बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको आरोपमा तारिखमा छुटेका चिसापानी गाविस-५ का २८ वर्षीय दुर्गाप्रसाद भट्टराईलाई जिल्ला अदालतले एक वर्षकैद र पाँच हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले भदौ ८ गते विवाहवारी महलको नौ नम्बर अनुसार कसुर ठहर गर्दै सोही महलको दश नम्बर बमोजिम उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार…
बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला
बहुविवाह गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका इभाङ् गाविस-१ का ३२ वर्षीय सञ्जयकुमार राईलाई जिल्ला अदालतले एक वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले भदौ ६ गते विवाहवारी महलको १० नम्बर बमोजिम कसुर ठहर गर्दै राईविरुद्ध फैसला सुनाएको हो । राईलाई इभाङ गाविसकी…
सरकारले छुट्याएको बालबालिका लक्षित बजेट जोखिमपूर्ण बालश्रमिकसम्म पुग्दैन
बालबालिकाको क्षेत्रमा सरकारी तथा गैर सरकारी संस्थामार्फत वर्षेनी करोडौं रुपियाँ खर्च हुने गरेको भएपनि जोखिमपूर्ण बालश्रमिकसम्म त्यस्तो बजेट पुग्न सकेको छैन । यसले गर्दा इलामलाई बालबालिका श्रममुक्त क्षेत्र बनाउन नसकिँदा एकातिर बालश्रम त छँदैछ, अर्कोतिर जोखिममा परेका बालबालिकाको अवस्था पनि उत्तिकै नाजुक र दयनीय रहने गरेको छ । सरकारले हरेक…
यौन दुर्व्यवहार गरेको आरोपमा गिरफ्तार
१५ वर्षीय एक बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा चुलाचुली गाविस-७ का ५६ वर्षीय मनिकुमार भन्ने लाभे राईलाई प्रहरीले १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई साउन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटना लगतै फरार रहेका…