बलात्कार गरेको कुसुरमा ११ वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रोङ गाउँपालिका-६ का २८ वर्षीय ख्यामराज बिकलाई जिल्ला अदालतले ११ वर्षकैद सजाय हुने फैसला सुनाएको छ । न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलाशले जेठ ६ गते बिकमाथिको मुद्दामा सुनुवाइ गर्दै जबरजस्ती करणी महलको ३(१) बमोजिम सजाय ठहर गर्दै ११ वर्षकैद र पीडितलाई २५…

२०७५ जेष्ठ ६, आईतवार २०:५० गते  
बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

सुस्त मनस्थितिकी ५२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चुलाचुली नगरपालिका-१ का २१ वर्षीय बसन्त श्रेष्ठलाई जिल्ला अदालतले जेठ ४ गते २ वर्ष ६ महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश इन्द्रबहादुर चोङटेन्लीको इजलासले सो फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदिश्वर भट्टराईले जानकारी दिए । अदालले करणी…

२०७५ जेष्ठ ४, शुक्रबार १६:४८ गते  
बढाएको शुल्क नलिन उच्च अदालतको अन्तरिम आदेश

नयाँ शैक्षिक सत्रका लागि निजी विद्यालयहरूले बढाएको शुल्क नलिन उच्च अदालत विराटनगर, इलाम इजलासले जेठ ३ गते अन्तरिम आदेश जारी गरेको छ । निजी विद्यायलहरूले शुल्क बढाएकोमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिएको भन्दै इलामका विद्यार्थीहरूले उच्च अदालत विराटनगर, इलाम इजलासमा वैशाख ३१ गते रिट निवेदन दर्ता गराएका थिए ।…

२०७५ जेष्ठ ३, बिहीबार २१:५१ गते  
अज्ञात समूहद्वारा पिकअप गाडीमा आगजनी

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-४ पुवाखोलामा वैशाख २२ गते विहान साढे दुई बजेतिर एउटा पिकअप गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । झापाबाट प्याज लिएर पाँचथर जाँदै गरेको को १ च ७८१५ नम्बरको गाडीमा पुवाखोलानजिकै पुगेपछि 'नकावधारी' ४-५ जनाको समूहले गाडी चालकलाई गाडीबाट निकालेर आगो लगाइदिएको जिल्ला प्रहरी कार्यालय इलामले…

२०७५ बैशाख २२, शनिबार २१:५५ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

८३ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोङ गाउँपालिका-४ का २३ वर्षीय सुदिप गुरूङलाई वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बृद्धालाई आरोपितले वैशाख १६ गते बलात्कारको प्रयास गरेको पीडित वृद्धाको आरोप छ । पीडित बृद्धाले प्रतिकार गर्दा आरोपितको प्रहारबाट पीडितको जिब्रोमा चोट लागेको र उनको झापाको विर्तामोडस्थित…

२०७५ बैशाख १९, बुधबार १४:२८ गते  
अदालतले रिहा गरेलगत्तै नेकपाका कार्यकर्ता पुनः गिरफ्तार

इलामको साँखेजुङमा रहेको एनसेल टावरमा आगजनी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेका दुई जनालाई जिल्ला अदालतले वैशाख १० गते धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ । इलाम नगरपालिका-१ साँखेजुङ घर भएका २४ वर्षीय विशाल राई र २५ वर्षीय विमल राईलाई ०७४ चैत १४ गते राति एनसेल टावरमा आगजनी गरेको…

२०७५ बैशाख ११, मंगलवार १५:२९ गते  
समान ज्याला र सहयोग नपाएको मजदुरको गुनासो

कृषि, निर्माण तथा प्रतिष्ठानमा कार्यरत मजदुरहरूले नेपाल सरकारले तोकेअनुसारको ज्याला र महिला पुरूषबीच पनि समान ज्याला पाउन नसकेको गुनासो गरेका छन् । चिया, अदुवा, अलैँची र निर्माण क्षेत्रमा रहेका मजदुरहरूले तोकिएअनुसारको ज्याला नपाएको बताए । श्रम ऐन २०७४ मा भएको व्यवस्था पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको क्युपेक नेपाल इलामका राजेन्द्र…

२०७५ बैशाख ९, आईतवार २१:५१ गते  
चुलाचुली गाउँपालिका कार्यालयमा बम विष्फोट, १२ लाख बराबरको क्षति

चुलाचुली गाउँपालिकाको कार्यालयमा वैशाख १ गते राति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट कार्यालयको पक्की सभाहलमा क्षति पुगेको छ । १ गते बेलुका ८ बजेतिर आएका चार जनाको समूहले प्रेसरकुकर बम राखेको अनुसन्धानबाट देखिएको डिएसपी रमेश बस्नेतले बताए । बमले बनाउँदै गरेको सभाहलको छतमा एक फिटको प्वाल पारेको…

२०७५ बैशाख २, आईतवार २०:४८ गते  
नवजात शिशु बेवारिस फ्याँकेको आरोपमा दुई जना गिरफ्तार

शिशु जन्माएर फ्याँकेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका-७ की २३ वर्षीय मिना देवान र सोही ठाउँका २९ वर्षीय कृष्ण योङहाङलाई चैत २५ गते गिरफ्तार गरेको छ । चैत २२ गते बेलुका ९ बजेतिर बच्चा रोएको आवाज आएपछि खोजी गर्दा स्थानीयले बारीमा नवजात शिशु (छोरी) फेला पारेका थिए । भर्खरै जन्मिएको अवस्थामा…

२०७४ चैत्र २५, आईतवार २१:५१ गते  
विशेषज्ञ नहुँदा बलात्कार घटनाको अनुसन्धानमा समस्या

यौन जन्य घटनाबाट पीडित भएकाहरूको स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ डाक्टर नहुँदा बलात्कारका घटनाको अनुसन्धान नै प्रभावित हुने गरेको पाइएको छ । एक जिल्ला अस्पताल तथा चारवटा प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा ११ डक्टर भएपनि बलात्कार घटनाको अनुसन्धान गर्ने एकै जना पनि डक्टर नभएको जिल्ला अस्पतालका डक्टर सुरेन्द्र आचार्यले बताए  । 'कानुनी…

२०७४ चैत्र २२, बिहीबार २१:३४ गते