बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका-३ बगालेका ४० वर्षीय देवराज राईलाई असोज १९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ असोज १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असोज १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

२०८१ आश्विन २०, आईतवार १०:१५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार 

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्विचरण नगरपालिका-६ का ४३ वर्षीय एक पुरुषलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ भदाै ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८१ असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि असोज ४…

२०८१ आश्विन ७, सोमबार १६:२८ गते  
कैदीबन्दीबिच झडप, नाइके र सहनाइकेको स्थानान्तरण

जिल्ला कारागार कार्यालय, ओखलढुङ्गामा कैदीबन्दीबिच असोज ४ गते झडप भएपछि कारागार प्रशासनले नाइके र सहनाइकेलाई नुवाकोट कारागार स्थानान्तरण गरेको छ । कारागारका नाइके र सहनाइकेले आर्थिक शोषणका साथै अपचलन गरेको आरोपमा कैदीबन्दीबिच ०८१ असोज ४ गते झडप भएको कारागार प्रशासनले जनाएको छ । कैदीबन्दीको आक्रोशित भीड नाइके र सहनाइकेमाथि कुटपिट…

२०८१ आश्विन ६, आईतवार १२:५२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-३ का २३ वर्षीय एक युवकलाई असोज २ गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ साउन १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०८१ असोज २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…

२०८१ आश्विन ४, शुक्रबार १२:१५ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका-५ का ३५ वर्षीय राजेन्द्र राईलाई भदौ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ साउन ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि…

२०८१ भाद्र १३, बिहीबार ०६:३८ गते  
यातना घटनाका आरोपित बाबु गिरफ्तार

चार र ६ वर्षीया छोराहरूलाई शारीरिक यातना दिएको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका-९ का ४३ वर्षीय फुरिञ्जी शेर्पालाई ०८१ साउन २४ गते गिरफ्तार गरेको छ । वैदेशिक रोजगारीमा साइप्रसमा रहेकी ३५ वर्षीया पत्नी छोटी शेर्पासँग रीस साँध्न छोराहरूलाई यातना दिने र भिडियो र फोटाे पठाउने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ…

२०८१ श्रावण २६, शनिबार १०:१० गते  
पहिरोले पाँच परिवार विस्थापित, २३ घर जोखिममा

पहिरोले मोलुङ गाउँपालिका-७ जेसे गौरीडाँडाका पाँच घरपरिवार विस्थापित भएका छन् । अविरल वर्षाका कारण गएको पहिरोले गौरीडाँडाका पाँच घरपरिवार विस्थापित हनुका साथै २३ घर परिवार जोखिममा परेका छन् । पहिरोका कारण गौरीडाँडाका स्थानीय टेकबहादुर पहरी, पेशलबहादुर पहरी, मानबहादुर पहरी, अम्बरबहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भइ पहिरोको उच्च जोखिम…

२०८१ असार १८, मंगलवार १३:१० गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को  अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार १७ गते सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच पूर्व समीक्षा गरिएको  हो । सन् २०२४…

२०८१ असार १८, मंगलवार १०:२६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार 

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको फाल्गुनन्द गाउँपालिका-४ का १९ वर्षीय सुजन लिम्बुलाई जेठ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ जेठ २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका…

२०८१ जेष्ठ ३२, शुक्रबार ०९:२२ गते  
यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले खिजिदेम्बा  गाउँपालिका-८ का ६२ वर्षीय देन्डु शेर्पालाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको ०८१ जेठ २२ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायको फैसला गरेको हो । अदालतको सोही आदेशले कसुरदारबाट ३० हजार…

२०८१ जेष्ठ २५, शुक्रबार १०:३३ गते