पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
चिशंखुगढी गाउँपालिका–४ की ३४ वर्षीया लाक्पा पुटी शेर्पालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति प्रेम नुरी शेर्पालाई साउन १० गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले साउन ७ गते मरणासन्न हुने गरी कुटपिट गरेको र पत्नी बारीबाट फर्कने क्रममा भिरबाट लडी घाइते भएको भनि ओखलढुङ्गा…
अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन हुने ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३’ को लागि सन् २०२२ को जनवरीदेखि जुन १५ सम्म जिल्लामा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३ गते ओखलढुङ्गामा सम्पन्न गरिएको छ । जिल्लामा सन् २०२२ को प्रथम ६…
सार्वजनिक सेवा प्राप्तिमा अपाङ्गता भएकाहरूलाई समस्या भएको गुनासो
सार्वजनिक सेवा प्रवाह गर्ने निकायका भौतिक संरचना अपाङ्गतामैत्री नभएको भन्दै सार्वजनिक सेवा प्राप्तिमा समस्या हुने गरेको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । असार ३ गते जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिका विषयमा आयोजित अन्तरक्रियामा अपाङ्गता भएका व्यक्तिहरूले सङ्घीय सरकारसहित तीन ओटै सरकारका सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा भवनहरू अपाङ्गमैत्री…
बलात्कार घटना आरोपमा प्रधानाध्यापकसहित चार जना गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुयाँलसहित स्थानीय तीन जनालाई गिरफ्तार गरेको छ । नारायणस्थान माविमा कक्षा ८ मा अध्ययनरत बालिकालाई आरोपितहरूले पटकपटक बलात्कार गरेको र अन्तिम पटक ०७९ जेठ २० गते बलात्कार गरेको आरोपमा प्रअसहित सिद्धिचरण नगरपालिका–३ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोलुङ गाउँपालिका–५ का ४४ वर्षीय तारानाथ पोखरेललाई जेठ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय बरूणेश्वरमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ्ग गाउँपालिका–५ धिम्लेका २७ वर्षीय टङ्कराज राई(रिदम) लाई जेठ ८ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ ८ गते बलात्कार गरी मरणासन्न हुने गरी कुटपिट गरेको गिरफ्तारपछि अनुसन्धानका क्रममा खुलेको डिएसपी सुकदेव खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । जेठ…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको छ । चिशंखुगढी गाउँपालिका–३ का वडाध्यक्ष पदका उम्मेदवारको मत परिणाम बराबर आएपछि पुनः गणना गर्ने क्रममा कांग्रेसका कार्यकर्ता राजकुमारले दुई…
मौन अवधिमा आचारसंहिता उल्लङ्घन गरेको आरोपमा मेयर पदका उम्मेदवारविरूद्ध उजुरी
वैशाख २७ गते मध्य रातिदेखि लागू भएको मौन अवधिमा सिद्धिचरण नगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवारी दिनु भएका तेजेन्द्र खनालले मौन अवधिमा कार्यकर्ता भेला तथा अन्तरक्रिया गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन…
उम्मेदवारविरूद्ध पक्राउ पूर्जी जारी
लिखु गाउँपालिकामा स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएका मिलनकुमार विष्ट (मनिष) विरूद्ध पक्राउ पूर्जी जारी गरिएको छ । विष्टविरूद्ध भक्तपुर जिल्ला अदालतले बैकिङ्क कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा पक्राउ पूर्जी जारी भएर प्राप्त भएको जिल्ला प्रहरी काार्यालयका डिएसपी सुकदेव खनालले…
बैङ्किक प्रणालीमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण, भत्ता लिन सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो
मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरकी ७७ वर्षीया चन्द्रकुमारी बस्नेत गोडा दुख्ने समस्याले राम्रोसँग हिँड्डुल गर्न सक्नुहुन्न । तर, उहाँलाई सरकारले प्रदान गर्ने वृद्धा भत्ता लिन बैङ्कसम्म पुग्नै पर्ने बाध्यता छ । ‘सँधै गाडी पाइँदैन, हिँडेर जान गोडा दुखेर मर्नु हुन्छ । गाडी मै जाँदा पनि निकै गाहृो हुन्छ, के गर्नु सरकारले के…