प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप

घाँटीमा निलडाम देखिएपछि हत्या गरेको आशङ्कामा आरोपितविरूद्ध प्रहरीमा किटानी उजुरी दिएपनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षले आरोप लगाएको छ । सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय पृथ्वीबहादुर बाँनियाको भदौ ४ गते शङ्कास्पद मृत्यु भएपछि स्थानीय कुमार वाग्लेका विरूद्ध दिएको किटानी उजुरी प्रहरीले दर्ता नगरेको मृतककी पत्नी पम्फा बाँनियाले असोज ७…

September 25, 2019  
गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोप

सिद्धिचरण नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत विद्यार्थी विनिता कार्कीलाई गृहकार्य नगरेको भन्दै शिक्षक चम्मु फुयलले असोज २ गते कुटपिट गरेका कारण नातिनी बिरामी परेको उनका हजुरबुबा दलबहादुर कार्कीले बताए । कुटपिटकै कारण आफ्नी नातिनी विनिता कार्की बिरामी परी सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचार भइरहेको कार्कीले बताए ।…

September 21, 2019  
परीक्षा केन्द्रको पूर्ण सूचना नदिएको आरोप, प्रधानाध्यापक र लेखापाल कार्यकक्षमा नै थुनिए

भदौ २२ गते सञ्चालन भएको कक्षा १२ को ग्रेड बृद्धि (मौका परीक्षा) परीक्षाको परीक्षा केन्द्रको पूर्ण सूचना नदिएको आरोपमा सिद्धचिरण नगरपालिका-१० मा रहेको पुण्यमाता माध्यमिक विद्यालयका प्रधानाध्यापक खडानन्द खतिवडा र लेखापाल नरेन्द्र धमलालाई विद्यार्थीहरूले भदौ २३ गते कार्यकक्षमा ६ घण्टा थुनेका छन् । पीडितद्वयलाई प्रहरीले उद्दार गरेको जिल्ला प्रहरी कार्यालयका…

September 10, 2019  
कर्मचारीलाई धम्क्याएको र सहकर्मी वडाध्यक्षलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

गाउँपालिकाका कर्मचारीलाई धम्याउँदै चम्पादेवी गाउँपालिकाको कार्यालयमै सोही गाउँपालिका–७ का वडा अध्यक्ष ३६ वर्षीय सुरेश थापालाई कुटपिट गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–८ का वडा अध्यक्ष अजय लुइटेललाई भदौ २२ गते गिरफ्तार गरेको छ । सार्वजनिक शान्ति विरूद्धको कसुरमा आरोपितविरूद्ध मुद्दा दर्ता भएकाले उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका डिएसपी पुष्पराज…

September 8, 2019  
स्वच्छ खानेपानी नपाएको उपभोक्ताको गुनासो

संविधानको मौलिक हक अन्तर्गत धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारामा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँचको हक हुनेछ भनी उल्लेख गरिएको छ । तर, सिद्धिचरण नगरपालिका–११ र १२ का उपभोक्ताहरूको स्वच्छ खानेपानी नपाएको गुनासो छ । सदरमुकाम बजारक्षेत्रमा वितरण गरिएको खानेपानी पानी प्रदुषित…

September 7, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १८ वर्षीय मामालाई भदौ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर राजीव श्रेष्ठले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा…

August 24, 2019  
स्थानीय सरकार र नागरिक समाजबीचको सहकार्य प्रभावकारी बनाउनु पर्नेमा जोड

नागरिक समाजका अगुवाहरूले स्थानीय सरकार र नागरिक समाजका बीचमा सहकार्य कमजोर रहेको औँल्याएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सदरमुकाम ओखलढुङ्गामा आयोजना गरेको नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौती विषयक छलफल कार्यक्रममा नागरिक संस्थाका अगुवा तथा सञ्चारकर्मीहरूले स्थानीय सरकारले सहकार्यमा चासो नदिएको गुनासो गरे ।…

August 15, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला सप्तरी स्थायी घर भई अस्थायी प्रहरी चौकी श्रीपुरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादवलाई साउन २३ गते गिरफ्तार गरेको छ ।   पीडित युवतीलाई आरोपितले पटकपटक बलात्कार गर्दै आएको र अन्तिम पटक साउन २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन २३ गते…

August 9, 2019  
कार्यालयमै हातपात गरेको आरोपमा वडाध्यक्षविरूद्ध प्रहरीमा उजुरी

चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष ३७ वर्षीय सुरेश थापालाई गाउँपालिकाको कार्यालयमा काम गरिरहेको अवस्थामा मादक पदार्थ सेवन गरेर हातपात गरेको आरोपमा चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष ४३ वर्षीय अजय लुइटेलविरूद्ध जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा पीडित पक्षले उजुरी दिएको छ । अध्यक्ष थापासहित गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम भगत र सुब्बा ईश्वर ढुङ्गानालाई…

July 19, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा चिसङ्खुगढी गाउँपालिका–६ भदौरेका ६५ वर्षीय अम्मरबहादुर राना मगरलाई प्रहरीले साउन १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १ गते घरमा कोही नभएको मौका छोपी बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन जिल्ला प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर राजीव…

July 18, 2019