कोभिड–१९ विरूद्धको खोप माग गर्दै इन्सेकसहित अधिकारकर्मीद्वारा सरकारलाई ध्यानाकर्षण–पत्र
कोभिड–१९ विरूद्धको खोप सबै जिल्लावासीले समयमा पाउनु पर्ने माग गर्दै इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरूले साउन ४ गते नेपाल सरकारलाई ध्यानाकर्षण–पत्र पठाएका छन् । इन्सेकसहित पैरवी सञ्जाल ओखलढुङ्गाले प्रमुख जिल्ला अधिकारी बन्दना राईमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई समयमै जिल्लावासीका लागि कोभिड–१९ विरूद्धको खोप व्यवस्थापन गर्नका लागि ध्यानाकर्षण–पत्र पठाएको गैर सरकारी संस्था…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार ३१ गते सरोकारवालाबिच समीक्षा कार्यक्रम गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच पूर्व समीक्षा गरिएको छ । समीक्षा…
भूकम्पको ६ वर्ष : प्रदेश १ मा विद्यालय भवन र स्वास्थ्य संस्था पुननिर्माणको बास्तविकता
०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको ०८७ वैशाख १२ गते ६ वर्ष पुरा भएको छ । यो अवधिमा निजी आवास पुनर्निर्माणमा ९३ प्रतिशत प्रगति भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । वैशाख १२ गते गएको विनाशकारी भूकम्प र वैशाख २९ गएको दोस्रो ठूलो पराकम्पनबाट भत्किएका नौ प्रतिशत घरहरूको अझै पुनर्निर्माण…
नागरिक समाज र सञ्चार क्षेत्रबीच पैरवीका साझा मुद्दा पहिचान गरिने
ओखलढुङ्गाका नागरिक समाजका संस्था र पत्रकारहरूबीच पैरवीका साझा मुद्दा तयार गर्ने विषयमा मङ्सिर २९ गते छलफल भएको छ । साझा मुद्दाको पहिचान र बुझाइमा एकरूपता कायम नहुँदा आपसी असझदारी देखिएको सरोकारवालाको बुझाइ छ । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत इन्सेकले ओखलढुङ्गामा आयोजना गरेको ‘विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य’…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले चम्पादेवी गाउँपालिका–२ का २९ वर्षीय वीरबहादुर मगरलाई मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७६ फागुन २८ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते…
आफ्ना मुद्दा स्थानीय सरकारले उपेक्षा गरेको द्वन्द्वपीडितको गुनासो
स्थानीय सरकारले आफ्ना सवाल सम्बोधन गर्न कुनै नीति तथा कार्यक्रम नल्याएको ओखलढुङ्गाका द्वन्द्वपीडितले गुनासो गरेका छन् । शसस्त्र द्वन्द्व विधिवत् अन्त्य भएको १४ वर्ष बिते पनि पीडितले न्याय र उचित क्षतिपूर्ति पाउन नसकेको द्वन्द्व पीतिहरूको गुनासो छ । सङ्घीय सरकारले यसअघि मृतक, बेपत्ता, गम्भीर घाइते र विस्थापितहरूलाई राहत तथा उपचार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ्ग गाउँपालिका– ३ का २२ वर्षीय सुशिल सार्कीलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका…
अधिकारबाट वञ्चित भएको उपभोक्ताको गुनासो
ओखलढुङ्गाका उपभोक्ताहरूले अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन् । स्थानीय तहका हाटबजारमा अनुगमन तथा सुपरीवेक्षण नहुँदा उपभोक्ताको स्वच्छ वस्तुको उचित मूल्यमा खरिद गर्न तथा उपभोग गर्न पाउने अधिकार हनन् भएको उनीहरूको गुनासो छ । बजारमा उपभोग्य वस्तुमा मनपरी मूल्य लिने, म्याद सकिएका अखाद्य वस्तु विक्रि वितरण गर्ने लगायतका कार्य भइरहे…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका – ३ का वडाध्यक्ष मेडल राईलाई असोज १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १६ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । घटनापछि आरोपितले मिलापत्रका लागि…
स्थानीय तहका क्वारेन्टाइन मापदण्ड विपरीत
कोरोना भाइरसबाट सङ्क्रमण हुन सक्ने अनुमान गरिएका व्यक्तिलाई राख्न बनाईएका जिल्लाका अधिकांश क्वारेन्टाइन मापदण्ड विपरीत रहेको पाइएको छ । स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीत रहेको पाइएको हो । इन्सेक ओखलढुङ्गाले चैत २० गते गरेको अनुगमनमा क्वारेन्टाइनमा आवश्यक सामग्री…