विशेषज्ञ डक्टर नहुँदा बिरामीले उपचार पाएनन्
जिल्ला अस्पताल इलाममा दरबन्दी अनुसारका विशेषज्ञ डक्टरहरू नहुँदा उपचार गर्न आउने विरामीलाई समस्या भएको छ । १६ जना डक्टरको दरबन्दीमध्ये अहिले जिल्ला अस्पतालमा पाँच मेडिकल अधिकृत, एक दन्तरोग विशेषज्ञ र १० विशेषज्ञ डक्टरको दरबन्दी छ । स्थायी दरबन्दीमा काम गर्ने डक्टर दुई जना मात्रै छन् । चार डक्टर करारमा कार्यरत…
'काम नगर्ने आयोगका पदाधिकारी र कर्मचारीलाई कालो सूचीमा राख्नु पर्छ'
दश वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूले न्याय दिने नाममा सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूले वर्षौं बित्दासम्म काम गर्न नसकेको भन्दै काम नगर्ने पदाधिकारी र कर्मचारीहरूलाई कालो सूचीमा राख्न सरकारसँग माग गरेका छन् । चैत १० गते अन्तर्राष्ट्रिय सत्य अधिकार दिवसका अवसरमा इलाममा आयोजित सङ्क्रमणकालीन न्याय, परिपुरण र स्थानीय सरकार विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी…
एक समूहद्वारा दुई जना सञ्चारकर्मीमाथि कुटपिट गरेको आरोप
इलाम सदरमुकाम स्थित चियाबारी एफएममा कार्यरत एफएमका प्राविधिक प्रकाश न्यौपाने र बजार ब्यवस्थापक कृष्ण पाठकलाई फागुन २३ गते राति एक समूहले कुटपिट गरी घाइते बनाएको छ । एफएमको काम सकेर राति १० बजेतिर गोलबस्तीस्थित कोठामा फर्कदै गरेका पाठक र न्यौपानेलाई मदिरा सेवन गरी झगडा गरिरहेका युवाहरूले अचानक कुटपिट गरेको डिएसपी…
यौन दुर्व्यवहार गरेको कसुरमा आठ वर्षकैदको फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली-९ का २७ वर्षीय राजमान भन्ने राजु लिम्बूविरुद्ध जिल्ला अदालतले आठ वर्षकैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले मुलुकी ऐन जबरजस्ती करणी महलको ३ (२) बमोजिम लिम्बूविरूद्ध आठ वर्षकैद र २५ हजार रुपियाँ पीडितका नाममा क्षतिपूर्ति…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माइजोगमाई-१ का ३६ वर्षीय दिपक भट्टराईलाई फागुन १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन १ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले फागुन ३ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बहुविवाह गरेको आरोपमा प्रहरीले माई नगरपालिका-२ का २१ वर्षीय उमाकान्त कामी र २२ वर्षीया सुनिता बिकलाई गिरफ्तार गरेको छ । आरोपितद्वयले माघ २५ गते बहुविवाह गरेको भन्दै उमाकान्तकी जेठी पत्नी पूर्णिमाले माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उमाकान्त र सुनिता दुवैलाई फागुन १२ गते गिरफ्तार गरी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माङसेबुङ-३ का ६४ वर्षीय लोकेन्द्र राईलाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन ३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा कारवाहीको माग गर्दै उजुरी दिएका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन…
जिल्ला अस्पतालमा निःशुल्क औषधि सकिँदै
सरकारले सर्वसाधारणका लागि उपलब्ध गराउँदै आएको निःशुल्क औषधि सकिएपछि जिल्ला अस्पताल इलामले अहिले ३० प्रकारका मात्र औषधि उपलब्ध गराउन थालेको छ । ७० प्रकारका औषधि निःशुल्क दिने भनिएपनि बजेट अभावमा अस्पतालले बिरामीहरूलाई ३० प्रकारका औषधि दिन थालेको जिल्ला अस्पतालकी सूचना अधिकारी रिता अधिकारीले बताइन् । जिल्ला अस्पताललाई २५ शैयाबाट स्तरबृद्धि…
बलात्कार गरेको कसुरमा १४ वर्ष कैदको फैसला
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली गाउँपालिका-२ का ६२ वर्षीय विर्खध्वज श्रेष्ठलाई जिल्ला अदालतले माघ ९ गते १४ वर्ष कैद सजाय सुनाएको छ । न्यायधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले श्रेष्ठविरूद्ध मुलुकी ऐन जबरजस्ती करणी महलको ३ (१) बमोजिम १० वर्ष कैद र हाडनाता करणी २ (१)…
नागरिकका आवश्यकता पुरा गर्नु राज्यको दायित्व होः सरोकारवाला
नयाँ संविधान अनुसार तीन तहको निर्वाचन भएर सरकार गठन प्रक्रिया चलिरहेका बेला संविधानले व्यवस्था गरे अनुसारका नागरिकका आवश्यकता पुरा गर्नु राज्यको दायित्व भएको एक कार्यक्रममा सहभागी सरोकारवालाहरूले जोड दिएका छन् । जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना अन्तर्गत पुस २८ गते सूर्योदय नगरपालिकाको पञ्चकन्यामा सम्पन्न सेवा प्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया…