महिला हिंसाविरूद्धको १६ दिवसीय कार्यक्रम सम्पन्न
“जीवन मर्यादा, समानता र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्धिको आधार सभ्य समाजको पहिचान” नाराका साथ लैङ्गिक हिसांविरूदको १६ दिवसीय अभियान जिल्लामा मनाइएको छ । १६ दिवसीय अभियानको सन्दर्भमा मङ्सिर २१ गते इन्सेकलगायत विभिन्न सङ्घसंस्थाको आयोजनामा जिल्लामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेक, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार…
काका हत्या आरोपमा भतिज गिरफ्तार
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाबुँ भञ्याङका ५९ वर्षीय मानबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय भतिज पथ्थरमान राईलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले काकालाई कात्तिक १२ गते घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताउनु भयो ।…
हिरासतमा मृत्यु घटनामा दोषीलाई कारबाही नभएको भन्दै आयोगको ध्यानाकर्षण
दिक्तेल रूपाकोट मझुवागढी–१० का १८ वर्षीय ‘भुदेउ’ भनिने किरण राईको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै पीडितका आफन्तले साउन ८ गते राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएका छन् । प्रहरी हिरासतमा यातनाका कारण मारिएका छोरा हत्याका दोषीलाई कारबाही नभएको भन्दै साउन ८ गते राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङमा ध्यानाकर्षण…
यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले खोटेहाङ गाउँपालिका–३ काहुलेका २२ वर्षीय दिवाहाङ भनिने देव वान्तवा राईविरूद्ध साउन १० गते प्रहरीमा उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको र अन्तिम पटक साउन १० गते यौन दुर्व्यवहार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाकी…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा…
प्रधानाध्यापकले कुटपिट गरेको शिक्षिकाको आरोप
दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित सारक्षरता आधारभूत विद्यालयमा कार्यरत शिक्षिका ४४ वर्षीया गोमा कार्कीले सोही विद्यालयकी ४६ वर्षीया प्रधानाध्यापक लक्ष्मी पौडेलले असार ३ गते कुटपिट गरेको आरोप लगाउनु भएको छ । विद्यालयको १ लाख ३२ हजार ९ सय ३१ रुपियाँको हिसाबकिताब खोजेको भन्दै प्रधानाध्यापक पौडेलले आफूलाई पानी पेटमा लात्ती हानेको पीडित…
अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द(इन्सेक) खोटाङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच असार ३ गते अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि जिल्लामा इन्सेकले सन् २०२२ जनवरीदेखि जुन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वराहपोखरी गाउँपालिका–१ का ६१ वर्षीय लाल थापामागर लाई असार १ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारका ३० वर्षीय भुवनकुमार प्रधानलाई जेठ १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ १३ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरी लगत्तै फरार भएका…
पत्रकारको शङ्कास्पद मृत्यु, छानविनका लागि समिति गठन
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय पत्रकार मणिराज दाहालको जेठ १३ गते शङ्कास्पद अवस्थामा लास फेला परेपछि छानविनका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ६ सदस्यीय छानविन समिति गठन गरिएको छ । दिक्तेल हाटडाँडास्थित क्षितिज बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्थाको कार्यालय रहेको घरमा शङ्कास्पद अवस्थामा दाहालको लास फेला परेपछि…