बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रतन्छा गाविस-३ का ५१ वर्षीय टिकाराम दमाईविरुद्ध फागुन १५ गते प्रहरीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई फागुन ९ गते बलात्कार गरेको आरोपमा प्रहरीले फागुन १२ गते आरोपितलाई गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएका दमाईविरुद्ध 'जबरजस्ती करणी' महलअन्तर्गतको मुद्दा दर्ता भएको जिल्ला प्रहरी…

February 27, 2017  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाकाचोल गाविस-७ का ३० वर्षीय मीनबहादुर पुरीलाई फागुन ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन-४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई…

February 18, 2017  
विद्यार्थीलाई कुटपिट गरेको घटनाका अाराेपित शिक्षिकाविरुद्ध उजुरी

शङ्खेश्वरी मावि बराहपोखरीमा कक्षा ६ मा अध्ययनरत कौशिला राईलाई फागुन ३ गते बेहेस् हुनेगरी लठ्ठीले कुटपिट गरेको आरोपमा सोही विद्यालयकी शिक्षिका कृष्णकुमारी रेग्मीविरुद्ध पीडित पक्षले फागुन ५ गते जिल्ला शिक्षा कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकासहित सदरमुकाम दिक्तेलमा आएका अभिभावकले आरोपित शिक्षिकालाई कारबाही गर्न माग गर्दै शिक्षा कार्यालयमा निवेदन…

February 17, 2017  
खोटाङमा पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा खोटाङ जिल्लामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व मङ्सिर २७ गते समीक्षा गरिएको छ । कार्याक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार कार्कीले विगतका वर्षहरूमा पनि घटना धेरै हुने गरेता पनि चेतनाको पहुँच नभकाले पीडित न्यायिक निकायसम्म पुग्न नसकी…

December 12, 2016  
कैदीबन्दीलाई ढाका बुन्ने तान र न्यानो कपडा प्रदान

जिल्ला कारागार खोटाङका महिला तथा पुरुष कैदीबन्दीलाई ढाकाका कपडा बुन्ने तान प्रदान गरिएको छ । कारागारका महिला तथा पुरुष कैदीबन्दीले व्यवसायिक रूपमा प्रयोग गर्न पाउने गरी पाँच थान ढाका बुन्ने तान प्रदान गरिएको कारागार प्रशासनले जनाएको छ । सामाजिक कानुनी सहायता केन्द्र दिक्तेलले कारागार अनुगमनका लागि आएको बजेट सङ्ंकलन गरेर…

December 9, 2016  
अखण्ड गाविसको माग गर्दै स्थानीयबासी आन्दोलित

टेम्मा गाविसलाई प्रस्तावित साकेला गाउँपालिकामा गाभिएको भन्दै सदरमुकाम दिक्तेलमा टेम्मा, याम्खा र डाडागाउँबासीले धर्ना दिएका छन् । याम्खा, छितापोखरी, सप्तेश्वर छितापोखरी, ओख्रे डाँडागाउँ, याम्खा, छोरम्बु र टेम्मालगायतका गाविसलाई भूगोलले साथ दिएको टेम्मा गाविसमा उपलब्ध प्राकृतिक स्रोत र साधनहरू सात गाविसले समानुपातिक ढङ्गले सदुपयोग गरिँदै आएका कारण टेम्मा गाविसलाई प्रस्तावित द्रि्रुङ…

December 4, 2016  
ऐतिहासिक नाम हटाएको भन्दै ज्येष्ठ नागरिक आन्दोलित

स्थानीय तह पुनः संरचनाको खाका आयोगमा पठाउने क्रममा दिक्तेल नामले परिचित दिक्तेल नगरपालिकाको नाम हटाएको आरोपमा खोटाङका ज्येष्ठ नागरिक आन्दोलित भएका छन् । परापूर्वकालदेखि परिचित दिक्तेलको नाम हटाएर पुनः संरचना गर्ने नाममा रूपाकोट मझुवागढी नगरपालिका बनाइएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । ऐतिहासिक तथा पुरानो नाम दिक्तेललाई समेटेर दिक्तेल मझुवागढी…

November 27, 2016  
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चिउरीडाँडा गाविस-४, लामिडाँडाका ३५ वर्षीय महेन्द्रबहादुर खत्री विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ५ गते पीडित पक्षले उजुरी दर्ता गरेको छ । घटनालगत्तै फरार आरोपितको खोजी भइरहेको प्रहरीले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल दिक्तेलमा मङ्सिर ६ गते भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका…

November 21, 2016  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

एक १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाराहापोखरी गाविस-२ का २० वर्षीय बाबुराम थापालाई कात्तिक २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई कात्तिक २३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले कात्तिक २४ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएको थियो । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई…

November 10, 2016  
भ्रुण हत्या घटनाका आरोपित गिरफ्तार

बाझेच्यानडाँडा–२ की ४३ वर्षीया लक्ष्मी विश्वकर्मालाई कुटपिट गरी पाँच महिनाको भ्रुण हत्या गरेको आरोपमा सोही ठाउँका २२ वर्षीय यामकुमार विकलाई प्रहरीले गिरफ्तार गरेको छ । यामकुमार विश्वकर्मा र पीडित महिलाका ४३ वर्षीय पति सन्ते विश्वकर्माबिच असोज २४ गते भएको झगडालाई छुट्याउने क्रममा यामकुमारको प्रहारबाट घाइते भएको पीडित महिलाले आरोप लगाइन्…

October 20, 2016