विकासका लागि नागरिक समाज र सञ्चार जगतबिच सहकार्य आवश्यक

विकास र समृद्धिका लागि नागरिक समाज र सञ्चार जगतबिचमा प्रभावकारी समन्वय र सहकार्य आवश्यक भएको सरोकारवालाहरूले बताएका छन् । पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत इन्सेकले ओखलढुङ्गामा आयोजना गरेको विकासका लागि नागरिक समाज र सञ्चारजगतबिच सहकार्य विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्याक्रमका सहभागीहरूले नागरिक समाजका संस्थाहरू र स्थानीय सरकारका कामका बारेमा सञ्चारमाध्यमले अध्ययन गरेर…

२०७४ पुष १५, शनिबार २०:५९ गते  
चम्पादेवी गाउँपालिकाका प्रमुखद्वारा प्राविधिकमाथि हातपात

चम्पादेवी गाउँपालिकाका ४५ वर्षीय प्राविधिक मिनबहादुर कार्कीलाई सोही गाउँपालिकाका प्रमुख नवराज केसीले पुस १३ गते कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । केसीको कुटाईबाट सोही गाँउपालिकाको पलापु, कालिका हेर्ने प्राविधिक सहायक कार्की घाइते भएका छन् । घटना कुटपिटबाट घाइते कार्कीको अनुहार र शरीरमा चोट लागेको चम्पादेवी गाउँपालिका वडा नं. ७ …

२०७४ पुष १५, शनिबार २०:५२ गते  
काङ्ग्रेस-वाम गठबन्धन झडपमा झडपमा तीन जना घाइते

नेपाली काङ्ग्रेस र वाम गठबन्धनका कार्यकर्ताबिच मङ्सिर ६ गते राति चम्पादेवी गाउँपालिका-९ विलन्दुमा दोहोरो झडप भएको छ । झडपमा परी काङ्ग्रेसका दुई र एमालेका एक जना कार्यकर्ता जना कार्यकर्ता घाईते भएका छन् । जिल्लाको चम्पदेबी गाउपाँलिका ९ बिलन्दुमा मङ्सिर ६ गते राति झडप हुँदा नेपाली काङ्ग्रेसका कार्यकर्ता उत्तम कार्की र…

२०७४ मंसिर ७, बिहीबार २०:४८ गते  
आचारसंहिता विपरीत सार्वजनिक स्थलमा प्रचार सामग्री राखेर चुनाव प्रचार

नेपाली काङ्ग्रेसले मोलुङ गाउँपालिका-२ रामपुरमा रहेको शशित स्मृति भवन तथा पार्कका आफ्ना प्रचार सामग्री राखेर आचारसंहित उल्लङ्घन गरेको छ । मङ्सिर ६ गते काङ्ग्रेसका महामन्त्री सशाङ्क कोइरालाले सम्बोधन गर्ने कार्यक्रम समेत सोही स्थानमा राखिएको छ । सावर्जनिक भवन तथा शहिद पार्कमा सभा आयोजना गरिएको हो । सार्वजनिक सम्पदामा चुनावी प्रचार…

२०७४ मंसिर ६, बुधबार २०:३७ गते  
'नागरिक समाज र स्थानीय सरकारबिच सहकार्यबाटै समृद्धि'-सरोकारवाला

नागरिक समाज र स्थानीय सरकारसँगको सहकार्यको अवसर र चुनौतिहरू विषयक कार्यशालामा सहभागी स्थानीय सरकारका प्रतिनिधिहरूले नागरिक समाजका संस्था र स्थानीय सरकारहरूसँगको सहकार्यबाट समृद्धिको यात्रामा पुगिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक १ गते आयोजना गरेको छलफलमा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले गैरसरकारी संस्थाहरूसँग स्थानीय सरकारले सहकार्यबाटै अघि…

२०७४ कार्तिक १, बुधबार २१:५० गते  
घर निरीक्षणमा प्राविधिक पठाउन भूकम्प पीडितहरूको माग

