सेफ हाउस नहुँदा हिंसा पीडित र आपतकालीन अवस्थाका बालबालिकालाई समस्या
हिंसा पीडित तथा जोखिममा परेका महिला र बालबालिकालाई आपतकालीन अवस्थामा राख्न जिल्लामा सेफ हाउस नहुँदा समस्या भएको छ । महिता तथा बालबालिका कार्यालय जिल्लाबाट हटेर स्थानीय तहमा गएपछि जिल्लामा महिला र बालबालिकाको क्षेत्रमा सरकारी क्षेत्रबाट हुनुपर्ने काम नभएको भन्दै अधिकारकर्मीहरूले सेफ हाउस निर्माण गर्न माग गरेका छन् । सेफ हाउस…
पत्नी हत्या घटना आरोपित गिरफ्तार
देउमाइ नगरपालिका– ८ आमबोटेकी २७ वर्षीया नम्रता राईको पुस २१ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति सुवास राईलाई गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले पुस २१ गते बिहान खुकुरी प्रहार गर्दा पीडितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु…
छुवाछुत घटनाका दोषीलाई क्षतिपूर्ति र जरिबानाको फैसला
माइ नगरपालिका–२ का ५२ वर्षीय चन्द्रप्रसाद आचार्यको मृत्यु हुँदा दलितसँग बिवाह गरेको आरोपमा छोरीलाई अन्तिम संस्कारमा प्रवेश नदिनेविरूद्ध जिल्ला अदालतले पुस ७ गते क्षतिपूर्ति र जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र इङ्गनामको पुस ७ गतेको आदेशले दोषीहरूलाई जनही ५ हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी ४५ हजार रुपियाँ…
आत्महत्या दुरूत्साहन र बलात्कार गरेको कसुरमा २० वर्ष कैद सजायको फैसला
इलाम नगरपालिका–८ की १४ वर्षीया बालिका दिलासा दङ्गालको बलात्कार गरी आत्महत्या गर्न बाध्य बनाएको कसुरमा जिल्ला अदालतले इलाम नगरपालिका–८ का ४३ वर्षीय अमरप्रसाद ढुङ्गानालाई २० वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश हरिशचन्द्र इङ्गनामको पुस ८ गते इजलासले कसुर गरेको ठहर गर्दै कसुरदारलाई बलात्कार तर्फ १८ वर्ष, हाडनाता करणीमा…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएका घटनाहरू प्रकाशन पूर्व वार्षिक समीक्षा गरिएको छ । इन्सेक इलामको आयोजना पुस ८ गते वर्ष पुस्तक २०२१ का लागि अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूमाथि सरोकारवाहरूबीच समीक्षा सम्पन्न गरिएको हो । अन्तरक्रियमा सहभागी अधिकारकर्मीहरूले कोभिड–१९ को सङ्क्रमणको…
खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी परियोजना अन्तरगतको सन्दकपुर गाउँपालिकामा खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्सिर १९ गते सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागीगहरूले कृषिवालीको बीमा हुनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा सहभागी सन्तोष खतिवडाले कृषि र पशु प्राविधिकको…
स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)द्धारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनोउने(इएलपी)परियोजना अन्तर्गत सन्दकपुर गाउँपालिकामा स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम कात्तिक २८ गते सम्पन्न भएको छ । कार्यक्रममा सहभागीले कोभिड–१९ को संक्रमण बढीरहेका बेला सरकारले प्रत्येक स्वास्थ्य केन्द्रमा प्रत्येक नागरिकको पीसीआर टेस्ट गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन्…
शिक्षक हत्या घटनाका आरोपित गिरफ्तार
माइ नगरपालिका–१ स्थित अम्लिसे भञ्ज्याङ्ग आधारभूत विद्यालयका ४६ वर्षीय शिक्षक पुष्पलाल राईको असोज २९ गते हत्या गरेको आरोपमा प्रहरीले माइ नगरपालिका–१ का ४५ वर्षीय पदमबहादुर राईलाई प्रहरीले कात्तिक २ गते गिरफ्तार गरेको छ । शिक्षक राई असोज २९ गते बिहान स्थानीय पदमबहादुरको घरको आँगनमा घाँटी रेटेको अवस्थामा मृत फेला परेका…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी कार्यक्रम सम्पन्न
अनौपचारि क्षेत्र सेवा केन्द्र(इन्सेक)को स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत सन्दकपुर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी समस्या पहिचान, सरोकारवालाको पहिचान र कार्ययोजना निर्माण कार्यक्रम असोज २६ गते सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले गाउँपालिका भित्र भएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार प्राप्तिका…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको समस्या पहिचान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवारी निकायलाई जवाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत माइजोगमाई गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी समस्या पहिचान र कार्ययोजना निर्माण कार्यक्रम असोज २० गते सम्पन्न भएको छ । इन्सेकद्धारा गठित मानव अधिकार समूह, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखा प्रमुख…