बलात्कार घटनाका आरोपित गिरफ्तार 

आठ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा फाकफोक गाविस-४ का २२ वर्षीय कमल नेपालीलाई प्रहरीले भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितका अभिभावकले दिएको उजुरीका आधारमा आरोपितलाई…

September 8, 2016  
कैदीद्वारा जेलभित्रै आत्महत्या

जिल्ला कारागार इलाममा कैद सजाय भुक्तान गरिरहेका इलाम नपा-४ का ३५ वर्षीय राजकुमार खाती भदौ १६ गते बिहान कारगारमै झुण्डिई मृत अवस्थामा फेला परेका छन् । प्रहरीले खातीले झुण्डिएर आत्महत्या गरेको जनाएको छ । चोरी मुद्दामा जेल सजाय भुक्तान गर्दै आएका खातीलाई बिहान शौचालयको भेन्टिलेशनमा डोरी लगाएर झुण्डिएको अवस्थामा मृत…

September 1, 2016  
बलात्कार गरेको ठहर गर्दै १६ वर्षकैदको सजाय

१२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सुलुबुङ् गाविस-२ का २२ वर्षीय सुरेन भन्ने सुरेन्द्र राईलाई जिल्ला अदालतले १६ वर्षकैद सजायको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन जबरजस्ती करणी महलको १, ३ (२) र ३ (क) नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै…

August 29, 2016  
क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागार इलाममा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि सरसफाई, खानेपानी तथा स्वास्थ्य उपचारमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । १ सय जना पुरुष र २५ जना महिला गरी १ सय २५ जनाको क्षमता रहेको कारागारमा हाल २ सय ६८ जना कैदी बन्दी रहेका छन् । जसमध्ये २ सय ४०…

August 28, 2016  
जन्म दर्ता नहुँदा इलाम कारगारमा आश्रति बालबालिकालाई पढाउन समस्या

विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका आमाहरूसँग आश्रति इलाम जिल्ला कारागारमा रहेका बालबालिकाको जन्म दर्ता नहुँदा उनीहरूलाई पढाउन समस्या भएको कारागार प्रशासनले जनाएको छ । आमाको नागरिकता नभएकाले र केहीको आमा जेल परेपछि बाबु सम्पर्कमा नरहेकाले ती बालबालिकाको जन्म दर्ता गराउन समस्या भएको कारागार प्रमुख सिर्जना लुईंटेलले बताइन् । जिल्ला कारागारमा…

August 27, 2016  
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको आरोपमा तारिखमा छुटेका चिसापानी गाविस-५ का २८ वर्षीय दुर्गाप्रसाद भट्टराईलाई जिल्ला अदालतले एक वर्षकैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले भदौ ८ गते विवाहवारी महलको नौ नम्बर अनुसार कसुर ठहर गर्दै सोही महलको दश नम्बर बमोजिम उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार…

August 24, 2016  
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका इभाङ् गाविस-१ का ३२ वर्षीय सञ्जयकुमार राईलाई जिल्ला अदालतले एक वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले भदौ ६ गते विवाहवारी महलको १० नम्बर बमोजिम कसुर ठहर गर्दै राईविरुद्ध फैसला सुनाएको हो । राईलाई इभाङ गाविसकी…

August 23, 2016  
सरकारले छुट्याएको बालबालिका लक्षित बजेट जोखिमपूर्ण बालश्रमिकसम्म पुग्दैन

बालबालिकाको क्षेत्रमा सरकारी तथा गैर सरकारी संस्थामार्फत वर्षेनी करोडौं रुपियाँ खर्च हुने गरेको भएपनि जोखिमपूर्ण बालश्रमिकसम्म त्यस्तो बजेट पुग्न सकेको छैन । यसले गर्दा इलामलाई बालबालिका श्रममुक्त क्षेत्र बनाउन नसकिँदा एकातिर बालश्रम त छँदैछ, अर्कोतिर जोखिममा परेका बालबालिकाको अवस्था पनि उत्तिकै नाजुक र दयनीय रहने गरेको छ । सरकारले हरेक…

August 12, 2016  
यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार

१५ वर्षीय एक बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा चुलाचुली गाविस-७ का ५६ वर्षीय मनिकुमार भन्ने लाभे राईलाई प्रहरीले १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना लगतै फरार रहेका…

August 6, 2016