सुनकोशी गाउँपालिकाका भूकम्प पीडितहरूले भूकम्पले क्षति पुर्‍याएका घरको पुनः निरीक्षणका लागि प्राविधिक पठाउन माग गरेका छन् । प्राविधिक टोलीले निरीक्षण गरेर पनि क्षति भएका घर लाभग्राहीको सूचीमा नपरेपछि गुनासो फारम भरेका पीडितहरूले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सुनकोशी गाउँपालिकासँगको सहकार्यमा ०७४ असोज २९ गते सुनकोशी गाउँपालिका वडा नं. ५ को…

२०७४ आश्विन ३०, सोमबार १४:४३ गते  
नागरिक समाजका संस्थाहरूको स्वः नियमन र आन्तरिक सुशासनसम्बन्धी अर्न्तक्रिया

नागरिक समाज पारस्पारिक जबाफदेहिता परियोजना अन्तर्गत इन्सेकको आयोजनामा ओखलढुङ्गामा नागरिक समाजका संस्थाहरूको स्वःनियमन र आन्तरिक सुशासन विषयक अर्न्तक्रिया कार्यक्रम भदौ १९ गते ओखलढुङ्गामा सम्पन्न भएको छ । अर्न्तक्रिया कार्यक्रममा स्थानीय तह सञ्चलानमा आएपछि गैससहरूको कार्य प्रकृति र प्रक्रियाका बारेमा छलफल गर्दै पारदर्शिता कायम गर्न कसरी सकिन्छ भन्ने विषयमा सहभागीहरूले आ-आफ्ना…

२०७४ भाद्र २०, मंगलवार १५:४५ गते  
स्वास्थ्य संस्थामा औषधि अभाव, बिरामी मर्कामा

ओखलढुङ्गाका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको छ । औषधि नहुँदा उपचार गर्न आउने बिरामीहरू स्वास्थ्य परीक्षण गरेर फर्कन बाध्य भएका छन् । रूम्जाटारमा रहेको जिल्ला अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र र ५४ स्वास्थ्य चौकीमा सरकारले निशुल्क बाँड्ने भनिएका औषधि अभाव भएको हो । दुई महिना अघिबाटै औषधि अभाव भएपछि सेवाग्राहीले…

२०७४ श्रावण ३१, मंगलवार १०:१६ गते  
राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन प्रकृयाको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगले ओखलढुङ्गामा निर्वाचन प्रकृयाको अनुगमन गरेको छ । आयोगका अधिकृत अम्बिका घिमिरे नेतृत्वको टोलीले मतदान पूर्व र मतदानको दिनको जिल्लाभर अनुगमन गरेको हो । टोलीले ओखलढुङ्गाका तीन स्थानीय तह र दुई निर्वाचन क्षेत्रको अनुगमन गरेको टोलीका सदस्य लोकनाथ घिमिरेले बताए । घिमिरेका अनुसार चिसंखुगढी गाउँपालिकाका सेर्ना, कुइभीर,…

२०७४ असार १५, बिहीबार १०:२० गते  
काङ्ग्रेस र एमाले कार्यकर्ताबिच झडप, एमाले गाउँ कमिटी सचिव घाइते

मोलुङ गाउँपालिका-७, पात्लेमा असार ८ गते बिहान एमाले र काङ्ग्रेस कार्यकर्ताबिच झडप भएको छ । झडपमा एमालेका गाउँ कमिटी सचिव टेकराज सुनुवार घाइते भएका छन् । काङ्ग्रेस उम्मेदवारले टाँसेको प्रचार सामग्री एमाले कार्यकर्ताले च्यातेको आरोपमा काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार गेली शेर्पाको टोलीले आक्रमण गरेपछि झडप भएको अनेरास्ववियुका केन्द्रिय सदस्य दिपक…

२०७४ असार ९, शुक्रबार ०५:४६ गते