खोरभित्र बन्धक बनाईएकी महिलाको गाँउपालिकाद्वारा उद्दार

मानसिक सन्तुलन गुमाएपछि डेढ वर्षयता काठ र तारजालीको खोरमा बन्धक बनाई राखिएकी द्रि्रुङ चुईचुम्मा गाँउपालिका-६ की ३३ वर्षीया रमिला तामाङलाई गाँउपालिकाले पुस ३ गते उद्घार गरेको छ । ०७४ असार १४ गतेदेखि बन्धक बनाईएकी पीडितलाई उद्घार गरे लगत्तै गाँउपालिकाले पति मणिकुमार तामाङको साथ लगाएर उपचारका लागि काठमाडौँ पठाएको गाँउपालिकाका प्रमुख…

२०७५ पुष ४, बुधबार १४:५० गते  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१९ का लागि सङ्कलित घटनाहरूको समीक्षा गरेको छ । जिल्ला समन्वय समितिको सभा हलमा मङ्सिर ४ गते आयोजित कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सङ्कलन गरेका घटनाहरूको समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख बवी चाम्लिङ्ग, जिल्ला प्रहरी कार्यालयका…

२०७५ मंसिर ५, बुधबार १५:४७ गते  
जिल्ला कारागारमा समस्यै–समस्या

जिल्ला कारागार खोटाङमा समस्यै–समस्या पाइएको छ । खोटाङका जनप्रतिनिधिहरू प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले कारागार निरीक्षण गर्दा समस्यै–समस्या पाइएको बताएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल र सुरक्षा निकायका प्रमुख सहित कारागार पुगेका जनप्रतिनिधिका अनुसार नयाँ कारागार निर्देशिका…

२०७५ मंसिर १, शनिबार २०:४९ गते  
बलात्कार प्रयास घटनाका फरार दोषी दुई वर्षपछि गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनामा सजाय सुनाइएका फरार दोषी हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका टयनकुमार राईलाई प्रहरीले दुई वर्षपछि गिरफ्तार गरेको छ । पीडित महिलालाई राईले ०७३ भदौ १ गते बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत खोटाङले ०७३ कार्तिक २९ गते २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो…

२०७५ भाद्र ९, शनिबार ११:४४ गते  
महिला बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता र बोल्न नसक्ने ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–६ थालेचौरका ६१ वर्षीय हर्कबहादुर बिकलाई साउन १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले १६ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले…

२०७५ श्रावण १९, शनिबार ०४:४४ गते  
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्वको अर्धवार्षिक समीक्षा सम्पन्न

इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्याक्रम असार १ गते दिक्तेलमा सम्पन्न गरिएको छ । इन्सेक खोटाङको आयोजनामा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सुनिता मगरले सन् २०१८ को जनवरीदेखि जुन १५ सम्म सङ्कलन गरिएका २९ वटा  घटनाहरूको प्रतिवेदन प्रस्तुत…

२०७५ असार २, शनिबार २१:४५ गते  
बलात्कार गरेको कसुरमा पाँच वर्षको कैद फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हलेसी तुवाचुङ नगरपालिका-७ का ५६ वर्षीय इवे विश्वकर्मालाई खोटाङ जिल्ला अदालतले जेठ २८ गते पाँच वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश किशोर घिमिरेको इजालसले पुर्पक्षमा रहेका आरोपितलाई सो फैलसा सुनाएको जिल्ला अदालतका श्रेस्तेदार प्रदिपकुमार उपाध्यायले जानकारी दिए । आरोपितले ०७४ साउन २८ गते…

२०७५ जेष्ठ २९, मंगलवार १४:४४ गते  
बराहापोखरी र ऐसेलुखर्कमा इञ्जिनियर नजाँदा भूकम्प पीडित मारमा

भूकम्प गएको लामो समय बितिसक्दा पनि खोटाङको दुई स्थानीय तहमा अहिलेसम्म पनि इञ्जिनियर पुगेका छैनन् । जिल्लाका अन्य स्थानीय तहमा दोस्रो किस्ता बापतको रकम वितरण गर्न थालिसक्दा पनि बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकामा अहिलेसम्म इञ्जिनियर नपुगेका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दुई महिनाअघि इञ्जिनियर खटाए पनि विभिन्न बहाना देखाएर आउन नमानेको…

२०७५ जेष्ठ २८, सोमबार २१:५५ गते  
यौन दुर्व्यव्यहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा रामेछाप जिल्ला लिखु गाउँपालिका-२ घर भई हाल रावाबेंशी गाउँपालिका-६ दुधकोशी हाईड्रोपावरमा कार्यारत ३२ वर्षीय चिनकाजी बर्देवा (दमाई) विरुद्ध पीडित पक्षले जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले जेठ १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जिल्ला…

२०७५ जेष्ठ २८, सोमबार २१:५३ गते  
‘विप्लव’ नेतृत्वको नेकपामा आस्था राखेको आरोपमा शिक्षक गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपायुनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई जेठ २४ गते गिरफ्तार गरिएको छ । माओवादीमा संलग्न भएर भूमिगत गतिविधि गरेको आरोप लगाउँदै ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे घर भई देउराली मावि रावाबेँसी गाउँपालिका डुम्रेधारापानीका शिक्षक ५२ वर्षीय जीवन राई, डुम्रेधारापानीका ५४ वर्षीय चुडाबहादुर मगर र ५१ वर्षीय ऋषिराम बिकलाई…

२०७५ जेष्ठ २५, शुक्रबार २१:२५ गते