बराहापोखरी र ऐसेलुखर्कमा इञ्जिनियर नजाँदा भूकम्प पीडित मारमा

भूकम्प गएको लामो समय बितिसक्दा पनि खोटाङको दुई स्थानीय तहमा अहिलेसम्म पनि इञ्जिनियर पुगेका छैनन् । जिल्लाका अन्य स्थानीय तहमा दोस्रो किस्ता बापतको रकम वितरण गर्न थालिसक्दा पनि बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकामा अहिलेसम्म इञ्जिनियर नपुगेका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दुई महिनाअघि इञ्जिनियर खटाए पनि विभिन्न बहाना देखाएर आउन नमानेको…

२०७५ जेष्ठ २८, सोमबार २१:५५ गते  
यौन दुर्व्यव्यहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रामेछाप जिल्ला लिखु गाउँपालिका-२ घर भई हाल रावाबेंशी गाउँपालिका-६ दुधकोशी हाईड्रोपावरमा कार्यारत ३२ वर्षीय चिनकाजी बर्देवा (दमाई) विरुद्ध पीडित पक्षले जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले जेठ १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला…

२०७५ जेष्ठ २८, सोमबार २१:५३ गते  
‘विप्लव’ नेतृत्वको नेकपामा आस्था राखेको आरोपमा शिक्षक गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपायुनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई जेठ २४ गते गिरफ्तार गरिएको छ । माओवादीमा संलग्न भएर भूमिगत गतिविधि गरेको आरोप लगाउँदै ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भई देउराली मावि रावाबेँसी गाउँपालिका डुम्रेधारापानीका शिक्षक ५२ वर्षीय जीवन राई, डुम्रेधारापानीका ५४ वर्षीय चुडाबहादुर मगर र ५१ वर्षीय ऋषिराम बिकलाई…

२०७५ जेष्ठ २५, शुक्रबार २१:२५ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिनाको कैद फैसला

२९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा ऐँसेलुखर्क गाँउपालिका–५ का ४३ वर्षीय खेमराज वनलाई जिल्ला अदालतले जेठ २३ गते २ वर्ष ६ महिनाको कैद फैसला सुनाएको छ । न्यायाधीश किशोर घिमिरेको एकल इजलासले सो फैसला सुनाएको जिल्ला अदालत २ नम्बर फाँटका नायब सुब्बा मनकुमार राईले बताए । पीडित पक्षले ०७४…

२०७५ जेष्ठ २४, बिहीबार ०६:१४ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा २ वर्ष ६ महिनाको कैद फैसला

२९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा ऐँसेलुखर्क गाँउपालिका-५ का ४३ वर्षीय खेमराज वनलाई जिल्ला अदालतले जेठ २३ गते २ वर्ष ६ महिनाको कैद फैसला सुनाएको छ । न्यायाधीश किशोर घिमिरेको एकल इजलासले सो फैसला सुनाएको जिल्ला अदालत २ नम्बर फाँटका नायब सुब्बा मनकुमार राईले बताए । पीडित पक्षले ०७४…

२०७५ जेष्ठ २३, बुधबार २१:२८ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले वैशाख ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…

२०७५ जेष्ठ ७, सोमबार २०:४७ गते  
न्यायिक समितिलाई न्याय सम्पादनमा समस्या

स्थानीय तह कार्यान्वायनमा आएसँगै न्यायिक समिति संयोजकको जिम्मेवारी पाएका गाउँपालिका तथा नगरपालिकाकाका उपाध्यक्ष एवम् उपप्रमुखहरू अन्यौलताकै बिचबाट कार्य सम्पादन गरिरहेका छन् । आफू न्यायिक क्षेत्रबाट नआएको र स्थानीय विकास मन्त्रालयले पनि हालसम्म कुनै तालिमको व्यवस्था नगरेको कारण अन्यौलतामै न्याय सम्पादन गर्नुपर्ने अवस्था आएको उपप्रमुख तथा उपाध्यक्षहरूको गुनासो छ । कानुनको…

२०७५ बैशाख २३, आईतवार २१:४७ गते  
खानेपानीको अभावले बसाईसराई बढ्दै

खानेपानीको चरम अभाव भएसँगै खोटेहाङ गाउँपालिका-८ सिम्पानीका स्थानीय दुई वर्षयता निरन्तर बसाई सर्न बाध्य भएका छन् । विगत दुई वर्षयता साविकको-३ नम्बर वडा बर्रेमा पानीको मुहान सुक्न थालेपछि हालसम्म १५ घरधुरी  बसाई सरी अन्यत्र गएका छन् । स्थानीय जिमाहा धाराको मुहान खडेरीले सुकेपछि घण्टौँ हिडेर पिउने पानीको समस्या झेल्दै आएका…

२०७५ बैशाख २२, शनिबार २१:५३ गते  
भूकम्प गएको तीन वर्ष बित्दासमेत पीडित पालमुनी नै !

विनाशकारी भूकम्प गएको तीन वर्ष बित्दासमेत भूकम्प पीडित पालमुनी नै जीवन गुजार्न बाध्य भएका छन् । ०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प र त्यसपछि पटकपटक गएको पराकम्पनले खोटाङमा ठूलो क्षति भएको छ । भूकम्पमा झण्डै ९ हजार नागरिकले ज्यान गुमाएका थिए भने हजारौँ घाइते भएका…

२०७५ बैशाख १५, शनिबार २०:५१ गते  
अज्ञात समूहद्वारा प्रधानाध्यापकलाई धम्की

अज्ञात समूहद्वारा हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटार माविका प्रधानाध्यापक दानकुमार राईको जागिर खाने धम्की दिएका छन् । वैशाख १२ गते राति विद्यालयको प्रशासन कक्षको झ्याल फोरेर कोठामा प्रवेश गरी कक्षा ७ र ८ को 'रिजल्ट सिट' सहित अन्य कागजात च्यातेर नष्ट पारेको प्रधानाध्यापक राईले बताए । सो समूहले प्रधानाध्यापकको टेबलमा रहेको…

२०७५ बैशाख १३, बिहीबार २१:११ गते