बाबुद्वारा घाँटी थिचेर छोरीको हत्या
इलाम सदरमुकाममा नास्ता पसल गर्दै आएका भारतीय नागरिक ३१ वर्षीय राजु चौधरीले वैशाख १५ गते राति आठ वर्षीया विरुषा चौधरीको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । चौधरीले तीन वर्षीया छोरी मीरा चौधरीलाई पनि घाँटी थिचेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका एसपी शुसीलकुमार यादवले जानकारी दिए । २७…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चुलाचुली गाउँपालिका-५ का ३० वर्षीय राजमान भनिने राजु लिम्बूलाई वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७३ चैत २६ गते बलात्कार गरेको भन्दै कारबाहीका लागि चैत २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । पीडित पक्षको उजुरीका…
द्वन्द्व पीडित भन्छन्-'सरकार अन्तरिम राहत देऊ !'
विगतको सशस्त्र द्वन्द्वका पीडितहरूले सरकारलाई अन्तरिम राहतको व्यवस्था गर्न आग्रह गरेका छन् । द्वन्द्व समाप्त भएको वर्षौँ बित्दा पनि पीडिहरूले आश्वासन बाहेक राज्यबाट केही नपाएको र पीडित तथा पीडित परिवारको अवस्था दयनीय भएकाले तत्काल अन्तरिम राहतको व्यवस्था गर्न आग्रह गरेका हुन् । पीडितहरूले अन्तरिम राहतसँगै द्वन्द्व पीडितको परिचय कायम गरिदिनसमेत…
यौन दुर्व्यवहार गरेको कसुरमा सात वर्ष ६ महिना कैदको फैसला
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा गर्दै सूर्योदय नपा-१० का १८ वर्षीय योगेन्द्र प्रधानलाई जिल्ला अदालतले सात वर्ष ६ वर्षकैदको सजाय सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले चैत ६ गते प्रधानमाथिको मुद्दामा सुनुवाइ गर्दै उक्त फैसला सुनाएको हो । अदालतले मुलुकी ऐनको जबरजस्तीकरणी महलको ५ नम्बर बमोजिम कसुर…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले चैत ५ गते इलाम सदरमुकामस्थित जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीले आफूहरू सिप सिक्ने र सूचना पाउने कुराबाट वञ्चित रहको गुनासो गरेका छन् । कारागारमा विभिन्न सिपमूलक तालिमहरू आवश्यक रहेपनि कतैबाट त्यसको सुनुवाइ नभएको उनीहरूले गुनासो गरेका हुन् । पुरूष कैदी…
बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा माङसेबुङ गाउँपालिका-७ बाँझोका १९ वर्षीय धिरज राईविरुद्ध जिल्ला अदालतले आठ वर्षकैदको फैसला सुनाएको छ । पीडित बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राईविरुद्ध अदालतले चैत २ गते मुलुकी ऐन जबरजस्ती करणी महलको १ नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको ३(२) नम्बर…
बलात्कार गरेको कसुरमा आठ वर्षकैदको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सोयाक-१ का १९ वर्षीय प्रेमबहादुर राईविरुद्ध जिल्ला अदालतले आठ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले चैत १ गते राईविरुद्ध मुलुकी ऐन जबरजस्तीकरणी महलको १ नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको ३(२) नम्बर बमोजिम आठ वर्षकैदको फैसला सुनाएको हो । राई…
बलात्कार गरेको कसुरमा पाँच वर्षकैदको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा पुर्पक्षका लागि थुनामा रहेका माइपोखरी-३ का १८ वर्षीय सुमन राईलाई जिल्ला अदालतले फागुन २४ गते पाँच वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले मुलुकी ऐन जबरजस्तीकरणी महलको १, ३ (४) नम्बर बमोजिम कसुर ठहर गर्दै सोही महलको ३ (४) नम्बर बमोजिम पाँच…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बरबोटे-१ इलामका ५६ वर्षीय दुर्गाप्रसाद घिमिरेलाई फागुन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १६ गते बलात्कार गरेको भन्दै पीडित बालिकाले तत्कालै प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । पीडित…
बहुविवाह घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता
बहुविवाह गरेको आरोपमा फाकफोक-३ का ५५ वर्षीय यामप्रसाद राई र सोही ठाउँकी ३६ वर्षीया रमिला खवासविरुद्ध प्रहरीले जिल्ला अदालतमा फागुन ८ गते बहुविवाहसम्बन्धी मुद्दा दर्ता गरेको छ । यामप्रसादकी जेठी पत्नी ४६ वर्षीया कमला राईले फागुन ६ गते आरोपितद्वयले विवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितद्वयलाई…