आर्थिक अनुशासन र नीतिगत सुधार गर्छौंः जनप्रतिनिधि
आर्थिक अनुशासन र नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्ने जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् । जिल्ला पैरवी सञ्जाल, सोच नेपाल र इन्सेकको आयोजनामा भएको आर्थिक सुशासन र मानसिक स्वास्थ्यमा हाम्रो भूमिका विषयक साझा सभामा यस्तो प्रतिबद्धता जनाएका हुन् । जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा सङ्घीय प्रतिनिधि सभाका सांसद यज्ञराज…
६३ जना कैदीबन्दीका लागि एउटा धारो, दिन बिराएर आउने पानी अपुग
जिल्ला कारागार ओखलढुङ्गामा पानीको अभाव हुँदा समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा कैदीबन्दीलाई खानेपानीसहित दैनिकीका लागि आवश्यक पानीको अभाव छ । क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राखिएको कारागारमा खानेपानी र शौचालयको समस्या रहेको कारागारका नाइके नवराज बस्नेतले बताए । कैदीबन्दीलाई पिउन र अन्य कार्यका लागि आवश्यक पानी नहुँदा…
ज्येष्ठ नागरिकसम्बन्धी ऐन कार्यन्वयन नहुँदा सुविधाबाट वञ्चित
ज्येष्ठ नागरिकसम्बन्धी ऐन (संसोधनसहित) २०७५ कार्यन्वयन नहुँदा ओखलढुङ्गाका ज्येष्ठ नागरिक सार्वजनिक निकायबाट प्रवाह गरिने सेवा सुविधाबाट वञ्चित भएका छन् । सरकारले ज्येष्ठ नागरिकलाई विषेश वर्गमा राखेर सेवा सुविधान दिन ल्याएको ऐन कार्यन्वयन नहुँदा उनीहरू सेवाबाट वञ्चित भएका हुन् । ऐनमा सार्वजनिक यातायात, स्वास्थ्य संस्थामा छुट दिनेदेखि स्थानीय तहमा समिति बनाएर…
मानसिक स्वास्थ्य पीडित निःशुल्क औषधि सेवनबाट वञ्चित
स्थानीय तहले मानसिक स्वास्थ्य पीडितका लागि औषधि माग तथा खरिद नगर्दा मानसिक रोगको औषधि सेवन गरिरहेका बिरामी निःशुल्क औषधि सेवनबाट वञ्चित हुनु परेको छ । जनस्वास्थ्य कार्यालय र स्थानीय तहमा रहेका स्वास्थ्य शाखाहरूले मानसिक रोगीहरूले सेवन गर्ने औषधि माग नगर्दा यस्तो समस्या भएको हो । औषधि माग नगरेपछि बिरामीले पाउने…
अस्पतालमा उपकरण र जनशक्ति अभाव हुँदा उपचारबाट वञ्चित
जिल्लाको सरकारी अस्पताल रुम्जाटार अस्पतालमा उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण र जनशक्ति अभाव हुँदा सर्वसाधारण उपचारबाट वञ्चित भएका छन् । अस्पतालमा सुविधासम्पन्न भवन भए पनि शल्यक्रियाका लागि आवश्यक उपकरण तथा विशेषज्ञ डाक्टर छैनन् । जनशक्ति र उपकरण अभाव हुँदा अस्पतालमा सामान्य चेकजाँच तथा औषधि वितरणको मात्रै सेवा सुचारु छ ।…
न्यूनतम पारिश्रमिक नपाएको गुनासो
नेपाल सरकारले ०६९ जेठ ९ मा राजपत्रमा प्रकाशन गरेको न्यूनतम पारिश्रमिक नपाएको ओखलढुङ्गामा कार्यरत यातायात मजदुर (कर्मचारी) हरूले गुनासो गरेका छन् । जिल्लामा सञ्चालित चार ओटा यातायात कम्पनीमा कार्यरत १२ जनाभन्दा बढी कर्मचारीहरूले राज्यले तोकेको पारिश्रमिक नपाएको गुनासो गरेका हुन् । असोज ३० गते एवानसिटी भिलेज यातायात प्रालिमा कार्यरत युवराज…
वडा अध्यक्षमाथि आक्रमण
चिसङ्खुगढी गाउँपालिका–२ का वडा अध्यक्ष नरेन्द्र बस्नेतमाथि असोज ११ गते राति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला कमिटीका सचिवालय सदस्य अशोककुमार थापाले आक्रमणमा गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । खाना खानसँगै बसेको अवस्थामा पार्टीको आन्तरिक विवादको विषयलाई लिएर थापाले वडा अध्यक्ष बस्नेतमाथि सिसाको ग्लास प्रहार गरी घाइते बनाएका…
स्थानीय तहले खर्च विवरण नबुझाउँदा आठ महिनादेखि सामाजिक सुरक्षा भत्ता रोकियो
ओखलढुङ्गाका स्थानीय तहले आर्थिक वर्ष ०७५/०७६ को खर्च विवरण असार मसान्तसम्ममा नबुझाएपछि चालु आर्थिक वर्षको सामाजिक सुरक्षा भत्तालगायत अन्य विकास निर्माणका काममा खर्च भएको बजेट निकासा रोकिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका)लाई असार मसान्तसम्म भएको खर्चको विवरण नबुझाएका कारण कोलेनिकाले रकम निकासा रोकी दिँदा लक्षित वर्गले पाउने…
प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप
घाँटीमा निलडाम देखिएपछि हत्या गरेको आशङ्कामा आरोपितविरूद्ध प्रहरीमा किटानी उजुरी दिएपनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षले आरोप लगाएको छ । सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय पृथ्वीबहादुर बाँनियाको भदौ ४ गते शङ्कास्पद मृत्यु भएपछि स्थानीय कुमार वाग्लेका विरूद्ध दिएको किटानी उजुरी प्रहरीले दर्ता नगरेको मृतककी पत्नी पम्फा बाँनियाले असोज ७…
गृहकार्य नगरेको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोप
सिद्धिचरण नगरपालिका–२ स्थित हिमालय माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत विद्यार्थी विनिता कार्कीलाई गृहकार्य नगरेको भन्दै शिक्षक चम्मु फुयलले असोज २ गते कुटपिट गरेका कारण नातिनी बिरामी परेको उनका हजुरबुबा दलबहादुर कार्कीले बताए । कुटपिटकै कारण आफ्नी नातिनी विनिता कार्की बिरामी परी सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचार भइरहेको कार्कीले बताए ।…