विवरण फरक परेपछि भूकम्प पीडितको अनुदान निकासा रोकियो
ओखलढुङ्गाका ६ सय ८५ घरधुरी भूकम्प पीडितका नाममा अनुदान सम्झौता भए पनि पीडितहरूको विवरण फरक परेपछि अझै रकम निकासा हुन सकेको छैन । सम्झौता गर्दा नाम, निस्सा नम्बर र नागरिकता नम्बर नमिलेपछि अनुदान निकासा नभएको बताइएको छ । विवरण फरक परेपछि भूकम्प पीडितहरू अुनदानको रकम पाउने कि नपाउने भन्ने अन्यौलमा…
घरेलु हिंसाका उजुरी दर्ता गरेर अनुसन्धान गर्न आयोगको निर्देशन
घरेलु हिंसाका उजुरी दर्ता गरेर प्रभावकारी अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङले असोज १५ गते प्रहरीलाई निर्देशन दिएको छ । आयोगमा परेका दुई उजुरीमा प्रहरीले जाहेरी नलिएको भन्ने गुनासो आएकाले आयोगले दर्ता गरेर अनुसन्धान थाल्न निर्देशन दिएको हो । उपभोक्ताको अधिकार अवस्थाबारे अनुगमन गर्न ओखलढुङ्गा आएको आयोगको…
उपभोक्ता अधिकारबारे आयोगद्वारा अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङको टोलीले ओखलढुङ्गामा उपभोक्ता अधिकारको अवस्थाबारे असोज १४ गते अनुगमन गरेको छ । उपभोक्ताको अधिकार अन्तर्गत खाद्य पदार्थको उपलब्धता, राज्यले प्रवाह गर्ने सेवा, यातायात सेवा, अत्यावश्यक बस्तु तथा सेवाको अवस्थाका बारेमा अनुगमन गरेको हो । अनुगमन टोलीसँग यातायातको समस्या देखाएर उपभोक्ता ठगी गर्ने क्रम…
भूकम्प पीडितका गुनासो फारम गाविस सचिवका झोलामा
भूकम्पले घर भत्किए पनि लाभग्राहीको सूचीमा नाम नपरेपछि गुनासो फारम भरेका ओखलढुङ्गाका भूकम्प पीडितका गुनासो फारम गाविस सचिवका झोलामा थन्किएका छन् । गुनासो व्यवस्थापन समितिले चासो नदिएपछि पीडितका गुनासा सचिवका झोलामा थन्किएका हुन् । मौसमी राहत लिए पनि इञ्जिनियरको टोलीले अनुगमन गर्दा मर्मत गरेका, घरै नपुगी विवरण लिइएका कारण ५…
भुकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या
भूकम्पले भत्काएका ओखलढुङ्गाका विद्यालय भवन पुनः निर्माण नहुँदा पठन पाठनमा समस्या भएको छ । भुकम्पले क्षति पुगेको १ वर्षविते पनि विद्यालय मर्मत तथा पुनः निर्माण नहुँदा अहिले पनि त्रिपाल र जस्ताका अस्थायी शिक्षण केन्द्रमा सञ्चालन भइरहेका छन् । त्रिपालका शिक्षण केन्द्रमा वर्षात्मा पठनपाठन गर्न नसकिने भएकाले पढाइ प्रभावित भएको छ…