बलात्कार घटनाका नौ जना आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आराोपमा प्रहरीले देउमाई नगरपालिकाका नौ जनालाई भदौ २३ गते गिरफ्तार गरेको छ । गिरफ्तार भएकामध्ये देउमाई नगरपालिका–९ का चितवीर लावुङको मात्र नाम सार्वजनिक गरिएको छ । बाँकी आठ जनाको नाम प्रहरीले सर्वजनिक गरेको छैन । पीडित बालिका गर्भवती भएको थाहा भएपछि अभिभावकले भदौ २२ गते…
ज्याला र ऐन कार्यान्वयन माग गर्दै चिया श्रमिक आन्दोलित
सरकारले तोकेको न्यूनतम ज्याला तथा श्रम ऐन-२०७४ र सामाजिक सुरक्षा ऐन लागू गर्न माग गर्दै इलामका चिया श्रमिकहरू आन्दोलित भएका छन् । बगान व्यवस्थापन पक्ष र चिया उद्योगहरूले सरकारले ०७५ साउन ३१ गते प्रकाशित गरेको नेपाल राजपत्रमा प्रकाशित ज्याला र श्रम तथा सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगरेपछि भदौ १७ गतेदेखि…
इलामका द्वन्द्व पीडितद्वारा संशोधन मस्यौदामाथि असन्तुष्टि
सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूका ऐनहरूमाथि संशोधन गर्न तयार पारिएका मस्यौदा विधेयक सन्तोषजनक नरहेको भन्दै इलामका द्वन्द्व पीडितहरूले असन्तुष्टी व्यक्त गरेका छन् । ‘बेपत्ता दिवस’को अवसरमा भदौ १४ गते आयोजित एक कार्यक्रमका सहभागी द्वन्द्व पीडितले ०७१ मा तयार गरिएको संशोधन मस्यौदा विधेयकले पीडितलाई परिपूरण, दोषीलाई सजाय दिनेजस्ता विषयहरू अन्योलमा राखेकोप्रति असुन्तुष्टी व्यक्त…
इलाम कारागारमा खानेपानीको अभाव
इलाम कारागारमा खानेपानीको अभाव देखिएको छ । पानीको अभाव देखिएसँगै कैद भुक्तान गरिरहेका बन्दीहरूको दैनिक जीवनमा समस्या उत्पन्न भएको छ । सदरमुकाममा खानेपानी आपूर्ति गर्दै आएको इलाम नगरपालिकाले पुरानो पाइप लाइनको सुधार गरेपनि कारागारमा आपूर्ति हुने पानी भने व्यवस्थित नहुँदा समस्या भएको कारागार प्रमुख भक्तबहादुर खड्काले बताए । नगरपालिकाले कारागारलाई…
चिकित्सक र सैया कम हुँदा उपचारमा समस्या
जिल्ला अस्पतालमा बिरामीको चाप दिनप्रतिदिन बढ्न थालेपछि सैया अभाव देखिएको छ । सैया अभावमा कहाँ राखेर बिरामीको उपचार गराउने भन्ने समस्या उत्पन्न भएको छ । ५० सैयाको स्वीकृति भएपनि दरबन्दी अनुसारका डक्टर नहुँदा अस्पातालले ३५ सैयामात्र सञ्चालनमा ल्याएको छ । अहिले दैनिक १ सय जनासम्म बिरामी उपचारका आउने गरेपनि सैया…
दरबन्दी अनुसारका डाक्टर नहुँदा सेवा प्रवाहमा समस्या
स्तरबृद्धि भएको तीन वर्षबितिसक्दा पनि इलाम अस्पतालमा रहेका दरबन्दीमा विशेषज्ञ डक्टर नहुँदा अस्पतालको सेवाप्रवाहमा समस्या भएको छ । सरकारले ०७२ सालमा इलाम अस्पताललाई ५० शैयाको अस्पतालको रूपमा स्तरबृद्धि गरेको थियो । अस्पतालको स्तरबृद्धि पछि नौ जना विशेषज्ञ डक्टरहित १६ जना डक्टरको दरबन्दी कायम भएको थियो । स्तरबृद्धि भएको तीन वर्ष…
विद्यार्थीबीच विवाद हुँदा क्याम्पसका कुर्सी टेबलमा आगजनी
महेन्द्ररत्न बहुमूखी क्याम्पसमा साउन १४ गते दिउँसो विद्यार्थी सङ्गठनहरू बीच विवाद हुँदा विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको दुईवटा टेबल र एउटा कुर्सीमा आगजनी गरेका छन् । एक साताअघि क्याम्पसमा भएको स्वागत कार्यक्रममा विद्यार्थीहरू बीच विवाद भएको र उक्त विवाद मिलाउन क्याम्पस प्रमुखले पहल नगरेको भन्दै विद्यार्थीहरूले आगजनी गरेको इलामका एसपी…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
भारतको दार्जिलिङबाट नेपाल घुम्न आएकी ७२ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सूर्योदय नपा–५ का ३० वर्षीय पासाङ तामाङलाई साउन ११ गते गिरफ्तार गरेको छ । पीडित बृद्धालाई आरोपितले साउन ६ गते समालबुङ शान्तिबजार नजिक बलात्कारको प्रयास गरी फरार रहेको अवस्थामा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्स्पेक्टर हेमराज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्योदय नपा–१० का २४ वर्षीय अन्जान राईलाई साउन ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार ३० गते बलात्कार गरेको भन्दै पीडित महिलाले असार ३१ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएकी थिइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण असार ३१ गते…
विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्न माग
सरकारले हरेक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले इलाममा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजनाको असार २५ गते फिल्टर वितरण कार्यक्रममा सहभागीले स्वच्छ पिउने पानीको व्यवस्था गरीदिन सरकारसँग माग गरेका हुन्…