स्थानीय स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

ओखलढुङ्गाका स्वास्थ्य संस्थाहरूमा अति आवश्यक औषधि अभाव भएको छ । खरिद प्रक्रियामा भएको ढिलाइले दुर्गम गाउँका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको हो । सरकारी स्वास्थ्य संस्थामा औषधि नभएपछि उपभोक्ता भने निःशुल्क पाइने औषधि निजी क्लिनिकहरूमा खरिद गरेर उपभोग गर्न बाध्य भएका छन् । ढुवानिका लागि टेण्डर प्रक्रियामा ढिलाइ भएकाले जिल्लाका…

January 25, 2017  
भूकम्पपीडितका साझा प्रश्न-'भूकम्पका कारण खोसिएको खुसी कहिले फर्केला ?'

पात्ले गाविस-३ लट्टेबारीकी फुर्लु शेर्पालाई आफ्नो उमेरसमेत ठ्याक्कै थाहा छैन । उनले तीन जना छोरी र सात जना छोरा गरी १० जना सन्तान जन्माइन् । सबैभन्दा कान्छो छोरा पाँच वर्षका छन् । जेठो छोरा र छोरीले विवाह गरेर आ-आफ्नै घरजम गरिसके । जग्गा जमीन धेरै देखिए पनि लेकको जग्गा भएकाले…

January 17, 2017  
गाउँमै गएर अनुदान वितरण गर्न पुननिर्माण प्राधिकरणको निर्देशन 

अति दुर्गम चार गाविसका भूकम्प पीडितहरूलाई गाउँमै गएर अनुदान वितरण गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गालाई परिपत्र गरेको छ । गाउँमा अनुदान वितरण गर्न बैङ्कहरूले असुरक्षा हुने भनेपछि एक नगरपालिका र ४६ गाविसमा भने सदरमुकामबाटै अनुदान वितरण भइसकेको छ । ओखलढुङ्गाका गाम्नाङटार, पोकली, टारकेराबारी र रगनीका भूकम्प पीडितहरूलाई…

November 21, 2016  
दुर्गम गाउँका र्सवसाधारण औषधि उपचारबाट वञ्चित

ओखलढुङ्गाको दुर्गम भेगका र्सवसाधारण सरकारले उपलब्ध गराएको निशुल्क औषधि उपचारको सेवाबाट वञ्चित भएका छन् । दुर्गम गाउँमा स्वास्थ्यकर्मी र निशुल्क औषधि अभाव भएपछि र्सवसाधारण उपचारबाट वञ्चित भएका हुन् । खिजीकाति, रावादोलु, भूसिंगा, पात्ले लगायतका गाविसमा रहेका स्वास्थ्य संस्थाहरूमा निशुल्क औषधि अभाव हुँदा सर्वसाधारण रूघा खोकी, ज्वरोलगायतका रोगको उपचार गर्न सदरमुकाम…

November 12, 2016  
विवरण फरक परेपछि भूकम्प पीडितको अनुदान निकासा रोकियो

ओखलढुङ्गाका ६ सय ८५ घरधुरी भूकम्प पीडितका नाममा अनुदान सम्झौता भए पनि पीडितहरूको विवरण फरक परेपछि अझै रकम निकासा हुन सकेको छैन । सम्झौता गर्दा नाम, निस्सा नम्बर र नागरिकता नम्बर नमिलेपछि अनुदान निकासा नभएको बताइएको छ । विवरण फरक परेपछि भूकम्प पीडितहरू अुनदानको रकम पाउने कि नपाउने भन्ने अन्यौलमा…

October 28, 2016  
घरेलु हिंसाका उजुरी दर्ता गरेर अनुसन्धान गर्न आयोगको निर्देशन

घरेलु हिंसाका उजुरी दर्ता गरेर प्रभावकारी अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले असोज १५ गते प्रहरीलाई निर्देशन दिएको छ । आयोगमा परेका दुई उजुरीमा प्रहरीले जाहेरी नलिएको भन्ने गुनासो आएकाले आयोगले दर्ता गरेर अनुसन्धान थाल्न निर्देशन दिएको हो । उपभोक्ताको अधिकार अवस्थाबारे अनुगमन गर्न ओखलढुङ्गा आएको आयोगको…

October 2, 2016  
उपभोक्ता अधिकारबारे आयोगद्वारा अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको टोलीले ओखलढुङ्गामा उपभोक्ता अधिकारको अवस्थाबारे असोज १४ गते अनुगमन गरेको छ । उपभोक्ताको अधिकार अन्तर्गत खाद्य पदार्थको उपलब्धता, राज्यले प्रवाह गर्ने सेवा, यातायात सेवा, अत्यावश्यक बस्तु तथा सेवाको अवस्थाका बारेमा अनुगमन गरेको हो । अनुगमन टोलीसँग यातायातको समस्या देखाएर उपभोक्ता ठगी गर्ने क्रम…

September 30, 2016  
भूकम्प पीडितका गुनासो फारम गाविस सचिवका झोलामा

भूकम्पले घर भत्किए पनि लाभग्राहीको सूचीमा नाम नपरेपछि गुनासो फारम भरेका ओखलढुङ्गाका भूकम्प पीडितका गुनासो फारम गाविस सचिवका झोलामा थन्किएका छन् । गुनासो व्यवस्थापन समितिले चासो नदिएपछि पीडितका गुनासा सचिवका झोलामा थन्किएका हुन् । मौसमी राहत लिए पनि इञ्जिनियरको टोलीले अनुगमन गर्दा मर्मत गरेका, घरै नपुगी विवरण लिइएका कारण ५…

August 27, 2016  
भुकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या

भूकम्पले भत्काएका ओखलढुङ्गाका विद्यालय भवन पुनः निर्माण नहुँदा पठन पाठनमा समस्या भएको छ । भुकम्पले क्षति पुगेको १ वर्षविते पनि विद्यालय मर्मत तथा पुनः निर्माण नहुँदा अहिले पनि त्रिपाल र जस्ताका अस्थायी शिक्षण केन्द्रमा सञ्चालन भइरहेका छन् । त्रिपालका शिक्षण केन्द्रमा वर्षात्मा पठनपाठन गर्न नसकिने भएकाले पढाइ प्रभावित भएको छ…

August 11, 2016