बलात्कार घटनाको उजुरी दर्ता
१२ वर्षीया एक पूर्ण अपाङ्गता भएकी बालिकालाई भदौ २५ गते बलात्कार भएको आरोपमा भदौ २८ गते प्रहरीमा उजुरी दर्ता भएको छ । उठेर हिँड्न नसक्ने, बोल्न र मान्छे चिन्न नसक्ने ती बालिकालाई कसले बलात्कार गरेको हो सो कुरा थाहा नभएको पीडित बालिकाकी आमाले बताएकी छन् । ‘बाटोमै घर छ । दिउँसो…
आशय करणी गरेको ठहरमा तीन महिना कैदको फैसला
आठ वर्षीय एक बालिकालाई आशय करणी गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका महमाइ गाविस-८ का ५१ वर्षीय तेजप्रसाद लकान्द्रीलाई जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले भदौ २६ गते पीडित बालिकालाई करणी गर्ने मनसाय राखेको भन्दै मुलुकी ऐनको आशय…
बलात्कार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा फाकफोक गाविस-४ का २२ वर्षीय कमल नेपालीलाई प्रहरीले भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितका अभिभावकले दिएको उजुरीका आधारमा आरोपितलाई…
कैदीद्वारा जेलभित्रै आत्महत्या
जिल्ला कारागार इलाममा कैद सजाय भुक्तान गरिरहेका इलाम नपा-४ का ३५ वर्षीय राजकुमार खाती भदौ १६ गते बिहान कारगारमै झुण्डिई मृत अवस्थामा फेला परेका छन् । प्रहरीले खातीले झुण्डिएर आत्महत्या गरेको जनाएको छ । चोरी मुद्दामा जेल सजाय भुक्तान गर्दै आएका खातीलाई बिहान शौचालयको भेन्टिलेशनमा डोरी लगाएर झुण्डिएको अवस्थामा मृत…
बलात्कार गरेको ठहर गर्दै १६ वर्षकैदको सजाय
१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सुलुबुङ् गाविस-२ का २२ वर्षीय सुरेन भन्ने सुरेन्द्र राईलाई जिल्ला अदालतले १६ वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३ (२) र ३ (क) नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै…
क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या
जिल्ला कारागार इलाममा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि सरसफाई, खानेपानी तथा स्वास्थ्य उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । १ सय जना पुरुष र २५ जना महिला गरी १ सय २५ जनाको क्षमता रहेको कारागारमा हाल २ सय ६८ जना कैदी बन्दी रहेका छन् । जसमध्ये २ सय ४०…
जन्म दर्ता नहुँदा इलाम कारगारमा आश्रति बालबालिकालाई पढाउन समस्या
विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका आमाहरूसँग आश्रति इलाम जिल्ला कारागारमा रहेका बालबालिकाको जन्म दर्ता नहुँदा उनीहरूलाई पढाउन समस्या भएको कारागार प्रशासनले जनाएको छ । आमाको नागरिकता नभएकाले र केहीको आमा जेल परेपछि बाबु सम्पर्कमा नरहेकाले ती बालबालिकाको जन्म दर्ता गराउन समस्या भएको कारागार प्रमुख सिर्जना लुईंटेलले बताइन् । जिल्ला कारागारमा…
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको आरोपमा तारिखमा छुटेका चिसापानी गाविस-५ का २८ वर्षीय दुर्गाप्रसाद भट्टराईलाई जिल्ला अदालतले एक वर्षकैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले भदौ ८ गते विवाहवारी महलको नौ नम्बर अनुसार कसुर ठहर गर्दै सोही महलको दश नम्बर बमोजिम उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार…
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका इभाङ् गाविस-१ का ३२ वर्षीय सञ्जयकुमार राईलाई जिल्ला अदालतले एक वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले भदौ ६ गते विवाहवारी महलको १० नम्बर बमोजिम कसुर ठहर गर्दै राईविरुद्ध फैसला सुनाएको हो । राईलाई इभाङ गाविसकी…
सरकारले छुट्याएको बालबालिका लक्षित बजेट जोखिमपूर्ण बालश्रमिकसम्म पुग्दैन
बालबालिकाको क्षेत्रमा सरकारी तथा गैर सरकारी संस्थामार्फत वर्षेनी करोडौं रुपियाँ खर्च हुने गरेको भएपनि जोखिमपूर्ण बालश्रमिकसम्म त्यस्तो बजेट पुग्न सकेको छैन । यसले गर्दा इलामलाई बालबालिका श्रममुक्त क्षेत्र बनाउन नसकिँदा एकातिर बालश्रम त छँदैछ, अर्कोतिर जोखिममा परेका बालबालिकाको अवस्था पनि उत्तिकै नाजुक र दयनीय रहने गरेको छ । सरकारले हरेक…