पत्नी हत्या घटना आरोपमा पति गिरफ्तार

साल्पासिलिछो गाउँपालिका–५बाक्सिन्दाकी ४० वर्षीया छोती शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति फराछेतर शेर्पालाई असोज २६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले घरायसी विवादका क्रममा असोज २६ गते खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पत्नीको हत्या…

October 14, 2021  
बाल सहयोगी सहजकर्ताले पाउने न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या, विभेद भएको गुनासो

नेपाल सरकारले आर्थिक वर्ष २०७८-०७९ मा बाल सहयोगी कार्यकर्ताका लागि तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या देखिएको छ । प्रदेश १ मा रहेका कतिपय स्थानीय तहले सङ्घीय सरकारले बजेटमार्फत व्यवस्था गरेको न्यूनतम पारिश्रमिक १५ हजार रुपियाँ उपलब्ध गराएका छन् भने कतिपय स्थानीय सरकार आधिकारिकपत्र नआएको भन्दै अलमलमा परेका छन् । तत्कालीन…

October 14, 2021  
प्रहरी हिरासतमा मृत्यु घटनाको विरोधमा प्रर्दशन र आगजनी, छानविनका लागि समिति गठन

भोक्राहा नरसिंह गाउँपालिका–५ का २१ वर्षीय मोहम्मद हकिम शाँले जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा असोज २४ गते बिहान आत्महत्या गरेको विषयलाई लिएर पीडित पक्षले गरेको विरोधमा प्रहरी र स्थानीयबिच झडप भएको छ । झडपको क्रममा प्रर्दशनकारीहरूको ढुङ्गा प्रहारबाट १३ जना भन्दा बढी प्रहरी र दुई जना प्रर्दशनकारी घाइते भएको जिल्ला…

October 10, 2021  
हातपात घटनाका आरोपित गिरफ्तार

अरूण गाउँपालिका–६ जरायोटारकी ३८ वर्षीया सवित्रा बराईलीलाई हातपात गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३८ वर्षीय खेमराज राईलाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज १४ गते आफ्नै फेन्सी पसलमा बसि रहेको अवस्थामा मुक्काले हिर्काएको पीडितका पति टङ्क बराईलीले बताउनु भयो । पीडित पक्षले आरोपितविरूद्ध असोज १५ गते…

October 8, 2021  
उपचारमा लापरबाही गरेको आरोपमा जिल्ला अस्पतालमा तोडफोड, अस्पतालद्वारा आकस्मिक बाहेकका सेवा बन्द

फालेलुङ गाँउपालिका–८ की तीन वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङको उपचारमा लापरबाही गरेका कारण असोज २० गते मृत्यु भएको आरोपमा पीडित पक्षले जिल्ला अस्पताल तोडफोड गरेको छ । अस्पताल तोडफोड गरिएपछि अस्पताल प्रशासनले असोज २१ गते विज्ञप्ति जारी गर्दै अस्पतालबाट प्रवाह हुने आकस्मिक बाहेकका सबै प्रकारका सेवा बन्द गरेको छ । चिकित्सकले…

October 8, 2021  
कारागार सरूवाको तयारीविरूद्ध कैदीबन्दीका आफन्तद्वारा विरोध

अपहरण मुद्दामा सजाय भुक्तान गरि रहेका विराटनगर महानगरपालिका–११ का अभिषेक गिरीलाई डिल्लीबजार कारागारबाट मोरङ कारागार ल्याउने तयारी गरिएपछि त्यसको विरोधमा कैदीबन्दीका आफन्तजनले असोज १९ गते मोरङ कारागार अगाडि विरोध प्रर्दशन गर्नुका साथै धर्ना दिएका छन् । धर्नाका कारण कारागार परिसर दिन भरजसो तनावग्रस्त भएको छ । कैदीबन्दीका आफन्तले कारागार अघि…

October 5, 2021  
बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला

३१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिदिङ्मा गाउँपालिका–७ सुरुमखिमका ४२ वर्षीय जितमान राईलाई असोज १८ गते आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट २ लाख ५० हजार रुपियाँ क्षतिपूर्ति भराउन र १ हजार…

October 5, 2021  
शिक्षक हत्या कसुरमा जन्मकैद सजायको फैसला

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका ५० वर्षीय शिक्षक खड्कबहादुर लिम्बूलाई ०७८ वैशाख ९ गते भरूवा बन्दुकबाट गोली प्रहार गरि मनसायपूर्वक हत्या गरेको कसुर र हातहतियार सम्बन्धी कसुरमा जिल्ला अदालतले मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका ३० वर्षीय प्रताप भनिने आकाश लिम्बूलाई असोज १८ गते जन्मकैदको फैसला सुनाएको छ । न्यायधीश प्रकाश राउतको इजलासले लिम्बूलाई जन्मकैदसहित…

October 5, 2021  
स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित, सुधारगृहका रूपमा परिणत हुन सकेनन् कारागार

नेपालको संविधान २०७२ मा धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ । तर प्रदेश १ मा रहेका जिल्ला कारागारमा दरबन्दी…

October 5, 2021  
धरौटीमा रिहा भएलगत्तै अदालत परिसरबाट पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वजिल्ला इञ्चार्ज सङ्खुवासभा,चैनपुर नगरपालिका–६ का ५४ वर्षीय पुष्प कोइरालालाई प्रहरीले असोज १५ गते जिल्ला अदालत इलामबाट रिहा हुने बित्तिकै पुन गिरफ्तार गरेको छ । जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र इङ्गनामको आदेशमा ५ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएलगत्तै अदालत परिसरबाट प्रहरीले कोइरालालाई पुन गिरफ्तार…

October 4, 2021