आठ वर्षीया बालिकाको शव फेला, बलात्कारपछि हत्या गरेको आशङ्का

आठ वर्षीया बालिकाको शव फेला परेको छ । रूपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाका नौमणी राईकी आठ वर्षीया छोरी लुमणीको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा माघ १० गते फेला परेको हो । माघ १० गते दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला…

२०७४ माघ १२, शुक्रबार ०६:०३ गते  
वडा सचिव नहुँदा दैनिक कामकाजमा समस्या

जन्तेढुङ्गा गाउँपालिकाका सबै वडामा वडा सचिव नहुँदा दैनिक कामकाज सञ्चालन गर्न समस्या भएको छ । ६ ओटा वडा रहेको गाउँपालिकामा कार्यरत सबै सचिव सरूवा भएर अन्यत्र गएपछि गाउँपालिका नै सचिवविहीन भएको हो । जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङमा कार्यरत एक मात्र वडा सचिव शम्भु आचार्य सोलुखुम्बु सरूवा भएपछि सिङ्गो गाउँपालिका सचिवविहिन बन्न…

२०७४ पुष २८, शुक्रबार १४:४३ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ऐंसेलुखर्क गाउँपालिका-५ महेश्वरीका ४३ वर्षीय खेमराज वनलाई पुस २२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले पुस १७ गते बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । घटनापछि पीडित युवतीले पुस १८ गते इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कमा उजुरी दिएकी थिइन् । उजुरीको…

२०७४ पुष २३, आईतवार २१:०० गते  
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रअ गिरफ्तार

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा लामिडाँडा गाउँपालिका-१ कुभिण्डेस्थित रत्नराज्यलक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक शेखर पोखरेललाई प्रहरीले मङ्सिर १६ गते साँझ गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक सङ्गठनमा आवद्ध भएको आरोपमा उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ…

२०७४ मंसिर १८, सोमबार २१:३५ गते  
खोटाङमा स्थगित मतदान पुनः सुचारु

द्रिरुङ गाउँपालिका-७ टेम्मास्थित शान्ति मावि केन्द्रमा एकै व्यक्तिले धेरै जनाको मतदान गरेको विषयमा उत्पन्न विवादपछि स्थगित गरिएको मतदान पुनः सुचारू भएको छ । लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबिचमा भएको विवादले झडपको रूप लिएपछि स्थगित भएको मतदान प्रक्रिया दलीय सहमतिपछि सुचारू गरिएको हो । लोकतान्त्रिक गठबन्धनका एक कार्यकर्ताले दुईभन्दा बढी मतदाताको…

२०७४ मंसिर १०, आईतवार १५:४३ गते  
 नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच झडप, एक जना घाइते

रुपाकोट मझुवागडी नपा-१ दिक्तेलस्थित आचार्य गाउँमा नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच मङ्सिर ८ गते राति झडप भएको छ । झडपमा वाम गठबन्धनका कार्यकर्ता गोपाल आचार्य घाइते भएका छन् । घाइते गोपालको नाकमा गहिरो चोट लागेकाले सामुदायिक अस्पताल दिक्तेलमा उपचार भइरहेको वामगठबन्धनले जनाएको छ । दुवै पक्षले मादक पदार्थ सेवन…

२०७४ मंसिर ९, शनिबार ११:२५ गते  
मौन अवधिमा पनि मतदान स्थल वरिपरी हटाइएनन् प्रचार साम्रगी

मौन अवधि सुरू भएर १६ घण्टा बितिसक्दा समेत मतदानस्थल वरिपरीका प्रसार सामग्री नहटाएको पाइएको छ । रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय मतदानस्थल वरिपरी रहेका चुनाव प्रचारका सामग्रीहरू दलका झण्डा, उम्मेदवारको मतदान चिन्ह तथा फोटो अङ्कित पर्चा हटाइएको छैन । त्यस्तै, लामीडाँडा गाउँपालिका-१ विश्वज्योति माध्यमिक विद्यालयको मतदानस्थल वरिपरी रहेका…

२०७४ मंसिर ८, शुक्रबार २०:१४ गते  
आचारसंहिता विपरीत भोट माग्दै वाम गठबन्धन

आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि वाम गठबन्धनका उम्मेदवारहरूले रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलबजारमा को १ च ९३७२ नम्बरको गाडीमाथि साउण्ड सिस्टम राखी चुनावी रेडियो जिङ्गल लाउडस्पिकरमा बजाएर बजारको बाटो आहोरदोहोर गर्दै आचारसंहिता उल्लङ्घन गरेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार बनेका वाम गठबन्धनका विशाल भट्टराई,…

२०७४ मंसिर ६, बुधबार २०:३६ गते  
खोटाङमा राजनीतिक दलहरूद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घन

सदरमुकाम दिक्तेलदेखि जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा प्रमुख राजनीतिक दलहरूले र्सार्वजनिक स्थलमा पोष्टर तथा पर्चा टाँसेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन् । दलहरूले निर्वाचन आचारसंहिता विपरीत राजनीतिक पार्टीका झण्डा र ठूलठूला पोष्टरसमेत प्रकाशन र प्रदर्शन गरिरहेका छन् । निर्वाचन आचारसंहिता २०७२ को तेस्रो संशोधनले यस्तो कार्य गर्न प्रतिबन्ध लगाएको छ…

२०७४ मंसिर ४, सोमबार २१:२० गते  
अनुमति नलिई चुनावी प्रचारप्रसारमा सवारी प्रयोग

आसन्न मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि खोटाङमा दलका उम्मेदवारहरूले अनुमति बिना सवारी साधन प्रयोग गरिरहेका छन् । प्रदेश सभा नौ र प्रतिनिधि सभाका लागि १० ओटा दलले उम्मेदवारी दिए पनि अहिले चारपाङग्रे सवारी चुनावी प्रचारप्रसारका लागि कुनै पनि उम्मेदवारले सवारी अनुमति नलिएको मुख्य निर्वाचन…

२०७४ मंसिर ४, सोमबार २०:५८ गते