नागरिक समाजका संस्थाहरू पुनर्गठन गर्नुपर्नेमा जोड

सामूहिक पैरवीका लागि नागरिक समाजका संस्थाहरूले आफूलाई व्यवस्थित र पुनर्गठन गर्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेकले ओखलढुङ्गामा आयोजना गरेको विकासको लागि नागरिक समाज र सञ्चार जगत्बीच सहकार्य विषयक अन्तरक्रियामा सहभागी नागरिक संस्था र सञ्चार क्षेत्रका अगुवाहरूले नागरिक समाजका संस्थाहरूनै मजबुद नभएकाले पुनर्गठित हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा…

२०७५ श्रावण २१, सोमबार १५:०८ गते  
जातीय विदेभमा जागिरबाट हटाएको भन्दै प्रधानाध्यापकविरूद्ध उजुरी

दलित भएकै कारण जागिरबाट हटाएको आरोपमा दिक्तेल रूपाकोट मझुवागढी नपा–१ की विन्दा विश्वकर्माले जातीय विभेद भएको भन्दै न्यायको माग गरेकी छिन् । आफू दलित भएकै कारण विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक लतितकुमार बस्नेतले जागिरबाट हटाएको आरोपमा विन्दाले जिल्ला प्रशासन कार्यालय खोटाङमा साउन १७ गते उजुरी दिएकी हुन् ।…

२०७५ श्रावण १९, शनिबार ०४:४९ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले अस्थायी रूपमा सिद्घिचरण नपा–११ मा बसोबास गर्दै आएका ३३ वर्षीय राजु चेम्जोङ्गलाई प्रहरीले साउन ९ गते गिरफ्तार गरेको छ । साउन ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ९ गते प्रहरीमा उजुरी दिएपछि मोरङ जिल्ला पथरी–शनिश्चरे नपा–३ स्थायी घर भएका आरोपितलाई गिरफ्तार…

२०७५ श्रावण ११, शुक्रबार १८:११ गते  
सिद्धिचरण नगरपालिकाद्वारा ३० वटा ऐन, नियमावली र कार्यविधि पारित

सिद्धिचरण नगरपालिकाले ३० वटा ऐन, नियमावली र कार्यविधि पारित गरेको छ । दोस्रो नगरसभामा पेश भई दफावार छलफलपछि ऐन, नियमावली तथा कार्यविधि पारित गरिएको नगरप्रमुख मोहन श्रेष्ठले बताए । नगरपालिकाको नगरसभा असार १० गते शुरू भएर विभिन्न विषयगत समितिको बैठक, नगरसभामा पेश विभिन्न प्रस्तावमाथिको छलफल सम्पन्न गर्दै असार २४ गते…

२०७५ असार २५, सोमबार १४:४१ गते  
मानव अधिकार हन्नका घटना कम गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

मानव अधिकार हनन्का घटना कम गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा छलफल गर्दै सरोकारलाहरूले यस्तो बताएका हुन् । कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले इन्सेकले स्थानीय तहका न्यायिक समितिहरूसँग…

२०७५ असार २४, आईतवार २१:२७ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका-६ का ६० वर्षीय भक्तबहादुर श्रेष्ठलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका  अभिभावकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आरोपितलाई असार १५ गते गिरफ्तार गरेको जनाएको छ । पीडित बालिकाको स्वास्थ्य…

२०७५ असार १६, शनिबार २२:२० गते  
कथित बोक्सीको आरोप लगाएको आरोपमा झाँक्रीविरूद्ध प्रहरीमा उजुरी

चम्पादेवी गाउँपालिका-१० रानीवनकी ४९ वर्षीया जानुकामाया कार्कीलाई कथित बोक्सीको आरोप लगाएको आरोपमा सोही ठाँउका ५७ वर्षीय झाँक्री लालबहादुर कार्कीविरूद्ध पीडित महिलाले जेठ ११ गते प्रहरीमा उजुरी दिएकी छिन् । पीडित महिलालाई आरोपितले कथित बोक्सीको आरोप लगाएपछि न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडितले बताइन् । चम्पादेवी गाउँपालिका-१० को वडा कार्यालयमा उजुरी…

२०७५ जेष्ठ १२, शनिबार २१:३५ गते  
शिक्षिकाद्वारा विद्यार्थीमाथि कुटपिट गरेको आरोप

सिद्धिचरण नगरपालिका-९ ज्यामिरेको ग्रिन भिलेज इङ्लिस स्कूलकी शिक्षिका २४ वर्षीया गीता श्रेष्ठले कक्षा १ का सात वर्षीय मुस्कान वाग्लेलाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । जेठ ४ गते शुक्रबार 'पिटी' खेलाउँदा मुस्कानले नसकेपछि कुटपिट गरेको पीडित पक्षको आरोप छ ।  कुटपिटबाट बालकको पिठ्यूँमा निलडाम देखिएको छ । पीडित…

२०७५ जेष्ठ ५, शनिबार २०:४३ गते  
भूकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या

०७२ वैशाख १२ को भूकम्पले भत्काएका ओखलढुङ्गाका विद्यालय भवन पुनःनिर्माण नहुँदा पठनपाठनमा समस्या भएको छ । भूकम्पले क्षति पुगेको तीन वर्षबिते पनि विद्यालय मर्मत तथा पुनः निर्माण नहुँदा अहिले पनि अस्थायी टहरामा कक्षा सञ्चालन गर्नुपरेको छ । टहरा भरासिला नहुँदा कतिबेला के हुने हो भयकाबिच पठनपाठन गर्नु परेकोमा शिक्षक र…

२०७५ जेष्ठ २, बुधबार १३:१३ गते  
बस्ती स्थानान्तरणमा ढिलाइका कारण भूकम्प प्रभावितले आवास निर्माण गर्न पाएनन्

ओखलढुङ्गाका झण्डै २ सय घरपरिवार बस्ती स्थानान्तरणमा ढिलाइ हुँदा समस्यामा परेका छन् । भूकम्पका कारण बस्ती नै जोखिममा परेर विस्थापित भएका उनीहरूलाई आवास निर्माण गर्न  समस्या परेको हो । भूगर्भविद्हरूको अध्ययन टोलीले बसोबास गर्न नमिल्ने क्षेत्र भनेर पहिचान भएका मोलुङ गाउँपालिकाको हर्कपुर, प्राप्चा, बिलन्दु, फुलबारी, टारकेराबारी र रगनीका २ सय…

२०७५ बैशाख २८, शुक्रबार १०:५७ गते