएको छ । बम…
आचारसंहिता उल्लङ्घन गर्दै रङ्गीन पोष्टर प्रकाशन
नेकपा माओवादी केन्द्र रुपाकोट मझुवागढीले चुनावी प्रचारप्रसार सामग्रीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै रङ्गीन पोष्टर प्रकाशन गरेको छ । चुनावी प्रचारप्रसारको क्रममा आफ्नो प्रतिबद्धता पत्र चार ओटा रङ्गमा प्रकाशन गरी आचारसंहिता उल्लङ्घन गरेको हो । निर्वाचन प्रयोजनको लागि प्रयोग गरिने सामग्री पचहत्तर ग्रामसम्मको कागजमा कुल क्षेत्रफलको तीनसय वर्ग इन्चसम्म आकारको एउटै…
काङ्ग्रेस कार्याकर्ताको कुटपिटबाट एमालेका वडाध्यक्ष उम्मेदवार घाइते
दिप्रुङ गाउँपालिका-३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार ईन्द्र तामाङलाई नेपाली काङ्ग्रेसको झण्डा च्यातिएको विषयमा उत्पन्न विवादका क्रममा तरुण दलका क्षेत्रीय सभापति सुरेश साईको नेतृत्वमा काङ्ग्रेसका कार्यकर्ताको कुटपिटबाट गम्भीर घाइते बनाएको पीडित पक्षको आरोप छ । चुनाव प्रचारप्रसार र घरदैलोका क्रममा रहेका तामाङमाथि छोरम्बुको रुबलुङमा जेठ २६ गते लाठीमुङ्ग्रोसहित आएका काङ्ग्रेस कार्यकर्ताबाट आक्रमण…
एमाले कार्यकर्ताको कुटपिटबाट काङ्ग्रेस कार्यकर्ता घाइते भएको आरोप
हलेसी तुवाचुङ नपा-२ स्थित डिकुवाका नेपाली काङ्ग्रेसका 'बाल' कार्यकर्ता १७ वर्षीय अर्जुन राउतमाथि कुटपिट गरेको आरोपमा सल्ले गाविसस्थित एमालेका कार्यकर्ता ३१ वर्षीय धनबहादुर राईलाई जेठ २५ गते गिरफ्तार गरेको छ । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले जानकारी दिए ।…
तथ्याङ्कको आधारमा प्राथमिकताको विषय निर्धारणः मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले जिल्लाका मानव अधिकारको प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ । जिल्लाको यातायातसम्बन्धी समस्यालाई विशेष प्राथमिकतामा राखेर आयोगले मानव अधिकारसँग सम्बन्धित आमसरोकारका विषयहरूको प्राथमिकीकरण गरेको हो । यातायात समस्यालाई विशेष प्राथमिकतामा राखेको आयोगले स्वास्थ्य सेवालाई पहिलो, उपभोक्ता अधिकार र खाद्यान्नमा पहुँचलाई दोश्रो तथा बाल विवाह,…
एमाले कार्यकर्तालाई आक्रमण गरेको आरोपमा माओवादी केन्द्रका कार्यकर्ता गिरफ्तार
स्थानीय तहको निर्वाचनमा पार्टी प्रचारमा रहेका जन्तेढुङ्गा गाउँपालिका-२ का एमाले कर्याकर्ता सन्तोष राईलाई जेठ १८ गते धारिलो हतियार प्रहार गरी आक्रमण गरेको आरोपमा प्रहरीले सोही ठाउँका माओवादी केन्द्रका कार्यकर्ता शक्तिराज राईलाई जेठ १९ गते गिरफ्तार गरेको छ । पीडित राईका अनुसार सामान्य भनाभनबाट विवाद सुरु भएपछि आरोपितले खुर्पाले आफूमाथि जथाभावी…
मतदाता शिक्षा प्रभावकारी भएन, नमूना मतदानमै अल्मलिए मतदाता
स्थानीय तहको दोश्रो निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । गाउँ-गाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक परिचलान गरिएको भएपनि अपेक्षित रूपमा प्रभावकारी बन्न नसकेको पाइएको हो । जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको भएपनि जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको नमूना मतदान कार्यक्रममा ११ मत…
खुकुरी प्रहार गरी महिलाको हत्या
हलेसी तुवाचुङ नपा-७ महादेवस्थान हलेसीकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मालाई अपरिचित व्यक्तिहरूको समूहले जेठ १६ गते साँझ खुकुरी प्रहार गरी हत्या गरेका छन् । घाँस र स्याउला काट्नका लागि जङ्गल पुगेर फर्कँदै गरेकी बिकको हलेसी-दिक्तेल सडकको घुम्तीबाट इलाका स्वास्थ्य चौकी हलेसी जाने बाटोमा हत्या भएको हो । हत्यापछि पीडितले लगाएको औँठी,…
अज्ञात समूहद्वारा विद्यालयमा आगजनी
रुपाकोट मझुवागढी नपा-१२ जालपाको ज्योति माविमा जेठ १५ गते मध्यरातमा अज्ञात समूहले आगजनी गरेको छ । मध्यरातमा भएको आगजनीबाट विद्यालयको नौ ओटा कक्षा कोठा, कार्यालय, कागजपत्र, पुस्तकालय, फर्निचरलगायतका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको प्रधानाध्यापक टिकाबहादुर श्रेष्ठले बताए । जिल्लाको नमूना मानिएको विद्यालयमा आगजनी हुँदा २ करोड ५० लाख भन्दा…
द्वन्द्वपीडितले पाउनुपर्ने राहत अर्कैले लिएको खुलासा
जिल्लाका एक द्वन्द्वपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम एक स्थानीयबासीले झुक्याएर लिएको खुलासा भएको छ । माओवादी सशस्त्र द्वन्द्वको समयमा १३ वर्षअघि हत्या गरिएका जन्तेढुङ्गा गाउँपालिका-४ का लालबहादुर तामाङकी पत्नी जमुना राई (तामाङ)ले राज्यबाट प्राप्त गरेको ५ लाख रुपियाँमध्ये ४ लाख ३० हजार रकम स्थानीय विदुर राईले लिएको खुलासा…