कुटपिट आरोपमा गाँउपालिका उपाध्यक्ष गिरफ्तार
फाकफोकथुम गाउँपालिका–१ का ३८ वर्षीय कृष्णकुमार खड्कालाई ०७८ चैत १८ गते मुक्का प्रहार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष ४२ वर्षीया सरस्वती राई(सरू) लाई चैत २१ गते गिरफ्तार गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक राईविरूद्ध पीडितले चैत २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उपाध्यक्षलाई प्रहरी चौकीमा…
शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया
इन्सेकद्वारा सञ्चालित “स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरक्रिया माइजोगमाइ गाउँपालिकामा चैत ११ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा समस्या पहिचान तथा सरोकारवालाहरूको पहिचान र कार्ययोजना निमार्णका अन्तरक्रिया गरिएको इन्सेकद्धारा गठित मानव अधिकार समूह माइजोगमाइका अध्यक्ष रोमप्रसाद आर्चायले…
शिक्षा ,स्वास्थ ,खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया
इन्सेकद्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत सन्दकपुर गाँउपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम चैत ७ गते सम्पन्न गरिएको छ । इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग तथा इन्सेकद्धारा गठित मानव अधिकार समूह सन्दकपूरको आयोजनामा शिक्षा, स्वास्थ्य , खाद्य र आवासको…
शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया
इन्सेकद्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत सन्दकपुर गाउँपालिकामा पुस १९ गते शिक्षा अधिकारका सवालमा शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । समस्या पहिचान तथा सरोकारवालाहरूको पहिचान र कार्ययोजना निमार्ण अन्र्तगत शिक्षाको अधिकारका सवालमा शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न…
शिक्षा अधिकारका सवालमा अन्तरक्रिया
इन्सेकद्धारा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत माइजोगमाई गाउँपालिकामा शिक्षाका सवालमा अन्तरक्रिया कार्यक्रम पुस १५ सम्पन्न गरिएको छ । इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग तथा इन्सेकद्धारा गठित मानव अधिकार समूह माइजोगमाईको आयोजनामा शिक्षाको अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष…
बलात्कार घटनाका आरोपित गिरफ्तार
तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका-४ का ६२ वर्षीय एक व्यक्तिलाई मङ्सिर २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाहरूबिच समीक्षा मङ्सिर २४ गते समीक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इलाम)को आयोजनामा जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूमाथि समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा इन्सेक इलाम प्रतिनिधिले सन्…
बलात्कार गरेको कसुरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश हरिश्चन्द्र इङ्नामको मङ्सिर १६ गतेको इजलासले घटनाका दोषी सूर्योदय नगरपालिका‒ ६ का २३ वर्षीय सुमन राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी फणिन्द्रराज भट्टराईले बताउनु भयो । सोही आदेशले सूर्योदय नगरपालिका‒६…
पत्नी र छोरी हत्या घटनाका आरोपित गिरफ्तार
देउमाइ नगरपालिका–५ की ३४ वर्षीया सीता तामाङ र १६ वर्षीया बालिका शिक्षा तामाङलाई टोकेर हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङलाई कात्तिक ९ गते गिरफ्तार गरेको छ । पत्नीलाई र छोरीलाई झारफुक गरेर निको बनाउँने भन्दै आराेपितले चिन्ता बस्ने क्रममा टोकेर पत्नी र छोरीको हत्या गरेको अनुसन्धानका…
धरौटीमा रिहा भएलगत्तै अदालत परिसरबाट पुनः गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वजिल्ला इञ्चार्ज सङ्खुवासभा,चैनपुर नगरपालिका–६ का ५४ वर्षीय पुष्प कोइरालालाई प्रहरीले असोज १५ गते जिल्ला अदालत इलामबाट रिहा हुने बित्तिकै पुन गिरफ्तार गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्गनामको आदेशमा ५ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएलगत्तै अदालत परिसरबाट प्रहरीले कोइरालालाई पुन गिरफ्तार…